आइबी एजुकेसन विश्वमै उत्कृष्ट एवं ज्ञानवर्धक शिक्षा हो, विद्यार्थीलाई किताबी ज्ञानमा सीमित राख्न हुन्न भन्ने हाम्रो मान्यता होः निर्देशक पवित्रा लिम्बू

आइबी एजुकेसन विश्वमै उत्कृष्ट एवं ज्ञानवर्धक शिक्षा हो, विद्यार्थीलाई किताबी ज्ञानमा सीमित राख्न हुन्न भन्ने हाम्रो मान्यता होः निर्देशक पवित्रा लिम्बू


ललितपुर, सातदोबाटोको खुमलटार हाइटमा अवस्थित प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुल नेपालको पहिलो र एकमात्र आइबी कन्टिनम स्कुल हो । २०६७ सालमा स्थापना भएको यो स्कुलमा किन्डरगार्टेनदेखि १२ कक्षासम्म पढाइ हुन्छ । नेपालमा आइबी स्कुलको संख्या निकै कम छ । अन्तर्राष्ट्रिय स्तरको अध्ययन हुने यसप्रकारका स्कुलमा पढ्ने मौका सीमित विद्यार्थीले मात्र पाउँछन् । यो स्कुलमा अतिरिक्त क्रियाकलाप (ईसीए) गतिविधिलाई पाठ्यक्रम विषयकै रूपमा समावेश गरिएको छ अर्थात् कला, नेतृत्व कौशल, प्रविधि, खेलकुदजस्ता गतिविधि र सिकाइलाई अतिरिक्तको ‘ट्याग’ दिइदैन । यी कुराहरू पाठ्यक्रम अन्तर्गत नै पर्छन् । 

नेपालको पहिलो र एकमात्र पूर्ण अन्तर्राष्ट्रिय शिक्षा दिने आईबी कन्टिनम स्कुल बन्न सफल प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कूलले जेठ ८, २०७९ का दिन आईबीडीपी कार्यक्रमको लागि इन्टरनेशनल ब्याकलरेट (आईबी) बाट आइबी कन्टिनम स्कुलको मान्यता प्राप्त गरेको थियो । सो मान्यता प्राप्त गरेसँगै प्रिमियर इन्टरनेशनल स्कुल अब पूर्ण रुपमा आईबी कन्टिनम स्कुलको रुपमा स्थापित भएको छ । नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त शिक्षा दिने प्रिमियर इन्टरनेशनल स्कुलकी डाइरेक्टर पवित्रा लिम्बूसँग प्रिमियर इन्टरनेश्नल आइबी कन्टिनम स्कुलको गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान, पठनपाठन शैलीको नमुना कस्तो छ ? र किन रोज्ने प्रिमियर इन्टरनेश्नल आइबी कन्टिनम स्कुल विषय भन्नेमा आधारित भएर भलाकुसारी गरेका छौं । सोही कुराकानीको संपादित अंश यहाँ राखेका छौं ।

प्रिमियर इन्टरनेसनल आइबी वर्ल्डले ‘घोकन्ते विद्या’ मा विश्वास राख्दैन ।

प्रिमियर इन्टरनेसनल आइबी वर्ल्डले ‘घोकन्ते विद्या’ मा विश्वास राख्दैन । कक्षाकोठामा राखेर किताबमा लेखिएका कुरा मात्रै विद्यार्थीलाई सुनाउने सैद्धान्तिक पठनपाठन मात्र पनि गराउँदैन । विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक सिकाइको खाँचो हुन्छ भन्ने स्कुलको विश्वास छ । 

आईबी कन्टिनम स्कुल भनेको के हो ? 

