अध्यक्षज्यूलाई पार्टी प्रवेश गराउन भ्याइनभ्याइ छ: विष्णु रिजाल (भिडियो)

अध्यक्षज्यूलाई पार्टी प्रवेश गराउन भ्याइनभ्याइ छ: विष्णु रिजाल (भिडियो)


नेकपा एमालेका नेता तथा केन्द्रीय सदस्य विष्णु रिजालले एमाले कमजोर नभएको दाबी गरेका छन् । एमालेबाट केही नेताहरूले छाडेर जाँदैमा पार्टी कमजोर भएको भन्न नमिल्ने उनले बताएका छन् ।

केन्द्रबिन्दुसँगको एक अन्तर्वार्ताका क्रममा उनले पार्टीबाट अलग भएर गएकाहरूभन्दा पार्टी प्रवेश गर्नेको संख्या ज्यादा भएको र पार्टी अध्यक्षलाई पार्टी प्रवेश गराउन भ्याइनभ्याइ भएको दाबी गरेका हुन् । 

‘एक महिनाको अवधिमा हाम्रा अध्यक्षज्यू २७ वटा जिल्लामा पुग्नुभएको छ। ५५ भन्दा बढी कार्यक्रममा उहाँ सहभागी हुनुभएको छ। उहाँलाई भ्याइनभ्याइ छ।’ उनले भने ‘हजार हैन लाखौँको संख्यामा नेता कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन्। कुनै पार्टीको लहर चलेको छ भने नेकपा एमालेको मात्र चलेको छ। कुनै नेताको माग छ भने केपी ओलीको मात्र माग छ।’ 

पछिल्लो समय राप्रपा नेपाल र परिवार दलसँग चुनावी तालमेल गरेको नेकपा (एमाले) बहुमतसहित ठूलो पार्टी बन्ने नेता रिजालको भनाइ रहेको छ । उनले अन्तर्वार्ताकै क्रममा राप्रपा नेपालसँग सहकार्य गर्दैमा एमाले हिन्दू धर्मको पथमा लम्किएको भन्न नमिल्ने बताउँदै भने ‘वास्तवमा भन्दा हामी धर्म विरोधी हैनौँ। नेपालमा अधिकांश हिन्दू धर्म मान्ने मान्छेहरू हुनुहुन्छ उहाँहरूलाई सम्मान गर्छौं। मार्क्स, लेनिनका सिद्धान्त मान्छौँ। हामीले कमल थापाको स्वार्थमा सहकार्य गरेका हैनौँ।’ 

आजको केन्द्रबिन्दु संवादमा हामीले यिनै विषयवस्तुमा केन्द्रित भएर एमाले नेता विष्णु रिजालसँग कुराकानी गरेका छौँ। हेर्नुहोस् यो भिडियो: 

 

Skip This
Logo