परम्परागत शैलीभन्दा फरक ढंगको शिक्षण विधि अंगालेको कलेज हो काठमाडौँ मोडल कलेज अर्थात केएमसी । २३ वर्षअघि सन् २००० मा काठमाडौँको बागबजारमा खोलिएको केएमसीबाट १५ हजार बढी विद्यार्थी उत्तीर्ण भएका छन्।
देश बाहिरका विभिन्न प्रतिष्ठित युनिभर्सिटीसँगको सहकार्यमा नविनतम शिक्षण विधिहरु अवलम्बन गर्दै केएमसीले विद्यार्थी केन्द्रित सिकाईलाई आफ्नो रणनीतिमा राखेको छ। विश्व बैंकको कर विशेषज्ञसहित विभिन्न राष्ट्रियस्तरका कर्पाेरेट क्षेत्रका सीईओसमेत जन्माएको केएमसीले इनोभेसन सेन्टरमार्फत विद्यार्थीका विजनेश आइडियालाई मूर्तरुप दिई नविनतम योजनामा परिणत गर्ने गरेको छ।
काठमाडौं मोडल कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदीसंग केएमसीकोे गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान, पठनपाठन शैली कस्तो छ ? र किन यही कलेज रोज्ने भन्ने विषयमा आधारित रहेर केन्द्रबिन्दु शिक्षा संवादमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-
पहिलाको शिक्षा र अहिलेको शिक्षामा फरक धेरै देखिन्छ, तर निजी विद्यालयले शिक्षामा धेरै फड्को मारिसकेका छौँ भन्नुहुन्छ, त्यो अलिकति नदेखिएको हो ?
सरकारले दिन सक्ने सेवा सुविधा र नयाँ खालका शिक्षाका प्रयोगहरूलाई सरकारीमा भन्दा बढी निजी स्तरमा भएका संस्थाहरूले ती प्रयोलाई भित्र्याएको छ।
अब नयाँ शिक्षा र पूरानो शिक्षालाई कताबाट हेर्ने भन्ने कुरा आउँछ जब शिक्षाको हिस्ट्री हेर्ने हो भने नयाँ शिक्षा वि.स २०२८ देखि लागू भएको भन्ने छ। निजी विद्यालयले सरकारलाई शिक्षा क्षेत्रमा अगाडि बढाउने कुरामा एउटा पुस फ्याक्टरको रूपमा काम गरिरहेको छ।
सरकारले दिन सक्ने सेवा सुविधा र नयाँ खालका शिक्षाका प्रयोगहरूलाई सरकारीमा भन्दा बढी निजी स्तरमा भएका संस्थाहरूले ती प्रयोगलाई भित्र्याएको छ। केही खुड्किलोमाथि निजी विद्यालयहरू गएका छन् । तर सोचेजस्तो अवस्थामा निजी विद्यालयहरू पुगेका छैनन्।
शिक्षा क्षेत्रलाई विकास गर्न के-के गर्नुपर्छ ?
सबैभन्दा पहिलो कुरा एउटाले अर्काेलाई, सरकारलाई, सरकारले निजी क्षेत्रलाई राम्रो गरि हेर्नुपर्याे। शिक्षा क्षेत्रमा कुनै रोकतोक छ भने त्यसलाई सुधार गर्दै लाने कुराहरू छन्। शिक्षालाई हामीले सम्वृद्ध बनाउने हो भने शिक्षकलाई सिपसँग, शिक्षालाई जिवनसँग र शिक्षालाई व्यवहारसँग जोड्नुपर्छ।
गुणस्तरिय शिक्षा महंगो नै हुन्छ। तर गुणस्तरहिन शिक्षा त्यो भन्दा महंगो हुन्छ। हामीले सस्तो र महंगो के कुरालाई हेर्ने सबैभन्दा महत्वपूर्ण हो। तर अरू देशभन्दा नेपालमा शिक्षा एकदमै सस्तो छ।
हायर एजुकेशनको कुरा गर्ने हो भने विद्यार्थीले पढाइ सँगसँगै उसले कुनै स्वरोजगार, रोजगारी कहिलेकाँही उसको इन्गेजमेन्ट देखिनुपर्छ। नेपालको कन्टेक्समा चाँही केका लागी पढिरहेका छौँ भन्ने कुरा शिक्षकबाट सोधेर सही जवाफ पाउनुपर्छ । यस्तै, आमूल परिवर्तन शिक्षामा ल्याउनको लागी परिपाटी बनाएर लाग्यौँ भने शिक्षाको विकास गर्न सजिलो छ।
व्यवहारमुखी शिक्षालाई नेपालमा कसरी अगाडि बढाउन सकिन्छ ?
