हिन्दू धर्मावलम्बीको महान् चाड दसैं र मासु परिपूरकजस्तै भइसकेका छन्। टीका र जमाराजस्तै मासुका विभिन्न परिकारसहितको खानपिन दसैंमा अनिवार्य मानिन थालेको छ।
अन्य सामान्य दिन हप्तामा एकदुई पटक बन्ने मासुका परिकार दसैं जस्तो लामो चाडको समयमा दिनदिनै पाक्ने गर्छ। तर, दसैंमा स्वादको पछाडी लागेर स्वास्थ्यको ख्याल नगर्दा त्यही मासुका परिकार र चिल्लोका कारण कयौं नेपालीको स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ।
चिकित्सकले दसैंको खानपिनमा विशेष ध्यान दिन सबैलाई आग्रह गरिरहेका छन्। तर, त्यसमा हेलचेक्रयाइँ भएको देखिन्छ। यस समयमा मुटुरोगीहरुले अझ धेरै सावधानी अपनाउनुपर्छ। खासगरी मुटुका रोगीले रक्ती त खाँदै नखाऔँ।
रक्तीमा नुनको मात्रा बढी हुन्छ, जसले मुटु रोगीमा उच्च रक्तचापको समस्या निम्त्याउने गर्छ। यसै सन्दर्भमा केन्द्रित रहेर केन्द्रबिन्दु डटकमले मुटुरोग विशेषज्ञ डा. राम न्याैपानेसँग कुराकानी गरेको छ। प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश-
दसैँ निजिकिएको छ, दसैँ नजिकिएसँगै नेपालिहरू खानपानमा व्यवहारिक रूपले गर्दैनन् वास्वमा हामीले कस्तो खानपान गर्नुपर्छ?
– चाडपर्वको बेला मात्र होइन जहिले पनि हाम्रो खाना सन्तुलित हुनुपर्छ। चाडपर्व अनुसार हाम्रो विभिन्न परिकारका खानेकुराहरू खाइएला तर हामीले सन्तुलित खाने हो, जे-जस्तो खाए पनि र सन्तुलित भन्नाले हाम्रो खानापान कार्वाेहाइड्रेट,प्रोटिन, भिटामिन र प्रशस्त मात्रामा पानी भएका खाानेकुराहरू खानुपर्छ।
मदिरा सेवन गरेर रोग लागेको व्यक्तिलाई झन बढाउने र स्वस्थ्य व्यक्तिलाई झन रोग लाग्ने गर्दछ,साथसाथै दुर्घटनाहरूको जोखिम बढेर बिरामीको संख्या बढ्ने हुन्छ। यस्तै मदिरा सेवन गरेर झगडा हुने र घटनाहरू वृद्धि हुने गर्छ।
नर्मली के छ भन्दा हाम्रो खानामा कार्वाेहाइड्रेट ६०-७० प्रतिशत हुन्छ भने, प्रोटिन १५ देखि २५ प्रतिशत यस्तै अन्य एभरेजमा २०–२० प्रतिशत राखिन्छ यो भन्दै गर्दा अर्काे कुरा खानाको प्रकृति पनि रोगहरूसँग मिलाउनुपर्ने हुन्छ। जस्तैः एउटा सन्तुलित खाना खाँदा एउटा नर्मली मान्छे र डाइभेटिक प्यासेन्जरले खाने खाना अलिकति फरक नै हुन्छ। नर्मल मान्छेले कुन खाना लिने र रोग लागेको व्यक्तिले कुन खाना लिने भनेर छुट्याउन सक्नुपर्छ।
रोगहरू कुनै छ भने नियमित चेकजाच गराएर डाक्टरहरूले जुन सल्लाह दिइरेहका छन् त्यो अनुसारको खानपिनमा ध्यान दिने हो। दसैँमा धेरैले माछामासु धेरै खाने गर्छन्, यसमा पनि रातो मासु बढी खाइरहेका हुन्छन् रातो मासु खाँदा खेरि अलिकती फ्याटहरूको मात्रा बढी हुन्छ, तर मासु खान नमिल्ने भन्ने होइन तर थोरै खानुपर्छ।
चाडपर्वको बेला बिरामीहरूको संख्या किन बढ्छ यसको यस कारण के होला?
