हल्का अनि टिकाउ। माओवादी द्वन्द्वताका खुब प्रयोग भयो गोल्डस्टार जुत्ता। 'लडाकुको जुत्ता' नै कहलियो। त्यसैले त कपडाको त्यो 'ट्रेनर जुत्ता' लगाउनेहरू सेना र प्रहरीको तारो नै बने। खुट्टामा गोल्डस्टार हुनासाथ कडाइका साथ छानविन। त्यो समय विद्रोहीको पर्याय रहेको गोल्डस्टार अहिले भने लोकप्रिय 'ब्रान्ड' बनेको छ, सबै वर्ग समेट्नेगरी। नेपालमा बनेको जुत्ता फेसनेबल ब्रान्डका रुपमा स्थापित हुनुको श्रेय चाहिँ विदुषी राणालाई जान्छ।
किरण सुजले इटलीबाट एउटा मेसिन भित्र्याएसँगै जुत्ता उत्पादन सुरु भयो। सुरुवातमा जुत्ताको नाम राखियो- स्पार्क। स्पार्क सुज केही समय चलेपछि कम्पनीले नयाँ जुत्ता बनाउने सोच बनायो, तर कस्तो खालको उत्पादन बजारमा पठाउने भन्ने विषयमा अलमल भयो। यसबीच उद्योगले गोल्डस्टार जुत्ता उत्पादन गर्ने निर्णय गर्यो। गोल्ड स्टार जुत्ता नेपालबाहेक भारतमा सबैभन्दा बढी निकासी हुन्छ। गोल्डस्टार जुत्ता दक्षिण एसियाभर नै लोकप्रिय छन्।
गोल्डस्टार जुत्ता विश्वप्रसिद्ध चिनियाँ अनलाइन रिटेल कम्पनी अलिबाबामा समेत किन्न पाइन्छ। यति मात्र होइन, गोल्डस्टार दुबई, कतार, मलेसिया, थाइल्यान्ड आदि एसियाली मुलुकसम्म पनि पुगिसकेको छ। यसैबीच गोल्डस्टार जुत्ता चप्पल सबैकाे राेजाई बस्न कसरी सफल भयो त भन्ने बिषयमा केन्द्रित रहेर केन्द्रबिन्दु संवादमा हामीले गोल्डस्टारकी निर्देशक विदुषी राणासँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश-
नेपालमा गोल्डस्टार जुत्ताचप्पलको बजार कस्तो छ ?
- नेपालमा जुत्ताचप्पल उद्योगले एकदमै राम्रो गरिरहेको छ। हामी आजको दिनमा २५ सयदेखि ३ हजार रुपैयाँको जुत्तासम्म आफैं आत्मनिर्भर बनिसकेका छौँ । नेपालमा सानो, ठुलो मझौला गरेर १५ सय जुत्ता उद्योगहरू छन्। यो जुत्ता उद्योगहरूले समग्रमा ५० हजार भन्दा बढीलाई रोजगारी दिएको छ।
कुनै पनि सफलता चिरस्थायी हुँदैन। एउटा रफ्तारका साथ सफलतातर्फ बढिरहेका बेला २०५२ सालमा सुरू माओवादी द्वन्द्वले गोल्डस्टारको यात्रामा ठूलो झट्का दियो।
र गोल्डस्टारले आज भन्दा ३० बर्ष अगाडिदेखि नै निर्यात गरिरहेको छ। हामी लार्जेस्ट फुटवेयर एक्सपाेर्टर हौँ इन्डियामा। युपीविहारमा गोल्डस्टारलाई धेरै नै मन पराइरहेका छन्। हाम्रो अस्ट्रेलिया, बहराइन, कतारमा आफ्नै फ्रेन्चाइज स्टोरहरू छन्। संसारभरी धेरै ठाउँमा हामीले गोल्डस्टार पठाइरहेका छौँ। त्यही भएर जुत्ताचप्पल उद्योगले नेपालको लागि राम्रो गर्न सक्छ।
विदुषी राणा गोल्डस्टार उत्पादन गर्नुहुन्छ तर लगाउनुहुन्न भन्छन् खासमा के हो ?
-म जहिले पनि गोल्डस्टार जुत्ता नै लगाउँछु। मैले अहिले समेत लगाएकै छु, जुन अमाया भन्ने ब्रान्डसमेत देख्नसक्नु हुन्छ। यो जुत्ता लेडिजहरूलाई सुरूवाल, कमिज, पाइन्टमा लगाउँदा राम्रो हुन्छ। याे सुज अमायाकाे हाे। प्रायः जसाे अमाया सुज जै लगाइरहेकाे हुन्छु।
हात्तीछाप चप्पलबाट गोल्डस्टार जुत्तासम्म कसरी पुग्यो, यसको पृष्ठभूमि के थियो ?