व्यवहारमुखी शिक्षालाई अगाडि बढाउन निजी क्षेत्रले मात्र सक्दैन । निजी क्षेत्रमा केही बन्देजहरू छन्। कुनै निजी क्षेत्रले आफैं करिकुलम डेप्लभ गरेर आफैं त्यसको इभ्यालेसन गरेर जान पाउने अवस्था भयो भने निजी क्षेत्रसँग अपेक्षा गर्न पाउँछौँ। निजी क्षेत्रको अहिलेको काम भनेको सरकारले बनाएको सरकारी स्तरबाट बनेको नीति नियममा बसेर सरकारी स्तरबाटै आएको करिकुलमलाई विद्यार्थीहरूको अगाडि पस्किने हो।
अरू एक्टिभिटीहरू चाँही कसरी प्रस्तुत गर्ने भन्ने कुरा शैक्षिक संस्थासँग सम्बन्धित कुराहरू भए। सबै कुरा गर्न सक्ने अहिले निजी क्षेत्रसँग इम्पायर नै छैन। करिकुलम बनाउन पाको छैन,आफ्नो तरीकाले इभ्यालेसन गर्न पाएको छैन। यसर्थः सबै कुरा निजी क्षेत्रले गर्न सक्ला भन्ने लागेको छैन, तर पनि निजी क्षेत्रको हातमा केही मात्र कुराहरू चाँही छन्।
निजी क्षेत्रको अहिलेको काम भनेको सरकारले बनाएको सरकारी स्तरबाट बनेको नीति नियममा बसेर सरकारी स्तरबाटै आएको करिकुलमलाई विद्यार्थीहरूको अगाडि पस्किने हो।
आजभोलि शिक्षा महंगो हुनुको कारण के होला ?
गुणस्तरिय शिक्षा महंगो नै हुन्छ। तर गुणस्तरहिन शिक्षा त्यो भन्दा महंगो हुन्छ। हामी सस्तो र महंगो के कुरालाई हेर्ने सबैभन्दा महत्वपूर्ण हो। तर अरू देशभन्दा नेपालमा शिक्षा एकदमै सस्तो छ। विद्यार्थीहरू जे जति शुल्क तिरेर पढिरहनु भएको छ। त्यो अनुसार सस्तो लागिरहेको छ। हामीले निजी क्षेत्र र सरकारी स्तरमा शिक्षाको कतिपर्छ, निजी क्षेत्र महंगो हुन् ? भन्ने आशय हो भने निजी संस्थाहरू सरकारी स्थरमा संचालित संस्था भन्दा सस्ता छन्।
उदाहरण हेर्ने हो भने त्रिविको आंगिक क्याम्पसमा पढ्दा विद्यार्थीको लाग्ने शुल्क र निजी क्षेत्रको केएमसी जस्तो संस्थामा लाग्ने शुल्क फरक हुनसक्छ। तर त्यसको लागी राज्यलाई हामीले तिरेको करहरूको प्रयोग त्यसको अप्रेशन कष्ट कति भयो भनेर हेर्नुभयो भने विद्यार्थीले प्रत्यक्ष रूपमा शुल्क नतिरे पनि घुमाउरो तरिकाबाट तिर्न त लगाइएको छ।
यसर्थ नेपालको हिसावले हेर्ने हो भने शिक्षा महंगो होइन, तर त्यो शिक्षा प्राप्ति संगसंगै हामीले रोजगारीको पनि सिर्जना गर्न सक्यौँ भने पार्ट टाइम जबको पनि ग्यारेन्टी गर्न सक्यौँ भने त्यो फिस त्यही विद्यार्थीले तिर्न सक्थ्यो भने महंगो हुने थिएन ।
नेपालमा शिक्षाको शुल्क अहिले पनि ब्याचुलर इभन मास्टर्ससम्म पनि अभिभावकले तिर्नुपर्ने दायित्व भएको कारणले गर्दा त्यो शुल्क अलिकति महंगो नै हो जस्तो छ। तर गुणस्तरलाई बिर्सेर हेर्ने हो भने एउटा तस्विर देखिन्छ, गुणस्तरलाई हेर्नु भो भने अर्काे तस्विर देखिन्छ।
आजभोलिका गुणस्तरिय शिक्षा दिने विद्यालयहरू अलिकति तामझाममा बढि लागे जस्तो देखिन्छ किन ?
हाम्रो कुनै पनि शैक्षिक संस्थाले कुन खालको नेपाली समुदाय र समाजको कुन स्तरको व्यक्तिलाई टार्गेट गरेको भनेर हेरेको हुन्छ। हामीले शिक्षाकै सम्बन्धमा राम्रा विल्डिङ, चियर, फराकिला कक्षाकोठाहरू,उज्याला कक्षाकोठाहरू प्रोजेक्टर जडित डिजिटल सबै कुरा चाहिन्छन् नै भन्ने छैन, तर हाम्रो नेपालको शैक्षिक संस्थाहरूले त्यस्ता चिजको आकर्षणमा परेर बाहिर गइरहेको विदेशी रहेका विद्यार्थीहरूलाई नेपालमै राख्न सक्नेगरी ती चिजहरूको निर्माण गरेको हो भने त्यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ। राष्ट्रिय पूँजीको संरक्षणका लागि यो राम्रो हो।
राष्ट्रिय पुँजीको संरक्षणकै लागि हो भने त प्रत्येक दिन हजारौँ विद्यार्थीहरू विदेशिने थिएनन् होला नी ?
