०५४ सालमा नीतिगत कारणले एमाले फुटेको थियो, यसपालि सत्ताको लोभले फुट्योः सीपी मैनाली

०५४ सालमा नीतिगत कारणले एमाले फुटेको थियो, यसपालि सत्ताको लोभले फुट्योः सीपी मैनाली


पछिल्लो समय नेकपा एमाले आधिकारिक रूपमा फुटेपछि त्यसको बाछिटा केन्द्रमा मात्र नभएर प्रदेश र स्थानीय तहमा पनि देखिन थालेको छ। माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले स्थानीय र प्रदेश तहसम्म संगठन विस्तार सुरु गरिसकेको छ। 

त्यसो त यसअघि पनि एमाले दुईपटक विभाजित भइसकेको छ। एमालेबाटै फुटेको नेकपा (माले) को नेतृत्व अहिले पनि सीपी मैनालीले गरेका छन्। २०५४ सालअघिसम्म मैनाली एमालेका प्रभावशाली नेता थिए। एमालेबाट फुटेको अशोक राईको समूह भने उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा मिसिएको छ।

पार्टी फुटले एमालेलाई पर्ने असर, माले र एकीकृत समाजवादीबीच एकीकरणको सम्भावना, एमाले फुटको चुरो कारणलगायत विषयमा केन्द्रबिन्दुकर्मी विकास आचार्यले माले महासचिव मैनालीसँग गरेको कुराकानीको सम्पादित अंशः 

नेकपा एमाले फुटको प्रमुख कारण के देख्नुहुन्छ ? 

पहिलो कुरा र एमाले फुट्नु दुःखद कुरा हो। राम्रो अवश्य होइन। ९ भदौमा एमाले औपचारिक रूपमा विभाजित हुनु अस्वभाविक भने होइन। एमालेका दुवै पक्षका नेताहरूको अवगुण र दोष यसका महत्वपूर्ण कारण हुन्। मात्रामा भिन्न–भिन्न भए पनि दुवैका दोष र अवगुण यसका कारण हुन् तर, निर्णायक कारण भने होइनन्।

निर्णायक कारण भनेको त्यो पार्टीमा लामो समयदेखि रहेको अराजनीतिक सोच र गुटबन्दी हो। अर्को, माक्सवादबाट स्खलित भई पुँजीवादी प्रजातन्त्रवादी सिद्धान्तलाई मार्गदर्शक बनाउने विचलन र राजनीतिक संस्कृतिको स्खलन पनि हो। 

राजनीतिलाई समाज परिर्वतन, जनसेवा र राष्ट्रसेवाको सट्टा व्यक्तिगत स्वार्थ, सत्तालाभ, फाइदा र सुविधामा उपयोग गरिएको छ। पुँजीपति गुटहरूमा जसरी त्यस पार्टीमा निषेधको नीति हाबी हुनु र अन्त्यमा उनीहरूको बीचमा हस्तक्षेपकारी बाह्यशक्तिको चलखेल रहनु मूलतः यिनै कारणले एमाले विभाजन भयो। 

२०५४ सालमा तपाईलगायत नेताहरूले पनि एमाले फुटाउनुभयो, तपाईंहरूले फुटाउँदा सही अनि अरुले फुटाउँदा चाहिँ दुःखद किन?

होइन, २०५४ सालको एमाले फुट फरक हो। २०५४ सालमा स्पष्ट नीतिगत कुरा थियो, जस्तो कि महाकाली सन्धि र अर्को गुटबन्दी राख्ने कि नराख्ने भन्ने हो। अरु पनि सानातिना कुरा रहेका भए पनि मूलतः यी दुई कुरामा झगडा थियो, विवाद थियो। फरक–फरक दस्तावेज प्रस्तुत भएका थिए।

त्यसबेला चाहिँ राजनीतिक कारणले पार्टी फुटेको हो। अन्य केही व्यक्तिगत र सत्ताका कुरा पनि रहे होलान् तर, मुख्य चाहिँ नीतिगत कुरा थियो। अहिले चाहिँ नीतिगत पक्ष देखिँदैन। अघि मैले भनेझैं दुवै पक्ष विकृतिहरूको पक्षमा सँगै छन्।

पहिलो कुरा र एमाले फुट्नु दुःखद कुरा हो। राम्रो अवश्य होइन। ९ भदौमा एमाले औपचारिक रूपमा विभाजित हुनु अस्वभाविक भने होइन। एमालेका दुवै पक्षका नेताहरूको अवगुण र दोष यसका महत्वपूर्ण कारण हुन्।

पार्टी सञ्चालनमा अराजनीतिक र गुटगत गतिविधि दुवैले अपनाएका हुन्। दुवैले जबज जस्तो पुँजीवादी सिद्धान्तलाई मार्गदर्शक सिद्धान्त बनाएका हुन्। दुवैले राजनीति, सत्ताप्राप्ति, सत्ताभोग र व्यक्तिगत लाभ फाइदाका लागि गरेका हुन्, नकि समाज परिर्वतन लागि।

दुवैले एक–अर्काप्रति निषेधको राजनीति गरे, एकले अर्कालाई पछार्ने, अगाडि बढ्न नदिने, एकले अर्कालाई उखेल्ने आदि काम गरे। नेकपा कालीन समयमा हेर्नुहोस् त, माधव–प्रचण्डले केपी ओलीलाई पटक–पटक पार्टीबाट निकाले, प्रधानमन्त्रीबाट निकाल्न जोडतोडले लागे, केपी ओलीले त्यस्तै निर्णय नगरे पनि माधव नेपाललाई उनले लालगद्दार, राष्ट्रघाती र अपराधी भने। 

