दसैँमा चार आनादेखि दुई हजारसम्म दक्षिणा पाएँ: मनोज गजुरेल (भिडियोसहित)

दसैँमा चार आनादेखि दुई हजारसम्म दक्षिणा पाएँ: मनोज गजुरेल (भिडियोसहित)


हाँस्य कलाकार मनोज गजुरेल दसैँ भन्ने बित्तिकै जमरा र जमरा नभएको अवस्थामा प्रयोग हुने सयपत्री फूलको पातको बास्ना सम्झन्छन्। त्यसो त दसैँले उनलाई निधार नै ढाक्ने गरेर टीका लगाउने बाल्यकालको इच्छासमेत याद दिलाउँछ। उनी एउटा दसैँ सकिएपछि अर्को दसैँको प्रतिक्षामा हुन्थे। बाल्यावस्थामा तिहारमा देउसी खेलेर कमाएको पैसा अर्को दसैँमा नयाँ कपडा किन्न जोगाएर राख्ने गरेको सुनाउँछन्।

गजुरेलको किशाेर अवस्थाको दसैँ संस्मरण भने रमाइलो प्रकारको छ। उनी किशोर अवस्थामा भने दसैँमा प्रायजसो मामा घर जान्थे। अनि पैसा धेरै दिने ठाउँमा जान रुचाउने गरेको संस्मरण उनी मुस्कुराउँदै सुनाउँछन्।

त्यस यता व्यवसायीक कालाकारिता सुरु गरेपछि दसैँको समयमा धेरैजसो उनी विदेशका कार्यक्रमहरूमा पुग्थे। उनी ती सबै यादहरूलाई सम्झदै भन्छन्, ‘यति मात्र हैन दसैँ आएपछि चार आनादेखि दुई हजार रुपैयाँसम्मको दक्षिणा पाएको पनि सम्झना आउँछ।’

कलाकार मनोज गजुरेलले केन्द्रबिन्दुसँग कुराकानी गर्दै आफ्नो दसैँ अनुभव रोचक ढंगले सुनाएका छन्। केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले उनीसँग गरेको कुराकानी हेरौँ यो भिडियोमा:

 

Logo