काठमाडाैंकाे पुतलीसडकमा रहेको हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेज सन् २००१ मा स्थापना भएको हो । हिमालयन ह्वाइटहाउस कलेजलाई इन्जिनियरिङ, व्यवस्थापन र प्राविधिक शिक्षाका लागि उत्कृष्ट केन्द्रको रूपमा लिइएको छ । उक्त कलेजले अत्याधुनिक प्रविधिको मिश्रित शिक्षण, सिकाई र अनुसन्धान वातावरण प्रयोग गरी विद्यार्थीहरूलाई उत्कृष्ट स्रोत र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको छ ।
यसैबीच हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेलसँग गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान, पठनपाठन शैली कस्तो छ ? किन विद्यार्थीहरुको रोजाईमा यो कलेज परेको छ ? भन्ने विषयमा आधारित रहेर केन्द्रबिन्दु शिक्षा संवादमा कुराकानी गरेका छौं । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-
पछिल्लो समय शिक्षामा अलिकति परिर्वतन नभएको धेरै गुनासो छ, कस्तो कुरालाई परिर्वतन मान्ने र कस्तो कुरालाई चलायमान मान्ने त ?
-हामीले दिएको शिक्षामा इन्टरनेसनल स्ट्याण्डर्डको शिक्षा छ। ग्र्याज्युएटहरू जुनसुकै देशमा बिकेका छन्। यदि शिक्षा नराम्रो हो भने त बिक्ने थिएन होला । तर नेपालको एजुकेशन,नेपालमा पढाउने तरिका, जुनसुकै विश्वविद्यालयको पनि जुनसुकै युनिभर्सिटीमा र जुनसुकै देशमा पनि बिक्ने खालको छ। तर केही कमजोरीहरू कहीँ कतै देखिए होलान् तर ति कुनै कमजोरीले गर्दा होललाई नै भन्नु त्यति उचित छैन।
शिक्षासँगै देशलाई कुन बाटोमा लग्ने ? देशलाई कसरी विकास गर्ने ? यो सबै राजनीतिक दलले नेतृत्व लिने हो।
हाम्रो नेपालमा केही राजनीतिक माहोलले,राजनीतिक हिसावले नभएको हुनाले केही मान्छे,केही विद्यार्थी,केही अभिभावकमा केही प्रकारको वितृष्णा अनुभव भएर उहाँहरू जान खोजेको जस्तो मलाई लागिरहेको छ।
नेपालको शिक्षा विश्वविद्यालयको हकमा र विदेशी विश्वविद्यालयको हकमा पनि गुणस्तरीय छ, तर यो कुरा अभिभावक र विद्यार्थीहरूलाई बुझाउन नसकेको की उहाँहरूले बुझ्न नचाहनु भएको हो ?
-हाम्रो शिक्षा नराम्रो भएर विद्यार्थीहरू विदेश जान खोजेको होइन, २५-३० वर्ष अगाडि नेपालको शिक्षामा केही कमजोरी थिए होलान्। त्यसपछि विदेशबाट अथवा नेपालमै पनि विदेशबाट पढेर आएकाहरूले शिक्षामा राम्रै विकास गरेको हो।
अहिले सबै विद्यार्थीलाई पास गरिदिने सिस्टमले मान्छेलाई झन् झुक्याएको छ।
पढाउने विधिको विकासदेखि लिएर धेरै कुरामा विकास भइसकेको हो । तर यो विकास हुँदाहुँदै त्यही नराम्रो भएर विदेश गएको भनेर देखाउन खोजिँदैछ तर त्यस्तो हैन। हाम्रो नेपालमा केही राजनितिक माहोलले राजनीतिक हिसावले नभएको हुनाले केही मान्छे, केही विद्यार्थी,केही अभिभावकमा केही प्रकारको वितृष्णा अनुभव भएर उहाँहरू जान खोजेको जस्तो मलाई लागिरहेको छ।
सरकारी विद्यालय नराम्राे हुँदा र सुविधाजनक शिक्षा नदिँदा प्राइभेट कलेजहरू अगाडि आएका हुन्। तर प्राइभेट जस्तै सरकारी स्कुलहरू लेभलमा पुग्नलाई गाह्राे त छैन, तर मनिटरिङ नभएर गाह्राे परिरहेकाे हाे। त्याे मनिटरिङ सरकारी पक्षले गर्याे भने एकदमै राम्राे हुन्छ।
तर शिक्षासँगै देशलाई कुन बाटोमा लग्ने, देशलाई कसरी विकास गर्ने यो सबै राजनीतिक दलले नेतृत्व लिने हो। हामी जस्ता शिक्षाका एक्सपोर्ट भनौँ, शिक्षा विज्ञहरू भनौँ, उहाँहरूले हामीलाई प्रयोग गर्ने हो । तपाईंहरू यो ठाउँमा आइदिनुपर्याे, यस्तो गराइदिनुपर्याे भनेर प्लानिङ हामीसँग लिने हो। हामी त्यो अनुसार अगाडि बढ्ने हो।
वितृष्णा त देखिएको नै छ, पछिल्लो आर्थिक वर्षको हिसावले हेर्ने हो भने ९० हजार विद्यार्थीहरूले एनओसी लिएर विदेशिएका छन् । ती विद्यार्थीहरूलाई नेपालमा नै केही गर्न सकिन्छ भन्नको लागी चाँही के गर्नुपर्ला अब ?
