पात्र धेरै छुटे, अब पूर्वराजा ज्ञानेन्द्रसँग अन्तरंग संवाद गर्ने ठूलो चाहना छ: जगदीश खरेल (भिडियोसहित)

पात्र धेरै छुटे, अब पूर्वराजा ज्ञानेन्द्रसँग अन्तरंग संवाद गर्ने ठूलो चाहना छ: जगदीश खरेल (भिडियोसहित)


विगत दुई दशकयता पत्रकारिता क्षेत्रमा कार्यरत छन् पत्रकार जगदीश खरेल। दोलखामा जन्मिए हुर्किएका खरेलले पत्रकारितामा स्नातकोतर गरेका छन् भने यतिवेला अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिमा विद्यावारिधी गर्दैछन्। 

०५७ सालमा ईमेज एफएमबाट पत्रकारिता यात्रा तय गरेका खरेल आजसम्म पनि ईमेज परिवारसँगै छन्। अर्थात् एफ.एम.बाट उनी ईमेज टेलिभिजनमा गए तर आजसम्म संस्था परिवर्तनको महसुस गरेका छैनन्। भन्छन्, ‘यो मेरो काम गर्ने अफिसमात्र होइन घर हो। परिवार हो।’ 

दोलखाको सामान्य परिवारमा जन्मिएर ०५६ सालमा एसएलसी सकेर काठमाडौं आएका खरेलले जीवनमा सञ्चारकर्मको सपना देखेनन् न त परिवार वा समाजले नै अर्को बाटो रोज्न प्रेरणा दियो। निर्विकल्प उनले दुई दशक लामो पत्रकारिताको यात्रा तय गरिसकेका छन्। 

ईमेज टेलिभिजनबाटै प्रसारणमा आएका ‘टप अफ दि टाउन’, ‘हट सिट’ जस्ता कार्यक्रमबाट चर्चामा रहेका खरेलको प्रस्तुति, प्रश्नशैली, हाउभाउ दर्शक स्रोताका लागि प्रिय छन् । समाजका हरेक तह र तप्कामा रहेका व्यक्तिहरूसँग अन्तर्वार्ता गरिसकेका खरेल पूर्वराजा ज्ञानेन्द्रसँग पनि उसैगरि भलाकुसारी गर्न चाहान्छन् । भन्छन्, ‘हजारौं अन्तर्वार्ता गरियो, सयौं व्यक्तिहरूसँग साक्षात्कार गरियो अब, पूर्वराजा ज्ञानेन्द्रसँग फरक अन्तरंग संवाद गर्ने चाहना छ।’

खरेलले पत्रकारिता यात्रामै दुई दशक बिताइसकेकाले अब पत्रकारिताको विकल्प खोज्ने आशय पनि व्यक्त गरेका छन्। यद्यपि त्यसको कुनै यथेष्ट बाटो तय भइनसकेको उनको भनाइ छ। पत्रकारिता छोडेर अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीति विषयमाथि विद्यावारिधी गर्नुको पछाडी पनि यही कारण हुने उनको भनाइ छ।

यी र यस्तै विषयमाथि रहेर केन्द्रविन्दुको कार्यक्रम इन्टरभ्यू विथ इन्टरभ्यूअरका लागि मनोज न्यौपानेले उनै पत्रकार जगदीश खरेलसँग गर्नुभएको अन्तर्वार्ता:

 

 

Logo