-यो कम्पनी आजभन्दा ४० वर्ष अगाडि हात्तीछाप चप्पलको ब्रान्डका रुपमा हेटौंडाबाट सुरु भएको कम्पनी हो। हेटौंडाको कम्पनी नै गोल्ड स्टारको मदर कम्पनी हो। हेटौंडामा हात्तीछाप चप्पल बनाइन्थ्यो। त्यसको १५-१६ वर्षपछि जुत्ता बनाउन थालियो त्यो जुत्ता बनाउने क्रममा पहिला अर्किसपार्क भन्ने जुत्ता बनाइन्थ्यो। त्यसपछि गोल्डस्टार सुरू गर्याैँ। एकदमै सस्तो र बलियो खालको जुत्ता निकाल्यौँ। त्यो एकदमै लोकप्रिय हुँदै गयो, बलियो र सस्तोमा जुत्ता पाउँदा सबै जना खुशी भए।
पहिले हात्ती छाप चप्पल र हात्ती उस्तैउस्तै भनेको सुनिन्थ्यो । तर, अहिले यसरी ब्रान्डिङ गर्नुको कारण के हो ?
गोल्ड स्टार जुत्ता र यसको बजारको मात्र हामीले टार्गेट गरिरहेका थियाैँ। सस्तोमा बलियो जुत्ता मात्र प्रदान गरिरहेका थियौं । अब चाहिँ यो मात्रै गरेर हुँदैन अब नेपाली पहिचान बोकेको नेपालीलाई पनि सँगै लैजानुपर्छ भन्ने सोचका साथमा नेपालकै उत्पादन खोज्नुपर्ने बेला पनि भयो।
अहिले नेपालीहरु नेपाली जुत्ता लगाउन पाउँदा गर्व महशुस गर्छन् । त्यसकारण नयाँ जुत्ता ट्रायलमा ल्यायौं र त्यो एकदमै पपुलर पनि भयो। नयाँ पुस्ताले एकदमै मन पराइदिनु भयो र हामी एकदमै इन्करेज भएर हरेक हप्ता नयाँ–नयाँ डिजाइन बजारमा ल्याउन थाल्यौं।
जब विदुषी राणाले कमाण्ड हेर्नुभयो त्यसपछि युवापुस्तालाई मन पर्ने जुत्ता बजारमा ल्याउनुभयो भनिन्छ, वास्तवमै तपाईंले नै ल्याउनु भएको हो ?
- ०-३२ भन्ने हाम्रो सबैको लोकप्रिय जुत्ता थियो। गोल्डस्टार खोलेको हाम्रो ४० बर्ष जति भयो। यस्तै, हात्तीछाप खोलेको ५० बर्ष जति भइसक्यो। तर ०-३२ भन्ने जुत्ता एकै किसिमको बनाउने गर्थाैँ। तपाईंले भने जस्तै ०-३२ को जुत्ता निकै लोकप्रिय नै थियो त्यो। एकदमै हलुका, सजिलो र कम्फर्टेवल जुत्ता थियो।
गोल्डस्टार जुत्ता विश्वप्रसिद्ध चिनियाँ अनलाइन रिटेल कम्पनी अलिबाबामा समेत किन्न पाइन्छ। यति मात्र होइन, गोल्डस्टार दुबई, कतार, मलेसिया, थाइल्यान्ड आदि एसियाली मुलुकसम्म पनि पुगिसकेको छ।
हाम्रो जुत्ता बनाउने मेसिन सबै इटालियन हो, त्यही भएर जुत्ता धेरै नै बलियो हुन्थे। तर म कम्पनी आएको ८ बर्ष जति भयो, सुरूमा मेरो श्रीमान र मैले सोचेकी एउटै किसिमको जुत्ता कम्पनीले बेचिरहेको छ तर जुत्ता एकदमै राम्रो थियो तर पनि युवापुस्ताहरूले लगाइरहेका थिएनन्।
युवापुस्तालाई सोध्दा यो हामीले लगाउने जुत्ता होइन बुवा, हजुरवुवाले लगाउने जुत्ता हो भनेर प्रतिक्रिया आउने गरेको पाइन्थ्यो। त्यहीबाट सोचेर एक किसिमको जुत्ता भन्दा नि फरक फरक किसिमको जुत्ता बनाउने भन्ने सोच आयो अनि पुरै नयाँ डिजाइनका साथ चेन्ज गरेका हौँ।
माओवादी जुत्ता भनेर बिक्रीमा राखेको जुत्ता कस्तो बिक्री भएको थियो त्यो समय ?