-आईबीले विश्वभरका १५९ भन्दा बढी देशहरूमा किन्डरगार्टनदेखि कक्षा १२ सम्मका विद्यार्थीका लागि प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम, डिप्लोमा कार्यक्रम र करियर सम्बन्धित कार्यक्रम गरी अन्तर्राष्ट्रिय शिक्षाका चार कार्यक्रमहरूको कन्टिनम प्रदान गर्ने गरेको छ । 

केजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी पीवाईपी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुल नेपालको पहिलो आईबी वर्ल्ड स्कुल हो ।

वर्षभर उच्च स्तरीय अन्तर्राष्ट्रिय शिक्षा प्रदान गरी चार मुख्य कार्यक्रमहरूमध्ये न्यूनतम तीन मुख्य कार्यक्रम कार्यान्वयन गर्ने विद्यालयहरुलाई कन्टिनम विद्यालयको मान्यता दिइन्छ । केजी देखि कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि आईबी पीवाईपी कार्यक्रम प्रदान गर्ने प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुल नेपालको पहिलो आईबी वर्ल्ड स्कुल हो । आईबीले प्राथमिक वर्ष कार्यक्रम, मध्य वर्ष कार्यक्रम र डिप्लोमा कार्यक्रम गरी विद्यार्थीहरुको सीपलाई अझ विकास गरी भविष्यका लागि तयार बनाएको छ । जसकारण विद्यार्थीहरु लिडरका रूपमा अघि बढी विश्वभर जिम्मेवार नागरिकको पहिचान बोकी यस संसारलाई योगदान पु-याउन सक्षम हुनेछन् ।

सरकारले प्रिमियर इन्टरनेशनल आईबी कन्टिनम स्कुललाई विशिष्ट क्षेणीमा राखेको छ । यो सफलता कसरी हासिल गर्नुभयो ? 

-हामीले स्कुल खोलेको १६ वर्ष भयो । सो अन्तरालमा हामी अन्तर्राष्ट्रिय निकायसँग निरन्तर समन्वय गरी मापदण्ड कायम राखेका छौं । हामीले सरकारले तोकेको मापदण्दभन्दा पनि राम्रो तरिकाले स्कुल सञ्चालन गरिरहेका छौं । त्यसका लागि हामीले धेरै मेहनत पनि गरेका छौं । हामीले पाएको उपलब्धिलाई सफलताभन्दा पनि जिम्मेवारीका रुपमा हेरेका छौं । जिम्मेवारीलाई सफलतापूर्वक बहन गर्न हामीले शिक्षक र प्रधानाध्याकपलाई समय–समयमा तालिम दिदैँ आएका छौं । यस्तै हामीले ललितपुर महानगरपालिकालाई पाठयपुस्तक छपाईमा पनि सहयोग गर्दै आएका छौं ।

आइबी कन्टिनमको शिक्षा कसरी जिवनोपयोगी छ ?

हामीले आइबी कन्टिनम कोर्स मार्फत खोज मुलक शिक्षा, उत्तरदायी, जवाफ दिन सक्ने र समाजमा कसरी राम्रो मानिस बन्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राख्ने गर्छौं ।

-नेपालमा यो नाम भर्खर सुनिए पनि अन्तर्राष्ट्रिय स्तरमा भने यो आइबी कन्टिनम कोर्स चर्चित छ । यसलाई रोयल करिकुलर पनि भनिन्छ । अन्तर्राष्ट्रियस्तरको बौदिकक्ताको विकास गर्न सहयोग गर्ने यो कोर्सले संसारमा हामी कस्तो मानिस चाहन्छौं ? संसारमा शान्ति कायम राखिराख्न कस्ता मानिसको आवश्यकता पर्छ ? भन्ने कुरा सिकाउदै आएको छ । यस्तै यसले अन्तर्राष्ट्रिय बौदिक क्षमता बिकासमात्र होइन, स्थानीय आवश्यकतालाई पनि साथमा लिएर जान्छ । त्यहि भएर हामी थिंक ग्लोबल्ली बट एक्ट लोकल्ली भन्ने अवधारणलाई लिएर हिडेका छौं । आइबीले अबको युगमा सफल मानिस बन्न कस्तो शिक्षाको आवश्यकता पर्छ ? भन्ने कुरा पनि सिकाउछ । साथैं हामीले आइबी कन्टिनम कोर्स मार्फत खोज मुलक शिक्षा, उत्तरदायी, जवाफ दिन सक्ने र समाजमा कसरी राम्रो मानिस बन्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राख्ने गछौं । सोही कारण नै आइबीलाई संसारकै उत्कृष्ट कोर्स भनिन्छ । 

सिकाईलाई कसरी परिभाषित गर्नुहुन्छ ? 

