जतिसुकै क्रान्तिकारी कुरा गरे पनि कांग्रेसमा युवालाई पत्याउँदैनन्ः रामहरि खतिवडा (केन्द्रीय सदस्य)

जतिसुकै क्रान्तिकारी कुरा गरे पनि कांग्रेसमा युवालाई पत्याउँदैनन्ः रामहरि खतिवडा (केन्द्रीय सदस्य)


नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले महाधिवेशनमा अहिले नै युवालाई सभापतिमा नपत्याउने बताएका छन्। युवाहरु जुझारु भएपनि नेतृत्व लिन अहिले नै मैदानमा उत्रिए कांग्रेसले नपत्याउने दाबी उनले  गरे।

खतिवडाले यसअघि १३ औं महाधिवेशनमा गगनकुमार थापा युवाकै हैसियतमा मैदान उत्रिदा पाँच सय भोट पनि नपाएको भन्दै अहिले नै युवाले नेतृत्व लिन मैदान पस्ने अबस्था नरहेको बताए। तर, युवाले अवसर पाए कांग्रेसलाई पहिलो पार्टी बनाउन सक्ने दाबी गरे।

अहिले कांग्रेसमा १४ औं महाधिवेशनको चटारो छ। सभापति शेरवहादुर देउवादेखि रामचन्द्र पौडेल, नेता त्रयपुत्र शशांक कोइराला, बिमलेन्द्र निधी र प्रकाशमान सिंह पनि सभापतिको दौडमा लविङ गरिरहेका छन्।

युवा नेता खतिवडाले यसपटकको महाअधिवेशनमा बोलेको बोलि नबुझिने, पत्रपत्रिका पढ्न नसन्ने, अरुले लेखिदिएको भाषण पढ्नेहरुले सभापतित्व गर्न नसक्ने भन्दै योग्य र कांग्रेसलाई पथमा हिँडाउनेले जित्नु पर्ने बताए।

यसपटक कांग्रेसको महाधिवेशन विधानमा उल्लेख भए भन्दा ढिलो मात्र नभएर संबिधानमा नै उल्लेख भएभन्दा ढिलो गरेर महाअधिवेशन हुन लागेको छ। कांग्रेस विधानमा प्रत्येक चार वर्ष र संविधानमा प्रत्येक पाँच वर्षमा राजनीतिक दलको अधिवेशन सक्नै पर्ने संवैधानिक व्यवस्था छ।

कांग्रेसको महाधिवेशन १२ साउनबाट गाउँ अधिवेशन सुरु हुँदै पार्टीको केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ सम्म हुनेछ।

 

Logo