- माओवादी द्वन्द्व १० बर्षको रह्यो, त्यो बेला माओवादीले पनि गोल्डस्टार नै लगाउनु हुन्थ्यो। किनकी गोल्डस्टार पहाड,तराई, हिमाल चढ्दा सजिलो थियो। त्यही भएर ०–३२ लाई माओवादी जुत्ता भनिएको थियो। कुनै पनि सफलता चिर स्थायी हुँदैन। एउटा रफ्तारका साथ सफलतातर्फ बढिरहेका बेला २०५२ सालमा सुरू माओवादी द्वन्द्वले गोल्डस्टारको यात्रामा ठूलो झट्का दियो।
यो झट्का जुत्ता नबिकेर वा जुत्ताको बजार खस्केर आएको थिएन। बरू माओवादी द्वन्द्व सुरू भएपछि त गोल्डस्टारको माग अझ बढेको थियो। बलियो र टिकाउ भएकाले विकट पहाडी बाटोमा उकाली-ओराली गर्न माओवादी लडाकूहरूले गोल्डस्टार जुत्ता नै प्रयोग गर्न थालेका थिए। यति मात्र होइन, मूल्य सस्तो भएकाले ग्रामीण भेगमा सर्वसाधारणको रोजाइमा समेत परेको थियो।
सरकारी नीति नियमभित्र रहेर, तोकिएको कर तिरेर, आफ्नै नागरिकलाई रोजगारी दिएर जुत्ता उत्पादन गर्ने हामी, अनि हामीले नै बाहिरबाट चोरीमा आएका नक्कली जुत्तासँग प्रतिस्पर्धा गर्नु परिरहेको छ। यसले नेपाली जुत्तालाई ठूलो असर पारेको छ।
माओवादी द्वन्द्वले जुत्ताको बजार त बढ्यो, तर यसको छवि धूमलियो। माओवादीले बम बनाउने त्रासमा सरकारले काठमाडौँ बाहिर प्रेसरकुकर बेच्न प्रतिबन्ध लगाएजस्तै लडाकूहरूले बढी प्रयोग गरेकै कारण गोल्डस्टार जुत्तामाथि 'माओवादी जुत्ता' को ट्याग लाग्यो।
सुरक्षाकर्मीहरूले गोल्डस्टार जुत्ता बिक्रीमा कडिकडाउ गर्न थाले। यसले जुत्ताको व्यापार खस्किँदै गयो र कम्पनी झन्डै झन्डै बन्द हुने स्थितिमा पुग्यो। त्यति बेला गोल्डस्टार जुत्ताको व्यापार नूर प्रतापतका छोरा अमिर प्रतापले हेरिरहेका थिए।
मेरा श्रीमानले मन्त्रीदेखि सेना र प्रहरीका हाकिमहरूलाई भेटेर यो माओवादीको जुत्ता होइन, उनीहरूले सस्तो र बलियो भएकाले मात्र प्रयोग गरेका हुन् भन्दै सम्झाउनुहुन्थ्यो, सरकारी निषेधबीच नेपाली बजारमा टिक्न मुश्किल भएपछि अमिर प्रतापले भारत निर्यात गर्ने विकल्प खोजे। दुई सय माओवादीले लगाए भनेर सरकारले दुई लाख जनसंख्या भएका जिल्लामा समेत गोल्डस्टार जुत्ता बेच्न रोक लगायो।
त्यसपछि सस्तो र टिकाउ भएकै कारण गोल्डस्टारले भारतको बिहार र उत्तरप्रदेशमा समेत राम्रो बजार लियो। गोल्डस्टारको ८० प्रतिशत उत्पादन भारत निर्यात हुन थाल्यो। र २० प्रतिशत मात्रै नेपालमा बिक्री भएकाे थियाे।
गोल्डस्टारलाई अन्तर्राष्ट्रियकरण कसरी गर्नु भयाे ?