-शिक्षा सञ्चालक दाताले भन्नुपर्दा सिकाई भनेको जिवनभर सिकिने कुरा हो । विद्यार्थीलाई परीक्षामा बढी अंक ल्याउनेभन्दा पनि जिन्दगीभर कसरी नयाँ कुरा सिक्न सकिन्छ भन्ने कुरा हामी सिकाउँछौं । २१औं शताब्दीमा हामी विद्यार्थीले हरेक दिन केही नयाँ कुरा सिकोस भन्ने कुरामा विशेष ध्यान दिन्छौं । शिक्षाप्रति उसको भोकलाई जिवनोपयोगी कार्यमा ल्याउन मद्दत गरिदिन्छौं । 

मानवको विकाससँगै हामीले शिक्षालाई नम्बरका रुपमा मात्र हेर्न थाल्यौं । धेरै नम्बर ल्याउनेले राम्रो गरेछ भन्ने भ्रम मानिसमा पर्दै गयो । तर विस्तारै मानिसहरुमा यो चेतना आउदै गयो कि एक परीक्षाबाट विद्यार्थीको पूर्ण क्षमता मापन गर्न नसकिने रहेछ । अंकका लागि मात्र पढ्ने कुराले वास्तविक जीवनमा केही फरक नपर्ने चाल मानिसहरुले पाए । 

मध्यम अंक ल्याउने विद्यार्थीहरु पनि जीवनमा सफल र उच्च अंक ल्याउने विद्यार्थीहरु जीवनमा असफल भएको देखेका छौं ।

हामीले मध्यम अंक ल्याउने विद्यार्थीहरु पनि जीवनमा सफल र उच्च अंक ल्याउने विद्यार्थीहरु जीवनमा असफल भएको देखेका छौं । यसर्थ हामीले के बुझनुपर्छ भने जीवनमा सफल हुन धेरै अंक ल्याउने भन्दा पनि अन्य कुराहरु महत्वपूर्ण हुन्छ । शिक्षादाताले बुझनुपर्ने कुरा भनेकै यहि हो, उसको क्षमता के मा छ त्यसैमा सबैभन्दा धेरै ध्यान दिनुपर्छ । सिकाई निरन्तर चलिरहने प्रक्रिया भएकाले अंकका लागि भन्दा पनि सिक्न, बुझन र जान्नका लागि पढ्नुपर्छ  । 

आफ्ना विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार गर्न के–कस्ता उपाय अपनाइरहनुभएको छ ?   

-हामीलाई विद्यार्थीभन्दा पनि पहिले सञ्चालक प्रतिस्पर्धाको केन्द्र हो जस्तो लाग्छ । हामीले विश्वव्यापी प्रतिस्पर्धालाई पुस्तकको ज्ञानमा मात्र सीमित राख्दैनौं । किनकी घोक्ने प्रवृतिले विद्यार्थीहरुलाई आधुनिक समयमा कुनै प्रकारको मद्दत पुग्दैन् । विद्यार्थीहरु सिकेर अघि बढ्नेभन्दा पनि रोबोट जस्तो मात्र बन्छन् । अहिलेको समयमा रोबोटले गर्न नसक्ने कुराहरु चै हामीले सबैभन्दा पहिले सिक्नुपर्ने अवस्था छ । रचनात्मक कुराहरु विद्यार्थीलाई सिकाउनुपर्छ । लिडरसिप स्किल सिकाउनुपर्छ । त्यसका लागि कक्षा कोठामै हामीले प्रश्न–जवाफ शैलीमा सिकाउनुपर्छ । यस्तै हामीले विद्यार्थीलाई कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने कुरा पनि सिकाउँछौं । यसरी शिक्षा आर्जन गर्दा भोलिका दिनमा विद्यार्थीले समाजमा आफूलाई सहजै स्थापित गर्न सक्छन् । हामी यो प्रयासमा सफल पनि भइरहेका छौं ।