- यस्तो छ बिरामी बढ्ने हाम्रो एउटा हस्पिटलको डाटालाई मात्र हेर्ने हो बिरामीको अस्पताल आउने प्रकृति फरक हुन सक्छ। फरक प्रकृतिको बिरामीहरू जस्तो धेरै खाएर एउटा समस्या हुन सक्छ भने, अर्काे सुगर कन्ट्रोल नगरेर बढेर आउने कुरा हुन्छ।
रोगहरू कुनै छ भने नियमित चेकजाच गराएर डाक्टरहरूले जुन सल्लाह दिइरेहका छन् त्यो अनुसारको खानपिनमा ध्यान दिने हो।
र मदिरा सेवन गरेर रोग लागेको व्यक्तिलाई झन बढाउने र स्वस्थ्य व्यक्तिलाई झन रोग लाग्ने गर्दछ,साथसाथै दुर्घटनाहरूको जोखिम बढेर बिरामीको संख्या बढ्ने हुन्छ। यस्तै मदिरा सेवन गरेर झगडा हुने र घटनाहरू वृद्धि हुने गर्छ।
दसैंसँगै तिहार, तिहारसँगै छठ पर्व नजिकिन्छ र यस्तो पर्वमा सबैले बढि चिल्लो खानेकुराहरू खान्छन् र तिहारमा चिनीका परिकारहरू धेरै नै खाइरहेका हुन्छन् यस्तो अवस्थामा बिरामी भए पनि उपचार गरेर ठिक भइहाल्छ भन्ने मानसपटलमा बसेको हुन्छ यसै कारणले बिरामीको संख्या बढ्दै गएको हो?
– कहिले हामी कुनै कुरा विर्सिदिन्छौँ, कुनै बेला एउटा सन्तुलित खाना खानुपर्छ भन्ने सोचमा आउनुहुन्छ भने चाडपर्वको बेला त्यो हामी भुल्छौँ। अनि त्यही कारणले भइरहेको रोग बढ्वा हुने र स्वस्थ्य मानिसलाइ पनि रोगी बनाउने गर्छ।
कती खेर हामी हाम्रो स्वाद,चाहना,रहरहरू विर्सिने गर्छाैँ। यो होकि चेतना हुँदाहुँदै पनि कहिलेकाहीँ स्वादको कुराले हामी सन्तुलित खाना खान भुल्छौँ।
र हाम्रोमा धेरै रोगी बढ्ने भनेको इन्डाइरेक्सन खालको एउटा पाटो हुन्छ र अर्काे सुगर भएको व्यक्ति सुगर कन्ट्रोल नगरेर बिरामी बढिरहेका हुन्छन्।
दिनमा कति माछामासु हाम्रो शरिरको लागि आवश्यक पर्छ?
-जस्तो हाम्रो सन्तुलित खानामा काम गरेको प्रकृति अनुसारको हामीलाई प्रोटिन चाहिने हो। यस्तै फलफुलहरू पनि हामीलाई दिनको ४-५ ग्राम चाहिन्छ। हामी मासु र फलफुल मात्र खाँदैनौँ अन्य चिज पनि खान्छौँ त्यो सबै कुरा मिलाएर खानुपर्छ। खानामा सबै मिलाएर खायो भने यति उति भन्ने हुँदैन तर हामीले सन्तुलित मिलाएर खानुपर्छ।
हामीले आफ्नो आहारमा सन्तुलित भएर खाना खानुपर्छ त भन्छौँ तर सन्तुलित खाना खाएको भेटिदैन यसको कारण के होला?
- यसमा एउटा मानविय स्वभाव भन्ने कुरा बुझिन्छ। जस्तो हाम्रो रेडियो टेलिभिजनबाट धुम्रपान मद्यपान गर्नु राम्रो होइन भनेर नै विज्ञापन गरेको हुन्छ, तर हाम्रो समाजमा यो एउटा भन्ने कुराको रूपमा मात्र लिएको बुझिन्छ।कती खेर हामी हाम्रो स्वाद,चाहना,रहरहरू विर्सिने गर्छाैँ। यो होकी चेतना हुँदाहुँदै पनि कहिलेकाहीँ स्वादको कुराले हामी सन्तुलित खाना खान भुल्छौँ।
दसैँमा तेल तारेका माछामासु बढी खान्छौँ, यसले हाम्रो मुटुमा कतिको असर पार्छ?
-यसमा डडेको तेल मुटुको लागी एकदमै हानिकारक हुन्छ। त्यो जति बढि भयो त्यती नै मुटुलाई कमजोर पार्दै लग्छ र पछि त्यो हॉट अटैक हुन जान्छ।
केन्द्रविन्दु टिभीप्रकाशित: ५ कात्तिक २०८० ०६:५४ आइतबार