विराटनगरवासीलाई कोभिडबाट जोगाउन हरसम्भव काम गरेका छौंः मेयर पराजुली

विराटनगरवासीलाई कोभिडबाट जोगाउन हरसम्भव काम गरेका छौंः मेयर पराजुली


कोरोना महामारीको दोस्रो लहर कडा बन्दै गएको अवस्थामा नेपालमा पनि नयाँ भेरियन्ट रहेको पुष्टि भएको छ। देशव्यापी भएकोे दोस्रो लहर नियन्त्रणमा जनतासँग सबैभन्दा नजिक रहेको स्थानीय सरकारको विशेष भूमिका रहने देखिन्छ। 

यसै सन्दर्भमा विराटनगरमा कोरोना महामारीको अवस्था, नियन्त्रण प्रयास, चुनौती र भावी योजनाबारे केन्द्रविन्दुकर्मी कुशल बस्नेतले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसँग गरेको कुराकानीको सम्पादित अंशः  

कोरोना महामारीको अवस्था कस्तो छ विराटनगरमा? 

स्थिति गम्भीर नै छ। मंगलबार बेलुकासम्म जम्मा संक्रमितको संख्या ५ हजार १ सय ३ तथा निको हुनेका संख्या ४ सय ९६ रहेको छ। साथै मृत्यु हुनेको संख्या ५४ रहेको छ। भारतको सीमासँग जोडिएको हुनाले विराटनगरलाई कोरोनाले दुःख दिएको छ। प्रतिकूल परिस्थितिका बाबजुद पनि हाम्रो नियन्त्रण प्रयास जारी छ।

महामारी नियन्त्रणमा महानगरले के–कस्ता प्रयास गरेको छ ?

पहिलो कुरा त कन्ट्याक्ट ट्रेसिङ हामीले अहिले पनि छाडेका छैनौँ। वडास्तरमा संक्रमण हेरेर कन्ट्याक्ट ट्रेसिङ अहिले पनि हुँदैछ। विराटनगरभरि तीन स्वाब संकलन केन्द्र स्थापना गरिएको छ। त्यसबाहेक मोबाइल भ्यानमार्फत पनि स्वाब संकलन भइरहेको छ जसको प्राथमिक उद्देश्य बालबालिका, अपांग र ज्येष्ठ नागरिकको स्वाब संकलन गर्नु हो।

हामीले पिसिआर परीक्षणको नतिजा एसएमएसमार्फत् जानकारी गराउँदै आएका छौँ। त्यसका साथै ३० जना डाक्टर होम काउन्सिलिङमा खटिनुभएको छ। हामीले उहाँहरूको नम्बर सार्वजनिक गरेका छौँ। नगरवासीलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भए उहाँहरूसँग परामर्श लिन सक्छन्। 

हामीले प्लाज्मा बैँकको पनि स्थापना गरेका छौँ, जसमा एन्टिबडी दान सक्रिय रूपमा भइरहेको छ। साथै तीन एम्बुलेन्स कोभिड बिरामीका लागि निःशुल्क उपलब्ध गराइएको छ। एउटा एम्बुलेन्स गर्भवती महिलाका लागि छुट्याइएको छ। बिरामीका लागि मेरो गाडी पनि उपलब्ध गराएको छु। महानगरमा ‘डिस्इन्फेक्सन’ को काम पनि चलिरहेको छ।

अघिल्लो लहरमा हाम्रो प्रयास निकै नै सफल भएको थियो। हामीले करिब ३० हजार जनालाई राहत बाँड्यौँ। कोसी अस्पतालमा पिसिआर ल्याब बनाएर प्रदेश सरकारलाई बुझायौँ। 

अस्पतालमा आवश्यक अक्सिजन त हामीले उपलब्ध गराउँदै आएका छौँ। साथै आवश्यकता भएको अवस्थामा घरघरमै अक्सिजन उपलब्ध गराउँदै आएका छौँ।

विराटनगर अस्पताल, नोबेल अस्पताल र न्युरो अस्पताललाई कोभिड अस्पतालका रूपमा अघि बढाइएको छ। बेड संख्याबारे पनि हामी सजग छौँ। समन्वय गरेर बेड क्षमता बढाउँदै आएका छौँ। त्यसका अलावा हामीले दिनको तीनपटक बेड संख्याबारे सूचना महानगरपालिकाको वेबसाइट र फेसबुक पेजमार्फत् सम्प्रेषण गर्दैछौँ। 

कोभिडका बिरामीको सेवामा खटिएका स्वास्थ्यकर्मीका लागि समेत हामीले आइसोलेसनको व्यवस्था गरेका छौँ। उनीहरूको बीमासमेत हामीले गराएका छौँ। यावत प्रयासका बाबजुद पनि चुनौति अझै पनि छन्।     

नियन्त्रण प्रयासका बाबजुद पनि चुनौती छन् भन्नुभयो। कस्ता चुनौती छन् त?