अहिलेको समयमा रोबोटले गर्न नसक्ने कुराहरु चै हामीले सबैभन्दा पहिले सिक्नुपर्ने अवस्था छ । रचनात्मक कुराहरु विद्यार्थीलाई सिकाउनुपर्छ । लिडरसिप स्किल सिकाउनुपर्छ ।

यस्तै दोस्रो नम्बरमा हामी अन्तर्राष्ट्रिय एक्पोजर विद्यार्थीका लागि दिदै आएका छौं । उदाहरणका रुपमा प्रिमियर स्कुल आफैले सञ्चालन गरिरहेको अन्तर्राष्ट्रिय प्रतियोगिता ‘वल्र्डस कलेज कप’ मा हामी राष्ट्रिय स्तरबाट प्रतिस्पर्धा गरेर अन्तर्राष्ट्रिय स्तरमा विद्यार्थीलाई लिएर जान्छौं । जहाँ १७ राष्ट्रका विद्यार्थीले प्रतिस्पर्धा गर्ने मौका पाउँछन् । हाम्रा विद्यार्थीले हरेक वर्ष त्यो प्रतियोगिताबाट १२ देखि १५ वटा गोल्ड मेडल जित्ने गरेका छन् । यस्तै हामी विद्यार्थी कप पनि सञ्चालन गर्दै आएका छौं । यसैगरी हामी विद्यार्थीहरुलाई बोल्ने लेख्नेजस्ता कुराहरुमा पनि विभिन्न स्तरका प्रतिस्पर्धाहरु गर्दै आएका छौं । यस्ता अतिरिक्त क्रियाकलापले हाम्रा विद्यार्थीहरुलाई अघि बढ्न निकै मद्दत गरेको हामीले अनुभव गरेका छौं । 

विद्यार्थीको सिकाईलाई प्रकृतिसँग कसरी जोड्न सकिन्छ ? 

-भुकम्पको समयमा हामीले देख्यौं मानिसहरुलाई आपद् विपद्मा कसरी बाँच्ने भन्ने कुरा नआउने रैछ । त्यस्तो देख्दा केही गर्नुपर्छ भन्ने लागेर हामीले शिक्षाप्रतिको दृष्टिकोण नै परिवर्तन गयौं । हामीले शिक्षालाई अर्को लेभलमा लिएर जान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त गरिसकेका व्यक्तिहरुलाई स्कुलसँग जोडेका छौं । हामीले हाम्रो विद्यार्थीहरुलाई यथार्थसँग परिचित गराएर प्रकृतिसँग जोडेर शिक्षा दिने गरेका छौं । हामी उमेर समूहहरु हेरी विद्यार्थीहरुलाई बाहिर फिल्डमै लगेर सिप सिकाइरहेका छौं । हामी भोलीका दिनमा समाजमै भएका कुराहरुलाई लिएर अघि बढ्ने भन्दा पनि समाजका लागि केही न केही योगदान दिन सक्ने विद्यार्थीहर उत्पादन गर्ने कुरामा विशेष ध्यान दिन्छौं । आईबीको शिक्षा प्रणाली नै विद्यार्थीलाई बाहिर गएर सिक्न प्रेरित गर्छ । हामी आफ्नो विद्यार्थीहरुले सबैभन्दा पहिले अनुभव बटुलुन भन्ने कुरामा ध्यान दिने गरेका छौं । त्यसपछि विद्यार्थीहरुले नै निर्णय गर्न सक्छन् कि उनीहरु के सिक्न चाहन्छ र के सिक्न चाहन्न । 

शिक्षा क्षेत्रमा देखिएको अन्तर्राष्ट्रिय स्तरको भाषिक अतिक्रमणले गर्दा आफ्नै देशको भाषिक पहिचान नै गुम्ने डर त हुन्न ?  

