ओली र नेपाल दुवै समूहबाट गल्ती भएको छ, अब आत्मालोचना गरेर अघि बढ्नु पर्छ : योगेश भट्टराई

ओली र नेपाल दुवै समूहबाट गल्ती भएको छ, अब आत्मालोचना गरेर अघि बढ्नु पर्छ : योगेश भट्टराई


पछिल्लो समय नेकपा (एमाले) को आन्तरिक कलहले नेपाली राजनीतिले नै फरक मोड लिएको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपामा फुटको अवस्था आयो । 

प्रचण्ड र माधव नेपालपक्ष एकातिर लागे भने ओली पक्ष अर्कातिर । प्रतिनिधिसभा पुनर्स्थापितको माग राखेर दैनिकजसो सडक संघर्षमा निस्किए दलहरु । अन्ततः फागुन ११ गते सर्वोच्च अदालतले संसद् पुनर्स्थापित गरिदियो । यहाँसम्म आउँदा पनि नेकपा औपचारिकरुपमा फुटेन तर आरोप प्रत्यारोप र दोषारोपणको राजनीति झन उच्च अवस्थामा पुग्यो । 

अझ नेकपाभित्र तहस नहस त त्यतिबेला भयो जतिबेला फागुन २३ गते सर्वोच्चले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता नै अवैधानिक भन्दै फैसला गर्यो । अर्थात भनौं, उनीहरु पूर्ववत अवस्थामै फर्किए । अहिले एमाले अध्यक्ष केपी ओलीले नेपाल समूहका असन्तुष्ट नेताहरुलाई स्पष्टिकरण माग्दै निलम्बनसम्म गरेका छन् । फागुन २८ गते नेपाल समूहका नेताहरुलाई दिइएको जिम्मेवारी पनि खोसियो । यससँगै एमालेको राजनीति अहिले पनि फरक मोडमै छ । भाँडभैलोमै छ । 

यहि सन्दर्भलाई लिएर यसपटक हामीले नेपाल समूहका भनेर चिनिएका युवा नेता योगेश भट्टराईसँग वर्तमान एमालेको राजनीतिमा केन्द्रीत रहेर कुराकानी गरेका छौं । अब के होला त ? हेरौं उनीसँग केन्द्रबिन्दुकर्मी मनोज न्यौपानेले गरेको कुराकानी ।

 

Logo