विराटनगर भारतको सीमासँग जोडिएका हुनाले हामीले सीमानजिकै रानीमा हेल्प डेस्क राख्नुका साथै एन्टिजेन टेस्टसमेत गर्दै आएका छौँ। यद्यपि, त्यतिले मात्र पुग्ने देखिँदैन। 

महानगरपालिकाको कार्यक्षेत्रको पनि सीमितता छ। हामीले सीमाको हकमा काम गर्न मिल्दैन। लुकिछिपी पनि सीमा पार गरेर मानिस आइपुग्छन्। त्यसमा संघीय सरकार जागरुक हुनुपर्ने देखिन्छ। 

सीमामा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी तीन तहको सुरक्षा व्यवस्था मिलाउनुपर्ने देखिन्छ। भारतसँगको नाकामा कडाइ नगरी महानगरको प्रयासले मात्र महामारी नियन्त्रण हुने देखिँदैन। 

अर्कोतर्फ खोपको पनि समस्या छ। संघ र प्रदेश सरकारबाट यसमा सहयोग हुनेछ भन्ने आशा छ। 
बेडको व्यवस्थापनमा निकै कठिनाइ हुने गरेको छ। यसका लागि संघीय सरकारले स्वास्थ्य संकटकाल लगाएर सय बेड माथिका सबै अस्पताललाई कोभिड अस्पताल बनाइदिए हुन्थ्यो। निषेधाज्ञालाई अझ कडाइसाथ अघि बढाउनुपर्ने आवश्यकता पनि छ।   

अघिल्लो लहरमा कसरी काम गर्नुभएको थियो?

अघिल्लो लहरमा हाम्रो प्रयास निकै नै सफल भएको थियो। हामीले करिब ३० हजार जनालाई राहत बाँड्यौँ। कोसी अस्पतालमा पिसिआर ल्याब बनाएर प्रदेश सरकारलाई बुझायौँ। 

पहिलो लहरको सक्रियताले अहिले पनि सहयोग त गरिरहेकै छ। तर, पहिलो लहरभन्दा जटिल छ अहिलेको लहर।

निजी क्षेत्रसँगको सहकार्यमा बिराटनगरस्थित नेसनल ट्रेडिङमा १०३ बेडको अस्पताल खडा गरेर प्रदेश सरकारलाई बुझायौँ, जसमा हिजो मात्र ८० बेड थप गरिएको छ। 

यसबाहेक पिसिआर परीक्षण, आइसोलेसन व्यवस्थापन र कन्ट्याक्ट ट्रेसिङ लगायतमा सक्रिय भएर लागेका थियौँ। जीवनराम श्रेष्ठको अध्यक्षतामा आएको संसदीय टोलीबाट पनि हाम्रो अघिल्लो प्रयासमाथि राम्रो प्रतिक्रिया आएको थियो। 

पहिलो लहरको सक्रियताले अहिले पनि सहयोग त गरिरहेकै छ। तर, पहिलो लहरभन्दा जटिल छ अहिलेको लहर। यसमा छुट्टै तहको मेहेनत लाग्ने देखिन्छ। हामीले हाम्रा लागि तोकिएकोभन्दा बढी नै जागरुक भएर काम गरिरहेका छौँ। हाम्रा प्रयासमा प्रदेश र संघले हात बढाइदिए हामी यस महामारी नियन्त्रणमा सफल हुन्छौँ भन्ने लागेको छ। 

महानगरमा कोभिड–१९ नियन्त्रण सम्बन्धी भावी योजना के कस्ता छन् ?

अहिले हाम्रो मुख्य प्राथमिकता अक्सिजनको उपलब्धि र खोप कार्यक्रम हुन्। अक्सिजन हामीले व्यवस्था गर्दै आएका छौँ। यद्यपि, अहिलेको स्थिति हेर्दा अक्सिजन आपूर्तिको क्षमता बढाउँदै जानुपर्ने देखिन्छ। 

खोप हाम्रो नियन्त्रणमा भएको विषय होइन। हामी खोपको उपलब्धताका लागि पहल गरिरहेका छौँ। यस लहरमा हाम्रा धेरै मानिसले ज्यान गुमाइसके। क्षमतावान युवा पनि हामीले गुमाउनुपर्यो। सकेसम्म बढीलाई खोप दिने हाम्रो प्रयास रहनेछ।

त्यसबाहेक बेड क्षमता बढाउने पनि हाम्रो योजनामा अझै छ। बेड क्षमता बढाउँदै आएको भए पनि अप्ठेरोभन्दा अप्ठेरो स्थितिका लागि हामी तयार हुन चाहन्छौँ। 

Logo