काठमाडौँकाे वनस्थलीमा रहेको काठमाडौँ बिजनेश क्याम्पस सन् २०१९ मा स्थापना भएको हो । काठमाडौँ बिजनेश क्याम्पसले बीबीएस र बीसीए प्रोगामको कार्यक्रम संचालन गरिरहेको छ । उक्त कलेजले अत्याधुनिक प्रविधिको मिश्रित शिक्षण, सिकाइ र अनुसन्धान वातावरण प्रयोग गरी विद्यार्थीहरूलाई उत्कृष्ट स्रोत र व्यावहारिक शिक्षा प्रदान गर्दै आएको छ । यस संस्थामा अध्ययन गर्ने विद्यार्थीहरुलाई कलेजले नै रोजगारी सृजना गर्ने गर्दछ ।
काठमाडौँ बिजनेश क्याम्पसका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठसँग गुणस्तरीय शिक्षा, व्यवहारिक ज्ञान, पठनपाठन शैली कस्तो छ ? अबको दिनमा विद्यार्थीले कस्तो शिक्षा रोज्ने भन्ने विषयमा आधारित रहेर केन्द्रबिन्दु शिक्षा संवादमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-
विद्यार्थीहरूमा आईटी मोह धेरै देखिन्छ, आईटीमा त्यस्तो विशेषताहरू के-के छन् ?
-भविष्य भनेको नै आईटी हो जस्तो लाग्छ। युवा पुस्ता आकर्षण हुनुमा टेक्नोलोजी नै हो । रोजगारी वा आफ्नो व्यवसाय एउटा जुन भविष्य देख्ने भनेकै आईटीमा हो।
जब हामीसँग क्वालिटी टिचर छन्, तब मात्र हामीले हाम्रो विद्यार्थीहरूलाई डेलिभरी गर्ने हो।
हरेक ठाउँमा आईटीको एप्लिकेसन छ, त्यो कारणले गर्दा रोजगारी अथवा उसले गर्न सक्ने काम आईटीमा नै हुने गर्छ। आईटीमा अथाह सम्भावनाहरू छन्। र राम्रो इन्कम पनि उनीहरू गर्न सक्छन्।
आईटीमा मात्र सबै विद्यार्थी मोहित हुने हो भने अरू क्षेत्र त पलायन हुन्छन् ?
-जुनसुकै क्षेत्रमा पनि सपोर्ट गर्ने आईटीले नै हो। त्यसकारण अरू क्षेत्रको महत्व नहुने भन्ने होइन अरू क्षेत्रहरू पनि आईटी जस्तै महत्वपूर्ण छन्। तर यसमा जसले आईटीको एप्लिकेसन जान्नु हुन्छ, युज गरेर अगाडि बढ्नुहुन्छ भने उहाँहरू जहिले नि अगाडि नै रहनु हुनेछ।
करिकुलम अनुसारको लेसन प्लानिङ हुँदैनन्, लेसन प्लानिङ अनुसार डेलिभरी गर्ने र त्यो एउटा स्ट्रक्चरमा जाने नहुँदा सिप नै दिएन की भन्ने जस्तो फिल हुन्छ।
जसले आईटीलाई बुझ्नु भएन र आफ्नो प्रोफेसनलमा जोड्नु हुन्न, तिनीहरूलाई गाह्रो हुन्छ। तर यसको मतलव अरू विषय नै नरहने भन्ने होइन। जुन विषय सञ्चालन भइरहेका छन् ति पनि क्रमिक रूपमा सञ्चालन हुन्छन्, र ति सञ्चालन गर्नका लागि आईटी एउटा नभई नहुने पाटो नै हो।
पछिल्लो समय आईटी पढाउने कलेजहरूमा धेरै प्रतिस्पर्धा देखिन्छ, कुनै कलेजमा ४ लाख फि छ भने कुनैमा ८ लाख र कुनैमा १६ लाख फि रहेको बुझिन्छ । किन एकरूपता छैन ?
-विभिन्न शैक्षिक संस्थाहरूले आ-आफ्नो स्टयान्डर्ड बनाएको हुन्छ र त्यही अनुसारको फि चार्ज गर्ने कुरा आउँछ । तर एकरूपता ल्याउनको लागि अनुगमन मूल्यांकन समितिको आवश्यकता छ। जुन परिपाटी हुनुपर्ने हो त्यो नहुँदा अब कतिपय चिजमा विकृतिको रूपमा आएको छ। यो एउटा हेल्दी हुनको लागि अनुगमन, मूल्यांकन र त्यो अनुसारको वर्गीकरण हुन आवश्यक रहेको देखिन्छ। वर्गीकरण अनुसार यो फि तोक्नुपर्छ जस्तो मलाई लाग्छ।
शिक्षा हामीले राम्रोसँग दिइरहेका छौँ भन्छौँ, तर शिक्षामा याेग्य शिक्षकको आवश्यकता कत्तिको देख्नुहुन्छ ? ति शिक्षक कतिको अपडेट हुनुपर्छ जस्तो लाग्छ?