उनले पार्टीबाट निकाल्ने मनसायभन्दा पनि ठाँउ–कुठाउँमा यस्तै अभिव्यक्ति दिए। दुवैमा निषेधवादी नीति रहेको छ। विदेशी शक्तिहरूले पनि यिनीहरूलाई फन्फनी घुमाइरहेका छन्। यी कारणले गर्दा चाहिँ पार्टी फुट्यो तर, २०५४ सालमा त्यस्तो भएको होइन। 

मुख्य कुरा के हो भने नेता र नेतृत्वले दृष्टकोणमा परिवर्तन ल्याउने, सिद्धान्त र राजनीतिमा कायम रहने, समय–समयमा आचरण परिमार्जन गर्ने आदि कार्य निरन्तर गरिरहनुपर्छ। तर, नेताहरू नै सिद्धान्त र राजनीतिबाट चुके भने अरु सबै भत्किँदै जान्छ। अहिले एमालेमा भएको पनि त्यही हो। उनीहरू समयसापेक्ष परिमार्जित हुन सकेनन्। त्यसैले बलियो सु–संगठित पार्टी फुट्यो। 

तर, एउटा अनिवार्य कुरा चाहिँ के हो भने बल प्रयोगबिना पुरानो समाजको गर्भबाट नयाँ समाजको जन्म चाहिँ हुँदैन।

जबजको बहुमतको सरकार अल्पमतको विपक्षबाट ढल्यो। यही पार्लियामेन्ट्री सिस्टमबाटै जनताको जनवादी सत्ता आउँछ भनेर ढुक्क हुनु माक्सवादको कखरा नबुझ्नु हो।

त्यसो हो भने जबज पनि पार्टी विभाजनको कारक हो?

अवश्य, त्यसैले गर्दा उनीहरूले जबज भन्ने सिद्धान्त ल्याए, त्यसैले उनीहरूलाई पुँजीपति बनायो।

यसले उनीहरूलाई सबै माक्सवादी सिद्धान्त, राजनीति, नीति, आचरण सारा कुरा छाड्न लगायो। जबजको एउटा प्रयोग के हो भने जबज भनेको मेरो पालामा पनि चुनावबाट श्रेष्ठता हाँसिल गर्ने, भोलि छोराका पालामा पनि र पछि नातिको पालामा पनि साम्यवादसम्म त्यसै गर्ने भनेपछि अब त्यसले दिशा दिन सक्ला त?

‘इथिक्स’का रूपमा दुवैको हार हो। अब यसपछि उनीहरू खुलेर पुँजीवादी, प्रजातान्त्रिक समाजवादी भएर जाने हुन् कि विगतमा भएका गल्तीलाई सच्याउँदै कम्युनिस्ट हुने बाटोमा फर्किने भन्ने निर्णय हुन बाँकी छ। जसले कमी–कमजोरी सच्याउँदै कम्युनिस्ट हुन खोज्छ, अब त्यसैले जित्छ।

अर्को जबजको मुख्य कुरा चुनावबाट सत्ता बदल्ने, सरकारमात्र होइन सत्ता बदल्ने भएपछि चुनाव त जित्नुपर्यो, चुनाव त पुँजीपति, गुन्डा, डनहरूले मात्र जित्ने भए। त्यसैले यो प्रणालीमाथि नै प्रश्न छैन र?

अहिले खरो कम्युनिस्ट भन्न रुचाउने ओली–माधव नै दलाल पुँजीवादी आचरणसँग मिल्न गएका छन्। कुरा चाहिँ यही हो।

पार्टी फुट्दा ओली वा माधव कसले हार्यो, कसले जित्यो?

होइन। कम्युनिस्टका रूपमा त दुवैले हारे। पहिले देखि नै यिनीहरूले कम्युनिस्ट चरित्र पनि सिध्याएकै थिए। अहिले फुटपछि त झन् उदांगो भयो। 

‘इथिक्स’का रूपमा दुवैको हार हो। अब यसपछि उनीहरू खुलेर पुँजीवादी, प्रजातान्त्रिक समाजवादी भएर जाने हुन् कि विगतमा भएका गल्तीलाई सच्याउँदै कम्युनिस्ट हुने बाटोमा फर्किने भन्ने निर्णय हुन बाँकी छ। जसले कमी–कमजोरी सच्याउँदै कम्युनिस्ट हुन खोज्छ, अब त्यसैले जित्छ।

तर, संख्याको हिसाबमा चाहिँ केपी ओली पक्ष हाबी देखिन्छ वा उसले जितेको जस्तो देखिन्छ, माधव नेपाल संख्यात्मक रूपमा कमजोर भएको देखिन्छ। तर, अब कसले हिजोको गल्ती–कमजोरी सच्याउँछ, भोलि उनै उदाउँछन्। 

अन्त्यमा, माधव नेपाल अब कम्युनिस्टहरूसँग एकता गर्ने भन्दै छन्, तपाईंको नेतृत्वको माले र माधव नेपालको पार्टीबीच एकीकरणको सम्भावना कति छ?

हामीसँग उनीहरूको झगडा भएदेखि कुनै बातचित छैन। उनीहरूले अहिलेसम्म कुरा गरेका छैनन्, हामीले पनि कुरा गरेका छैनौं।

तर, अब कुरा चल्यो भने त्यसतर्फको यात्राका लागि हामी कुरा गर्न सकरात्मक छौं। हामी चुनावमा घोषणापत्रका आधारमा तालमेल गर्न पनि तयार छौं। तर, पार्टी एकीकरणका कुरामा माक्सवादी कुरालाई हटाएर सहमति भयो भने त्यो गर्न हामी तयार छौं।

Logo