-अन्तर्राष्ट्रियकरण गरेको धेरै भएको छैन। म आएपछि नै हो। गोल्डस्टार भनेको नेपाली जुत्ता हो भनेर एक किसिमको प्राइट नेपालीहरूलाई तर नेपाली युवाहरुलाई सोध्दा जो पनि अस्ट्रेलिया,अमेरिकाहरूमा जाँदा के लग्ने भन्दा त कसैले एक कार्टुन वाइवाइ र गोल्डस्टार जुत्ता लग्ने भन्दा हामीले किन पछि पर्ने वाइवाइले त विदेशमा राम्रै व्यापार गरिरहेको छ भने हामीले किन गर्न नसक्ने भनेर विदेशमा समेत हामीले गोल्डस्टार बेच्न थाल्यौँ।
एक किसिमको जुत्ता भन्दा नि फरक फरक किसिमको जुत्ता बनाउने भन्ने सोच आयो अनि पुरै नयाँ डिजाइनका साथ चेन्ज गरेका हौँ।
तर निकै गाह्रो भयो। किनभने अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नको लागी एकदमै कम्पिटेटिभ हुनुपर्याे। कम्पिटेटिभ हुनको लागी हाम्रो देशको पोलिसीहरू, इन्ट्रोसेटहरूले गर्दा हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिरहेका छैनौँ।
गोल्डस्टारले सधैं यही ‘रेन्ज’ का जुत्ता बिक्री गर्ने कि विदेशी ब्रान्डेड जुत्तासँग प्रतिस्पर्धा गर्न सक्ने ‘प्रिमियम’ जुत्ता पनि बनाउने ?
-यो हाम्रा लागि चुनौतीको विषय हो। महंगो विदेशी जुत्ताभन्दा गोल्डस्टार तीन गुणाभन्दा बढी गुणस्तरिय छ । तर गोल्डस्टार मध्यम खालको आम नेपालीले किन्न सक्ने जुत्ताका रूपमा परिचित छ। उत्पादन गर्न त हामी प्रिमियम क्लासको जुत्ता बनाउन पनि सक्षम छौं। तर बजारले कसरी लिन्छ ? हामी नयाँनयाँ भेराइटीका जुत्ता बनाइरहेका छौं। हेरौं, आवश्यकताअनुसार प्रिमियम क्लासको जुत्ता बनाउन सक्छौं।
प्रतिस्पर्धा भनेको एकदमै फेयर हुनुपर्छ। राम्रो जुत्ता हामी नेपालमै बनाउन सक्छौँ किनभने हामीसँग मेसिन छ, टेक्नोलोजी छ, स्किलस् छ । ४० बर्षदेखिको अनुभव छ। बजारमा प्रतिस्पर्धा गर्न नसकेको मुख्य कारण चाँही जुन विदेशबाट आइरहेको जुत्ताहरू ७० प्रतिशत इन्डियाको बोर्डरबाट र ३० प्रतिशत चाइनाको बोर्डरबाट आइरहेको हुन्छ, यो चाँही ट्याक्स र भ्याट नतिरेर आएका जुत्ताहरू भए। तर हामी चाहीँ यत्रो गभर्मेन्टलाई ट्याक्स र भ्याट तिर्ने इलेक्ट्रोसिटी बिल तिर्नुपर्ने त्यही भएर छली पैठारीबाट आएको जुत्तासँग प्रतिस्पर्धा गर्न निकै गाह्रो छ।
गोल्डस्टार जुत्ता मुलुकको कुन भागमा बढी माग छ ?
-सबैभन्दा बढी बिक्री काठमाडौँ उपत्यकामा भइरहेको छ। त्यसका साथै अन्य ठूला सहरमा पनि राम्रो माग छ। समग्रमा देशभर बिक्री भइरहेको छ।
सरकारी नीति नियमभित्र रहेर, तोकिएको कर तिरेर, आफ्नै नागरिकलाई रोजगारी दिएर जुत्ता उत्पादन गर्ने हामी, अनि हामीले नै बाहिरबाट चोरीमा आएका नक्कली जुत्तासँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ। यसले नेपाली जुत्तालाई ठूलो असर पारेको छ।
महँगो विदेशी जुत्ताभन्दा गोल्डस्टार तीन गुणा भन्दा बढी गुणस्तरिय छ। तर गोल्डस्टार मध्यमखालको आम नेपालीले किन्न सक्ने जुत्ताका रूपमा परिचित छ।
ठाउँअनुसार फरक फरक डिजाइनको जुत्ताको माग भइरहेको हुन्छ। माग बढेकै कारण हामीले फ्रेन्चाइज पनि दिन थालेका छौं। अनलाइनमार्फत पनि बिक्री गरिरहेका छौं।
नेपाली जुत्ता उत्पादक कम्पनीले कस्ता समस्या भोगिरहेका छन् ?