सबैभन्दा पहिले हाम्रो गाउँ, हाम्रो समाज,हाम्रो सहर,हाम्रो बजारमा सुविधा चाहिएको छ। मान्छे जहाँ भएपनि विदेशमा बसे पनि,नेपालमै बसेपनि खोज्ने भनेको सुविधा नै हो। विदेशमा १०० प्रतिशत सेवासुविधा पाइन्छ भने नेपालमा १० अथवा २० प्रतिशत मात्र सुविधा पाउँछ। कुनै पनि एउटा २०/२२ वर्षको युवाले आफ्नो परिवारलाई कसरी धान्ने,सामाजमा कसरी स्टाइलिस्ट, स्टाव्लिस्ट गर्ने भनेर देखाउनको लागी सामान्य आर्थिक अवस्थाको स्ट्रङ हुनुपर्याे ।
एउटा सिस्टम छ, सिस्टममा चल्छ, मेरो जिवन चल्छ, म विदेशबाट राम्रो भएर आउँछु भन्ने लागेर विदेश जान बाध्य छन् । तर यो सोच राजनीतिक पक्षले नेपालमै बनाउने हो।
त्यसमा स्थानीय सकार, केन्द्रीय सरकार, जुन सरकारहरू हुन्छन् उनीहरूले युवा लक्षित कार्यक्रम गरेर युवालाई यहाँ यो तरिकाले राख्ने, युवालाई यो तरिकाको रोजगारी दिने, युवालाई आफैंले उद्यमशील हुने तरिकाले बनाउने, युवालाई देश विदेशमा आफ्नो तरिकाले परिचालन गर्ने प्लानिङ गर्ने कुरा राजनीतिको पक्षको हो।
नेपालमा यस्ताे नदेखिएकाले केही युवाहरूमा फ्रस्टेसन छ। एउटा सिस्टम छ, सिस्टममा चल्छ, मेरो जिवन चल्छ, म विदेशबाट राम्रो भएर आउँछु भन्ने लागेर विदेश जान बाध्य छन्। तर यो सोच राजनीतिक पक्षले नेपालमै बनाउने हो।
प्लस टु मा विद्यार्थीहरू केही कम, ब्याचलरमा पढ्ने विद्यार्थी अलि कम, मास्टर्समा पढ्ने विद्यार्थी धेरै कम हुँदै गइरहेका छन्। सरकारी विश्वविद्यालयको तुलनामा हेर्ने हो भने भर्ना हुने संख्या बढी देखिन्छ, तर त्यसको पासआउट हुने विद्यार्थीको संख्या एकदमै न्युन देखिन्छ, यसको खास कारण के होला ?
-एउटा कुरा के बुझ्ने हो भने सबै मान्छेले पढ्नैपर्छ भन्ने छैन, यो कुरामा प्रष्ट हुनुपर्छ । साक्षर हुनुपर्याे। अहिले ९, १० कक्षा सबैलाई पास गरिदिने, प्लस टुमा पनि सबैलाई पास गरिदिने सरकारको सिस्टमले मान्छेलाई झन् झुक्याएको छ। ११, १२ कक्षामा इ ग्रेड आएको छ। म डाक्टर, इन्जिनियर पढ्ने भनेको छ, तर उसको लेभल नै छैन।
त्यसकारण जो क्यापेबल छ, जो सक्ने छ तिनिहरूले मात्र पढ्ने हो । सबैले पढ्नुपर्छ भन्ने छैन। सबै डाक्टर हुनुपर्छ भन्ने छैन, इन्जिनियर हुनुपर्छ भन्ने छैन, सबै म्यानेजर हुनुपर्छ भन्ने छैन, सबै नेता हुनुपर्छ भन्ने छैन, तर जसकाे जसमा क्षमता छ त्यसले त्यो हुने हो।
अहिले प्लस टु सकेको विद्यार्थीको लेभल हेर्ने हो भने सबैभन्दा खत्तम छ। तर बुझाई गलत भइसक्यो, कार्यान्वयन नै गलत भइसक्यो, हामी सबैले प्लस टु पास गरेर पठाउनुपर्छ भन्ने त्यो नै गलत भइसक्यो। ९,१० कक्षा देखि नै बाउन्ड्री हुनुपर्छ, सक्ने मात्रै जाने हो। त्यो भयो भने मात्र बल्ल देशमा शिक्षा राम्रो हुन्छ। शिक्षा राम्रो भयो भने बल्ल देश राम्रो हुन्छ।
शिक्षामा अनुगमनको आवश्यकता छ ? तर अनुगमनबाट निजी र सरकारी विद्यालयहरू चुकिरहेका छन्, यो कसरी राम्रो बनाउन सकिन्छ?