आईबीले शिक्षा लिने भाषा जुनसुकै भए पनि स्कुले जीवनबाट मुक्त भएपछि उसले जुनसुकै भाषामा पनि अन्तक्रिया गर्न पाउनुपर्छ भन्ने मान्यता राख्दछ ।

-अंग्रेजी भाषा सिक्ने विषयलाई नकारात्मकभन्दा पनि सकारात्मक सोचका रुपमा हेर्नुपर्छ । आईबीले शिक्षा लिने भाषा जुनसुकै भए पनि स्कुले जीवनबाट मुक्त भएपछि उसले जुनसुकै भाषामा पनि अन्तक्रिया गर्न पाउनुपर्छ भन्ने मान्यता राख्दछ । हामीहरुले विद्यार्थीहरुलाई तिमीहरुले आ–आफ्नो भाषा सिक्नुपर्छ भन्ने कुरालाई महत्वका साथ बुझाएका छौं । समाजमा केही अभिभावकहरु मेरो बच्चालाई त नेपाली बोल्नै आउदैन् भनेर मख्ख परेको देखिन्छ । तर त्यो त लाजको विषय हो । नेपाली भएर नेपाली बोल्न जान्दैन भन्नु आफैमा लाज होइन र ? आफ्नो भाषा बोल्नु, लेख्नु पढ्नु भनेको गर्व गर्ने कुरा हो । हामीले हाम्रो करिकुलममा नेपाली भाषा राखेका छौं । हामीले स्कुलमा जुनसुकै भाषा बोल्ने छुट दिएका छौं । आधिकारिक भाषा अंग्रेजी नै हो उसले पढ्दा लेख्दा अंग्रेजीमै लेख्नु र पढ्नुपर्छ । तर उ खेल्दा, झगडा गर्दा, खेल्दा, माया गर्दा, जे भाषा उसलाई सजिलो लाग्छ उसले त्यो भाषा प्रयोग गर्न उ सक्षम छ । 

हाम्रो शिक्षा प्रणालीलाई कसरी सर्वसुलभ र व्यबहारिक बनाउन सकिन्छ ? 

-शिक्षा आफैमा महंगो प्रक्रिया हो । एउटा परिवारको सबैभन्दा ठुलो लगानी उसको बच्चाको शिक्षामा हुनुपर्छ । मैले आफ्नो बच्चाहरलाई भन्ने गरेको छु मैले जे जति मेट्रियल कुराहरु जोडेको छु त्यो मेरो लागि हो । तिमीहरुले जोडेको भनेको शिक्षा हो । तिमीहरुले गर्व गर्नुपर्ने कुरा भनेको शिक्षा हो । घर र देश दुबैले सबैभन्दा धेरै लगानी शिक्षामै गर्नुपर्छ । हामी घर बनाउदा, मोबाइल बोक्दा र गाडी किन्दा महंगो किनौं भन्दा रहेछौं तर शिक्षा चै सस्तो चाहिने ? हाम्रो मानसिकतामा यहि नै फरक देखिएको छ । मलाई लाग्छ सबैभन्दा पहिले सोचाइमा परिवर्तन आउनुपर्छ । सस्तो सुभलमा नजाऔं, राम्रो र क्वालिटी शिक्षामा जाऔं । शिक्षामा हाम्रो लगानी पुगेको छैन् संस्थाको पनि लगानी पुगेको छैन् । देशको पनि लगानी पुगेको छैन् । अब हाम्रो नारा नै हुनुपर्छ ‘सबैभन्दा राम्रो, सबैभन्दा ठुलो लगानी, सबैभन्दा महंगो लगानी हामी शिक्षामै गछौं । 

