प्रतिनिधिसभा पुनःस्थापना भए पनि ओली नै प्रधानमन्त्रीः राजेन्द्र गौतम (एमाले नेता)

प्रतिनिधिसभा पुनःस्थापना भए पनि ओली नै प्रधानमन्त्रीः राजेन्द्र गौतम (एमाले नेता)


नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य राजेन्द्र गौतमले प्रतिनिधिसभा पुनःस्थापना भए पनि केपी शर्मा ओली नै प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

केन्द्रबिन्दुसँग उनले दिएको अन्तर्वार्तामा यसपटकको प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीले नभएर संविधानले नै अन्य विकल्प नदिएका कारण भएको बताउँदै मध्यावधि निर्वाचनमा जानु नै सबैभन्दा राम्रो विकल्प रहेको तर कथमकदाचित प्रतिनिधिसभा पुनःस्थापित भए ओलीलाई नै प्रधानमन्त्री बनाउने बाहेक अन्य विकल्प सर्वोच्चसँग नरहेको उनको तर्क छ।

यदि सर्वोच्चले ओलीले गर्नुभएको मार्ग प्रशस्तलाई संविधानसंवत देखेन भने धारा ४ टेक्न लगाउने विकल्प रहेको तर यसबाहेक अन्य विकल्पमा जाँदा मुलुकले निकास नपाउने बताए।

गौतमले सर्वोच्चसँग तीनवटा बाटो रहेको तर, ती तीनवटा बाटोहरु मध्ये माथि उल्लेखित मात्र उत्तम बाटो रहेको बताए।

अन्य दुई विकल्प, जसमा १४६ सांसदको हस्ताक्षरलाई आधार मानेर सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाए त्यसले झन अस्थिरता आउने बताए। उनले नेपालको संविधानले धारा ७६ को उपधारा ५ मा सांसदलाई निर्दलीय बन्ने छुट नदिएको हुँदा त्यो विकल्पमा सर्वोच्च गए बहुदलिय व्यवस्थाको धज्जि उड्ने बताए।

अर्को कथित विपक्षी गठबन्धनले चुनाव पनि बहिस्कार गर्ने, चुनाव हुन नदिने वातावरण बनाउने र प्रधानमन्त्रीको सिफारिसलाई जारी राखेर मुलुकलाई झन अस्थिरतातर्फ धकेल्ने र विकल्पको रुपमा खिलराज रेग्मी जन्माउने दिशामा नेतृत्व गए यसले पनि मुलुकमा द्वन्द्व निम्त्याउने बताए।

अहिले सर्वोच्च अदालतमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गएको जेठ ८ गते भंग गरिएको प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमाथि बहस भैरहेको छ। 

नेता गौतमसँग केन्द्रबिन्दुका लागि विकास आचार्यले गरेको कुराकानी यो भिडियोमा: 

 

Skip This
Logo