सबैभन्दा पहिलो कुरा चाँही कुनै पनि देशमा मान्छे बस्नका लागि एउटा राष्ट्रियताको भावना कसरी अगाडी बढ्छ, राष्ट्रलाई के कतिको माया गरिन्छ भन्ने एउटा विषय हुन्छ।
दोस्रो विषय राष्ट्रियता भन्ने कुरा आफ्नो दैनिक आवश्यकता भन्दा सामाजिकताभन्दा दोस्रोमा राख्ने चलन छ अहिलेको यो अवस्थामा। नेपालमा शैक्षिक संस्था राम्रो नभएका कारणले नेपालमा शिक्षाको गुणस्तर कमजोर भएका कारणले विद्यार्थी बाहिरिरहेका छन् भन्ने आमधारणा छ भने त्यो गलत भएको रिसर्चले देखाएको छ।
केही खुड्किलोमाथि निजी विद्यालयहरू गएका छन्। तर समग्रमा हामीले सोचेजस्तो सबैपुग्यो भन्ने कम्प्लिट्ली अवस्थामा निजी विद्यालयहरू पुगेका छैनन्।
विदेश जाँदै गरेका विद्यार्थीहरूलाई सोध्यौँ भने उनीहरू भन्छन्- क्वालिटी अफ लाइफ, सेक्युरिटी, जुन निजी शैक्षिक संस्थाले दिने भन्दा पनि समाजले दिने कुरा, सरकारले दिने कुरा, ड्राइभिङ फोर्समा रहेका पोल्टिकल पार्टीहरूको संयुक्त हिसावले दिने कुराहरू छन्। जुन अवसरका लागि विदेशी रहेका छन् विद्यार्थी। अहिले विदेशमै भएको हावर्ड युनिभर्सिटीले नेपालमै कलेज खोले भने पनि बाहिरिने क्रम रोकिने छैन। विद्यार्थी बाहिरिरहेको कुरालाई हेरेर यहाँको शैक्षिक संस्थाहरूले गुणस्तर दिन नसकेको भन्ने तिर जानु निर्क्याैलमा पुग्नु गलत हुन्छ।
केएमसी कलेज कस्तो कलेज हो ? र प्लस टु दिएर बसेका विद्यार्थीहरूले केएमसी कलेज नै किन रोज्छन् ?
काठमाडौँ मोडल कलेज एउटा केएमसी एजुकेसन नेटवर्कसंग सम्बन्धित एउटा प्रमुख कलेज हो। हामीले नेटवर्कभित्र शिक्षालाई हेर्ने तरिका हामीसँग भएको सानो पिजी टु पिजी लेवलमा हामीले कार्यक्रम चलाइरहेका छौँ।
काठमाडौँ मोडल कलेजको हकमा अहिले पछिल्लो हकमा विद्यार्थीको उद्यमशीलताको विकास त्यसका लागी प्लेटफर्महरू क्रिएट गर्ने कुरा, नेटवर्किङका लागि फोरमहरू निर्माण गर्ने कुरा, विद्यार्थीलाई पढाइ संगसँगै ज्ञानको मात्रै नभएर सिपको विकास गराउने कसरी होला ? भन्ने हिसावले काम गरिरहेका छौँ।
विद्यार्थी बाहिरिरहेको विषयलाई हेरेर नेपालको शैक्षिक संस्थाहरूले गुणस्तर दिन नसकेको भन्ने तिर निर्क्याैलमा पुग्नु गलत हुन्छ।
हामी विभिन्न सरकारी, गैरसरकारी संस्थाहरूसँग हातेमालो गरेर अगाडि बढिरहेका छौँ। अन्तर्राष्ट्रिय जगतका विभिन्न युनिभर्सिटीसँग पनि अहिले लेटेस्ट ट्रेण्डमा कसरी टिचिङ, लर्निङ प्याडागोजी अगाडि बढिरहेको छ, कक्षाकोठाका नयाँ अप्य्रुजेजहरू के-के हुन् भनेर अगाडि बढिरहेका छौँ। त्यसैले काठमाडौँ मोर्डल कलेज आफैंमा एउटा अक्य्राडेटेड अब्बल संस्था हो।
यसका भिजन, मिसन,गोल सम्पूर्ण एक्टिभिटिजहरू, प्रोगामहरू हाम्रो स्ट्राटेजीअन्तर्गत काम भएको हुन्छ। विद्यार्थी केन्द्रित ढंगले हाम्रा कार्यक्रमहरू अगाडि बढाइरहेका छौँ। विद्यार्थीको विकासलाई एजेन्डा मानेर विद्यार्थी विकाससंग धेरै भन्दा धेरै सिप सिकेर निस्कने वातावरण क्रिएट गरेका छौँ।
प्रकाशित: १७ भदौ २०८० १३:५२ आइतबार