-शिक्षाको आधार भन्नु नै शिक्षक हुन्। जब हामीसँग क्वालिटी टिचर छन्, तब मात्र हामीले हाम्रो विद्यार्थीहरूलाई डेलिभरि गर्ने हो। सहि शिक्षक नभईकन क्वालिटी एजुकेसन हामी दिन सक्दैनौँ। यो अवस्थामा शिक्षक अपडेट त हुनैपर्छ।
अहिले समय पनि एजुकेसन अपडेट नगर्ने टिचर धेरै नै पाउन भेट्याउन सक्छौँ। यसले गर्दा पछि प्रतिस्पर्धामा त्यस्ता टिचरहरूलाई धेरै नै गाह्रो हुन्छ।
अहिलेको विद्यार्थीहरूले अलिकति युवा वर्गको टिचर बढि रूचाउँछन्, यस्तो किन हुन्छ ?
-यो त स्वभाविककै हो, किनभने अलिकति एज ग्याप त्यती धेरै हुँदैन भन्दा उहाँहरूको समस्यालाई मध्यनजर गर्न याेङ टिचरको नै आवश्यकता पर्छ। जो सँग आफ्नो कुराहरू सेयर गर्न सकिन्छ, त्यस्तो खालको टिचर विद्यार्थीले रोज्नु हुन्छ।
हाम्रो नेपालको परिवेशमा हेर्ने हो भने नेपालको शिक्षा सिपमुलक शिक्षा छैन, मैले व्याचलर पढेँ, प्रमाणपत्र आयो सिप केही सिकेनौँ तर खासमा यसको जिम्मेवार को रहन्छ ?
-हाम्रो शिक्षा सिपमुलक छैन त भन्न मिल्दैन, हरेक करिकुलमको आफ्नै उदेश्य हुन्छ, तर त्यसमा चाहीँ यति सिप सिकाउने, यो-यो सिप सिकाउने हरेक करिकुलममा हुन्छ। तर दुःखद कुरा त्यो अनुसारको डेलिभरी हुँदैन।
करिकुलम अनुसारको लेसन प्लानिङ हुँदैनन्, लेसन प्लानिङ अनुसार डेलिभरी गर्ने र त्यो एउटा स्ट्रक्चरमा जाने नहुँदा सिप नै दिएन की भन्ने जस्तो फिल हुन्छ।
विभिन्न शैक्षिक संस्थाहरूले आ-आफ्नो स्टयान्डर्ड बनाएको हुन्छ र त्यही अनुसारको फि चार्ज गर्ने कुरा आउँछ । तर एकरूपता ल्याउनको लागि अनुगमन मूल्यांकन समितिको आवश्यकता छ।
तर अब सिप नदिने भन्ने होइन, र यसमा जुन जिम्मेवारीको कुरा गर्नुभयो यो सरकारसँगै सबैको जिम्मेवारीको कुरा हो। युनिभर्सिटीको कुरा गर्दा समय अनुसारको करिकुलम अपडेट लग्दै जानुपर्छ।
कलेजहरूले विद्यार्थीहरू पढ्नका लागि मात्रै होइन, उनीहरूलाई दक्ष बनाएर लग्नुपर्छ भन्ने सोच कतिको रहेको पाइन्छ ?
-हामीले तयार गर्ने भनेको विद्यार्थीलाई रोजगारीको लागि पनि हो र त्यस्तै उद्यमशील बनाउन पनि हामीले सिकाउनुपर्छ। कसैको लागि कहीँ गएर काम गर्न मात्र जाने होइन, उसले आफ्नो लागि पनि गर्नसक्ने होस्।
रोजगारीको लागि आवश्यक पर्ने स्किलहरू जुन चाहीँ एउटा आफू पनि उद्यमी बन्नलाई त्यो स्किल चाहिन्छ। यता टेक्निकल स्किलहरू भए, जुन उहाँहरूले पढिराख्नुभएको छ। त्यो प्लस इम्प्लाेयलिटी स्किलहरू सिक्नुभयो भने कोही विद्यार्थी बेरोजगार बस्नुपर्ने अवस्था आउँदैन।
विद्यार्थीहरूले काठमाडौँ बिजनेस क्याम्पस नै किन रोज्छन् ?
-हामीले काठमाडौँ बिजनेस क्याम्पस खोलेको तेस्रो वर्षमा रनिङ भइरहेको छ। हाम्रो उदेश्य स्थापना कालदेखि नै विद्यार्थीहरूलाई उद्यमी बनाउनका लागि खोलिएको हो। यदि जो विद्यार्थी उद्यमी बन्न चाहन्छ उनीहरूका लागि यो एकदमै राम्रो विद्यालयमा परेको छ।
विद्यार्थीहरूले सोचेको जस्तो जागिर समेत पाउने उदेश्य राखेर यो कलेज स्थापना भएको हो। यसमा खासगरी दुई प्रोगाम छन्। त्रिभुवन विश्वविद्यालयसँगको समन्वयनमा चलाइरहेका छन् । एउटा बीबीएस, अर्काे बीसीए प्रोगामको कार्यक्रम हामिले चलाइरहेका छौँ। यी दुईटै प्रोगाममा विद्यार्थीहरूलाई मार्केटिङसँग कसरी जोड्न सकिन्छ ? उद्यमशीलताको वातावरण कसरी बनाउन सकिन्छ यी किसिमका कार्यक्रमहरू छन्। त्यही भएर विद्यार्थीहरूले काठमाडौँ बिजनेस क्याम्पस नै राेजेको पाइन्छ।
प्रकाशित: ३१ भदौ २०८० १५:२२ आइतबार