दसैँमा चोरी र दुर्घटनासँगै कोभिडले पनि प्रहरीलाई चुनौती थपेको छः डिआइजी लामा (भिडियो)

दसैँमा चोरी र दुर्घटनासँगै कोभिडले पनि प्रहरीलाई चुनौती थपेको छः डिआइजी लामा (भिडियो)


नेपालीहरूको महान् चार्ड विजया दशमी, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा नेपाल प्रहरीका सामुन्ने सुरक्षा चुनौती थपिने गर्दछ। यस्तो समयमा नेपाल प्रहरी थप सक्रिय हुने गरेका छन्। चुनौतीका कारण चाडबार्डका समयमा हुने चोरी डकैती र मापसेका कारण हुने दुर्घटना नै मुख्य रहेको नेपाल प्रहरीको विश्लेषण रहेको छ।  

अझै गत वर्षबाट सुरु भएको कोभिड १९ का कारणले गर्दा प्रहरी सामु स्वास्थ्यमा पनि थप चुनौती खडा भएको छ। जसको रोकथामका लागि प्रहरीले ‘तपाईंको मास्क खै ?’ भन्ने अभियानसमेत चलाइरहेको छ। 

गतवर्ष जस्तै यो वर्ष पनि महामारीको समस्या कायमै छ। तर फरक यति हो गत वर्ष सीमित क्षेत्र मात्र खुलेका थिए भने यो वर्ष सम्पूर्ण क्षेत्रहरू खुल्ला छन्। जसका कारणले स्वास्थ्य जोखिमसमेत न्यूनीकरण गर्नुपर्ने जिम्मेवारी नेपाल प्रहरीमा थपिएको छ। 

त्यसो त दसैँ तिहारको समयमा चोरीका घटना अत्याधिक हुने गरेका छन्। त्यसमा पनि काठमाडौं उपत्यकाबाट अत्याधिक मात्रामा मानिसहरू दसैँ, तिहार मनाउन घर जान्छन्। सोही समयमा चोरीका घटना बढ्ने गरेको छ। 

अझ दसैँ तिहारका समयमा नगदको कारोबार पनि ज्यादा हुन्छ। दसैँका लागि नयाँ नोट साट्नेदेखि चाडबाडमा किनमेल गर्नेहरूको संख्या पनि ज्यादा हुन्छ । त्यो अवस्थामा लुटपाटका घटनाहरू भएको हामीले देख्दै वा सुन्दै आएका छौँ। यस्तो अवस्थामा सुरक्षा निकाय थप चनाखो हुँदै आएका छन्। यस वर्ष यस्ता किसिमका आपराधिक घटनाहरू न्यूनीकरणका लागि नेपाल प्रहरीले विशेष प्रकारका कार्यक्रमहरू सञ्चालन गर्ने प्रहरी नायव महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामा बताउँछन्। 

प्रहरीले चाडबाडको समयमा हुने दुर्घटना न्यूनीकरण तथा यात्रुको सहजताका लागि देशभर ३०२ वटा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। जसमा ७३५ जना ट्राफिक जनशक्ति खटिनेछन्।

अझै चाडबार्डको बेला मापसे गरेर सवारी चलाउने गर्नाले दुर्घटना बढ्ने गरेको छ। गत साउन र भाद्रमा भएका ३ हजार ९१ वटा सवारी दुर्घटना मध्ये १९२ वटा दुर्घटना मापसेका कारण भएका छन्। यो संख्या दसैँ र तिहारको समयमा अत्याधिकरूपमा बढेर जाने गरेको अघिल्लो वर्षको तथ्याङ्कले देखाउँछ। यस्ता किसिमका दुर्घटनाका लागि पनि विशेष सतर्कता अपनाउनका लागि प्रहरीले विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ। 

प्रस्तुत छ यी र यस्तै प्रसंगमा रहेर केन्द्रविन्दुकर्मी निकेश बरालले प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआइजी) वसन्तकुमार लामासँग गरेको संवादको सम्पादित अंश:

 

Skip This
Logo