हामी खुसी छौं, हाम्रा विद्यार्थीले दश कक्षा सकिनासाथ एनजिओहरु खोलेर जागिर दिन थालिसकेका छन् ।

सरकारले हामीलाई विशिष्ट क्षेणीमा भनेर तक्मा लगाइदियो । तर तिमीले यो काम गर्नुपर्छ समाजमा भनेर हामीलाई जिम्मेवारी दियो । हामीले गर्वका साथ त्यो जिम्मेवारीलाई स्विकार गरेका छौं । हामी फाइदामा जाने भन्दा पनि शिक्षालाई निरन्तरता दिदै जाने भन्ने भावना बोकी अघि बढिरहेका छौं । सिकाइको क्रममा हामीले सिकेको कुरा भनेको एक संस्थाले अर्को संस्थालाई सहयोग गर्नुपर्छ । जसले गर्दा दुबै संस्था बलियो बन्न पाउँछन् । बलियो संस्थाले बलियो शिक्षा दिन सक्छ । मैले कहिलेकाही आफ्नो विद्यार्थीलाई भन्ने गर्छु तिमीहरु नेपाली विद्याथी होइनौं । तिमीहरु त प्रिभिलेज पाएका विद्यार्थी हौं । तिमीहरुले यो शिक्षा पाउदा के नबिर्स भने तिमी भाग्यमानी रहेछौं । अब तिमीले आफ्नो समाजका लागि केही उदाहरणीय कार्य गर्नुपर्छ । 

हामीले गर्वका साथ त्यो जिम्मेवारीलाई स्विकार गरेका छौं । हामी फाइदामा जाने भन्दा पनि शिक्षालाई निरन्तरता दिदै जाने भन्ने भावना बोकी अघि बढिरहेका छौं ।

हामी खुसी छौं हाम्रा विद्यार्थीले दश कक्षा सकिनासाथ एनजिओहरु खोलेर जागिर दिन थालिसकेका छन् । प्राकृतिक प्रकोपमा हामीले कसरी योगदान दिन सक्छौं भनि सोधिरहेका हुन्छन् । हामीले विद्यार्थीलाई समाजमा कसरी धेरैभन्दा धेरै योगदान दिन सकिन्छ भन्ने कुराहरु सिकाउने प्रयास गर्छौ । महामारीले हामीलाई शिक्षा प्रदान गर्ने सवालमा धेरै कुरा सिकायो । महामारीपछि परम्परागत शिक्षा आर्जन गर्ने शैलीमै हामीले धेरै परिवर्तनहरु गर्न पायौं । महामारीपछि हामीले सिकेको अर्को कुरा भनेको शिक्षामा प्रविधिको प्रयोग हो । नेपालमै पनि केही स्थानमा बच्चाहरुले वर्षभरी पुस्तकबिनै पढ्नुपर्ने बाध्यात्मक अवस्था छ । ती ठाउँहरुमा राम्रो शिक्षकहरु जान मान्दैनन् । सबैजनाले शिक्षा पाएपछि शहर जान्छु, विदेश जान्छु भन्ने सपना बोकेको हुन्छ । कोही पनि दुर्गम गाउँठाउँमा गएर कार्य गर्न चाहदैनन् । तर महामारीपछि भने क्वालिटी शिक्षा, ट्रेनिङ, सर्वसुलवता आदि कुराहरु प्रविधिका कारण ती क्षेत्रमा सहज पहुँच पुग्यो । म यसमा विशेषगरी सरकारको ध्यानाकर्षण गर्न चाहन्छु- महामारीपछि हामी पहिलैकै बाटोमा नहिडौं । अब हामीले आफ्नो उत्कृष्टता देखाउने समय आएको छ । गुणस्तरिय शिक्षाका लागि हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आपसी समझदारीका साथ अघि बढ्नुपर्छ भन्ने मलाई लाग्छ । 

Logo