-सरकारी नीति नियमभित्र रहेर, तोकिएको कर तिरेर, आफ्नै नागरिकलाई रोजगारी दिएर जुत्ता उत्पादन गर्ने हामी अनि हामीले नै बाहिरबाट चोरीमा आएका नक्कली जुत्तासँग प्रतिस्पर्धा गर्नु परिरहेको छ। यसले नेपाली जुत्तालाई ठूलो असर पारेको छ। जबसम्म सरकारले आफ्नो उत्पादनलाई सुरक्षा दिने नीति राख्दैन, चोरी भएर आउने सामग्रीमा प्रतिबन्ध लगाउँदैन । हामीले यस्तो समस्या भोगिरहनुपर्छ। उस्तै खालको डिजाइन कपी गरेर नक्कली जुत्ता उत्पादन गर्ने चलन पनि धेरै छ।
तपाईंको विचारमा स्वदेशी उत्पादनलाई अझ गुणस्तर र प्रतिस्पर्धी बनाउन के गर्नुपर्ला ?
सरकारबाट सहयोग चाहियो, त्यहाँबाट सहयोग भयो भने अझ राम्रो डिजाइनमा उत्पादन गर्न सकिन्छ। अझ सस्तो मूल्यमा बजारमा दिन सक्छौँ । हाम्रो उद्योगमा म्यानपावर पनि त्यति छैन त्यसकारण उच्च स्तरको डिजाइनहरु ल्याउन गाह्रो हुन्छ।
माओवादीले बम बनाउने त्रासमा सरकारले काठमाडौँबाहिर प्रेसरकुकर बेच्न प्रतिबन्ध लगाएजस्तै लडाकूहरूले बढी प्रयोग गरेकै कारण गोल्डस्टार जुत्तामाथि 'माओवादी जुत्ता' को ट्याग लाग्यो।
अहिले कसरी छ जुत्ता/चप्पलको मूल्य ?
-हामी कहाँ धेरै प्रकारका जुत्ता छन्। प्रत्येक दिन प्रत्येक हप्ता ७-८ वटा डिजाइन बजारमा पठाउँछौँ। जुन बजारमा स्वीकार हुन्छ त्यसलाई पुनः निकाल्छौँ। मूल्य अब ब्रान्ड अनुसार फरक फरक हुन्छ। नर्मली हाम्रो ५ सयदेखि लिएर ४ हजारसम्मको जुत्ताहरू छन् । गोल्ड स्टारले अहिले पनि सस्तो दरमा गुणस्तर जुत्ता नै दिने हो ।
हात्तीछाप चप्पलपछि गोल्डस्टार स्थापित भयाे अनि बीचमा अर्काे ब्रान्ड उत्पादन गर्नुभयो । त्यो खासै चल्न सकेन त्यो समय कसरी धान्नुभयो ?
-मेरो ससुरा बुवा धेरै दुःख गरेर पाल्पाबाट लखेटिएको राणा हुनुहुन्छ। त्यो समय शमशेर राणाहरूले देख्ने बितिक्कै मार्दिनु भन्ने सन्देश थियो रे अनि त्यही भएर मेरो ससुरा बुवाको कथा एकदमै मार्मिक छ।
लुकीलुकी पढेर १६ बर्षमा नै केही गर्नुपर्छ भनेर उहाँ पाल्पाबाट भैरहवा आएर बस सेवा सुरू गर्नुभयाे। त्यसपछि धेरै दुःख गरेर ५० बर्ष अगाडि पार्टनरहरू खोजेर थाइल्यान्डबाट टेक्नोलाेजीहरू लिएर हेटौंडामा पहिलो फ्याक्ट्री खोलिएको हो। तर त्यो समय पनि धेरै नै दुःख भएको उहाँ बताउनुहुन्छ। किनभने नेपालमा चप्पल बनाउने कुनै इन्डष्ट्री थिएन। हामी नै पहिलो थियाैँ। त्यसमाथि सबैले ट्रेन्ड गरेर चलाउनको लागी १-२ बर्ष नै लाग्यो।
गोल्डस्टारमा अब नयाँ के पाउन सकिन्छ ?
-गोल्डस्टार चाँही मेरो र मेरो परिवारको निकै राम्रो ब्रान्ड हो। यती वर्षसम्म मन पराइ दिएको हुँदा निकै खुशीसमेत लाग्छ। अब मेरो प्लान गोल्डस्टार संसारभरी पुर्याउनु छ। र अर्काे चाँही जुत्ता मात्रै होइन, स्पाेर्टसको अरू कुराहरू पनि बजारमा ल्याउनुछ। यहाँ कस्तो भयो भने सबै चोरी/पैठारीबाट लिएर प्रयोग भइरहेको छ अब चाँही हामी फुटबल खेल्ने जुत्ता, बास्केटबल खेल्ने जुत्ताहरू लिएर मार्केटमा जान मन छ।
केन्द्रविन्दु टिभीप्रकाशित: ५ मंसिर २०८० १०:०० मंगलबार