-यो त राज्यको कमी हो। यो सबै राज्यले गर्ने हो। तपाईं यो चिज गर्नुपर्छ, यो यो चिज गरेबापत तपाईं यतिको चाँही शुल्क राख्न पाउनुपर्छ भनेर राज्यले भन्ने हो।
शिक्षा परिमार्जन गर्न के गर्नुपर्छ?
-शिक्षा परिमार्जन गर्न विश्वले के खाेजेकाे छ त्यता जानुपर्छ। अब हामी इन्टरनेसनलमा बिक्नुपर्छ, नयाँ टेक्नाेलाेजी आयाे त्यसलाई कसरी चलाउने भनेर सिक्नुपर्ने अवस्था आएकाे छ। एआईका कुराहरू आइरहेका छन्, टुरिजम इन्जिनियरिङका कुराहरू आइरहेका छन्, हामी त्यता डिभव हुनुपर्याे हाम्राे देशलाई धनि बनाउनुपर्याे, हाम्राे देशमा आयआर्जन हुने बाटाे क्रिएट गर्नुपर्याे अनि देश सम्पन्न हुन्छ।
अनि त्याे किसिमकाे स्लेभ्स हुनुपर्याे, त्याे किसिमकाे फ्याक्ट्री, कम्पनीहरू डेभलप हुनुपर्छ। सबैमा कानून प्रस्ट हुनुपर्छ अनि बल्ल देशसँगै शिक्षा अगाडि बढ्छ।
अहिले अवस्थामा कलेजहरू सञ्चालन गर्न कतिकाे सजिलाे भएकाे देखिन्छ ?
सरकारले लगानी गरेका सरकारी संरचनाहरू जति पनि छन्, तिनिहरूलाई स्ट्रङ बनाएर अगाडि बढाऔँ। सरकारी स्कुल,सरकारी प्लस टु,सरकारी कलेजहरू राम्राे भयाे भने प्राइभेट कलेजहरू अन्य कुरामा राम्रा हुन्छन्। र अन्य विजनेसमा काम लाग्छ।
शिक्षा परिमार्जन गर्न विश्वले के खाेजेकाे छ त्यता जानुपर्छ। अब हामी इन्टरनेसनलमा बिक्नुपर्छ, नयाँ टेक्नाेलाेजी आयाे त्यसलाई कसरी चलाउने भनेर सिक्नुपर्ने अवस्था आएकाे छ।
सरकारी विद्यालय नराम्राे हुँदा र सुविधाजनक शिक्षा नदिँदा प्राइभेट कलेजहरू अगाडि आएका हुन् । तर प्राइभेट जस्तै सरकारी स्कुलहरू लेभलमा पुग्नलाई गाह्राे त छैन, तर मनिटरिङ नभएर गाह्राे परिरहेकाे हाे। त्याे मनिटरिङ सरकारी पक्षले गर्याे भने एकदमै राम्राे हुन्छ।
हिमालयन ह्वाइटहाउस इन्टरनेसनल कलेज कस्ताे कलेज हाे ? यसले कस्ताे शिक्षा प्रदान गरिरहेकाे छ ?
-हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजले अहिलेसम्म सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ,आईटी, बिबिए प्राेगाम,एमबीए प्राेगाम, हाेटल म्यानेजमेन्ट प्राेगामहरू राम्राे तरिकाले चलाइरहेकाे छ। जुन विदेशी विश्वविद्यालयले भर्खर पढाइरहेकाे छ, त्यस्ताे प्रकारकाे विषयहरूमा हिमालयन ह्वाइटहाउसले पनि एउटा इट्टा थपेकाे छ। अझै पनि सरकारी लगानीलाई ठिक ठाउँमा प्रयाेग गर्नुपर्छ।
प्रकाशित: २४ भदौ २०८० १२:२२ आइतबार