नेपालमा किन बढ्यो प्रदूषण, के भन्छन् मौसम विज्ञ ?, यस्ता छन् बच्ने उपाय (भिडियोसहित)

नेपालमा किन बढ्यो प्रदूषण, के भन्छन् मौसम विज्ञ ?, यस्ता छन् बच्ने उपाय (भिडियोसहित)


काठमाडौंं उपत्यकासहित मूलकभरको आकाशमा गत शुक्रबार एक्कासी तुवाँलोले ढाक्यो। त्यसदिन यता नेपालको मौसममा सुधार आउन सकेको छैन भने उपत्यकासहित विभिन्न स्थानको प्रदुषणको लेभल उच्च लेभलमा पुगेको छ।

पछिल्लो एकहप्ताभरि घाम देख्न सकिएको छैन भने हावा पनि चल्न सकेको छैन। यस्तो प्रतिकुल मौसममा घरबाहिर निस्कँदा अधिकांशले आँखा पोल्ने, एलर्जी हुने, श्वासप्रश्वास प्रक्रियामा असहजता भोग्नु परिरहेको छ।

लामो समयको खडेरीले हावा सुख्खा हुनु, स्थानिय स्तरमै प्रदुषणको मात्रा बढ्नु, सुख्खा मौसममा बनजंगलमा ह्वात्तै आगलागी बढ्नु तथा पश्चिमी न्यून चापिय वायुले पानी पार्ने वादल लिएर आउनु पर्नेमा धुलो र धुवाँ लिएर आउँदा मौसम निकै प्रतिकुल हुन पुगेको बताउँछन् जल तथा मौसम विज्ञ ङमिन्द्र दाहाल।

यद्यपी, बुधबार साँझ उपत्यकासहितका विभिन्न स्थानमा वर्षा हुँदा अब भने मौसममा सुधारको आशा गर्न सकिने बताउँछन् मौसम विज्ञ दाहाल । चैत वैशाख प्रि–मनसुनको समय भएकाले धेरै पानी पर्न नसकेपनि प्रदूषण कम गर्न सक्नेगरि वर्षा हुनुपर्नेमा त्यो हुन नसकेको र अबका दिनमा भने विस्तारै मौसम प्रतिकुल हुने बताउँछन् उनी ।

सन् २००९ यताकै धेरै वन क्षेत्रमा डढेलो लागेको विभिन्न तथ्यांकले देखाएको छ भने, नेपालले लामो समयदेखि सुख्खा खडेरीको सामना गरिरहेको छ । अर्कातर्फ स्थानिय स्तरमा बढेको प्रदूषणले पनि जनस्वास्थमा ठूलो प्रतिकुलता बढाइरहेको छ। यसरी प्रदुषणको मात्रा उच्च हुँदा बृद्ध तथा बालबालिकाको स्वास्थ्यमा ठूलो असर पुग्ने बताउँछन् छात्ती तथा श्वासप्रश्वास रोग विशेषज्ञा डा. रवि महत।

राजधानीमा देखिएको यस्तो प्रदूषणले जनस्वास्थ्यमा अल्पकालिन तथा दीर्घकालिन असर पुर्याइरहेको हुन्छ। अल्पकालमा आँखा पोल्ने, नाक पोल्ने, छालामा विभिन्न एलर्जी आउने, फोक्सोमा समस्या आउने तथा फोक्सोको क्यान्सरसमेत गराउने खतरा हन्छ। अर्कातर्फ दीर्घकालमा उच्च रक्तचाप, हृदयघात, मस्तिष्कघात, डिमेन्सिया आदी हुनसक्ने बताउछँन् डा. महत।

तथ्यांक अनुसार विश्वमा वार्षिक ७० लाख मानिस प्रदूषणका कारण मर्ने गरेको तथ्यांक छ। जुन तथ्यांकको प्रभावबाट नेपाल पनि अछुतो छैन । त्यसैले नेपालमा पनि वार्षिक करिव ५ हजार मानिस  प्रदूषणका कारण मर्ने गरेका छन् ।

वायुमण्डलमा पार्टिकुलेट म्यटर (पिएम)को मात्रा सामान्यतया २.५ हुँदा सामान्य मानिन्छ । तर, यो संख्या पिएम ५, पिएम १० हुँदै बढ्दै जाँदा यसले भयावह स्थिति सृजना गरिरहेको हुन्छ। यही भयावह अवस्था हामीले पछिल्लो समय नेपालमा भोगिरहेका छौं। त्यसैले अब, सरकारी तहबाटै जल, जमिन जंगलसहित वातावरणीय प्रभावलाई मध्यनजर गरेरमात्र सरकारले विकास निर्माणमा ध्यान दिनुपर्ने धारणा राख्छन् मौसम विज्ञ दाहाल।

यता, प्रदूषणले घातक रोग निम्त्याउन सक्ने भन्दै सरोकार वाला निकायसहित व्यक्तिगत हिसाबमा पनि मानिसहरूले सजगता अपनाउनु पर्ने सुझाव दिन्छन् डा. महत । विशेष गरेर घरमै बस्ने, मर्निङवाकमा ननिस्कने, काम परेमात्र भिडभाडमा जाने, सार्वजनिक यातायातको प्रयोग गर्ने तथा, बाहिर निस्कनै परे एन-९५ मास्कको प्रयोग गर्ने गर्दा केहीहदसम्म सुरक्षित हुन सकिने डा. महतको भनाइ छ।

आज हामीले कार्यक्रम ‘नमस्ते डाक्टर’मा यही वायु प्रदूषण र यसले जनस्वास्थ्यमा परेको असर र यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे छात्ती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. रवि महतसँगको गरिएकाे विशेष कुराकानी :

भिडियो

 

Logo