स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने आधार राप्रपासँग छ : राजेन्द्र लिङदेन (भिडियाे)

स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने आधार राप्रपासँग छ : राजेन्द्र लिङदेन (भिडियाे)


स्थानीय तहको निर्वाचन आइसक्यो । अब मात्र २३ दिन बाँकी छ । चुनावी कार्यक्रम गाउँगाउँ पुगेका छन् । नेताहरु फेरि एक पटक आफ्नो पक्षमा जनमत बटुल्न गाउँ छिरेका छन् । सत्तामा रहेका पाँच दल तथा नेकपा एमाले र राप्रपा नेपाल तालमेल गरेर चुनावी मैदानमा उत्रिएका छन् । तर राजेन्द्र लिङदेनले नेतृत्व गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने एक्लै चुनावमा जाने बताइरहेको छ ।

अध्यक्षमा निर्वाचित भएलगत्तै आएको निर्वाचनमा सफलता हासिल गर्नु लिङदेनका लागि पनि चुनौतीपूर्ण छ । उनी यो बेला देश दौडाहामा छन् । विभिन्न दलका कार्यकर्तालाई पार्टी प्रवेश गराउन होस् वा आफ्नै कार्यकर्ता रिझाउन किन नहोस लिङदेनको व्यस्तता चुलिएको छ । उनै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग स्थानीय तह निर्वाचनलाई लक्षित गरेर पार्टीको आधिकारिक धारणा तथा तयारीका बारेमा केन्द्रबिन्दुकर्मी ज्ञानु घिमिरे निकेश बरालले कुराकानी गरेका छन् । 

तपाईँ निर्वाचित भएर आएपछि पार्टीमा के के परिवर्तन गर्नु भयो ?

पार्टी हिजोभन्दा आज स्वाभिविक रुपले बलियो भएको छ । अगाडि  बढेको मात्र होइन, नेपालको राजनीति एउटा बलियो शक्तिका रुपमा स्थापित भएको छ । देश विकाशले एउटा ठूलो आशा पलाएको छ । जो प्रष्टरुपमा बाहिरसमेत देखिएको छ । यसमा देखिएको लहरका कारण पनि राप्रपा आकर्षणको पार्टी भएको स्पष्टरुपमा देखिएको छ । 

अहिले दुईतिरबाट गठबन्धनले घेरिरहेको अवस्था छ । जनताले राप्रपालाई भोट दिने आधार चाहिँ के हो ? 

अरु दलहरुले गठबन्धन बनाए को कहाँ, को सँग, कुन निर्वाचनमा लड्ने भन्ने कुराले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई कुनै फरक पर्दैन । यो पार्टी आफ्नो मार्गचित्रमा स्पष्ट छ । र आफ्नो सुस्पष्ट मार्गचित्रका साथ यो पार्टी अगाडि बढेको छ । यसकारण को मिल्यो मिलेन भन्ने कुराले हामीलाई कुनै फरक पर्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा बैकल्पिक पार्टीको रुपमा नेपाली जनताले लिएका छन् र त्यहि कुरालाई जनताले निर्वाचनमा मतदान दिनेछन् भन्ने लागेको छ । 

तपाईंहरु ७५३ वटै स्थानीय तहमा एकलरुपमा निर्वाचन लड्ने भनिरहनु भएको छ । त्यसका लागि आधार तयार गरेको हो ? 

हामी निरन्तररुपले प्रयास गरिरहेका छौं । विगतका गल्ति कमी कमजोरीका कारण हाम्रो संगठन संरचनामा केही कमजोरी आएर धक्का लाग्यो । हामी त्यसलाई सुधार गरेर लगिरहेका छौं । स्थानीय तहको निर्वाचन नजिक नै हाम्रो पार्टीको नेत्तृत्व आएका कारण यो सबै व्यवस्थाहरु मिलाउन केही कुराहरु बाँकी भएको हुनाले केही असहज छ । हामीले सबै स्थानीय तहमा आफ्ना उम्मेद्वारहरु उठाउन तयारी गरिराखेका छौं । केही स्थानीय तहमै मिलेर तालमेल हुने भन्ने साथीहरुबाट कुरा आएका छन् । 

देशभर राप्रपाको मत कति होला ? 

अहिले हामीले देशभरी घुमेर हेर्दा राप्रपाको पक्षमा धेरै लहर आएको छ । देशभरी पार्टी प्रवेश गर्नेको ओइरो लागेको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीमा पछिल्लो समय आएको लहरका कारण राम्रो परिणाम आउँछ भन्ने लागेको छ । हाम्रो जनलहरलाई हामीले व्यवस्था गर्ने पनि चुनौती भएको अवस्था छ । यसले गर्दा स्थानीय तहको निर्वाचनमा पनि राम्रो नतिजा आउने छ यसका साथै त्यो भन्दा राम्रो चाहिँ आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा हुन्छ भन्ने लागेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राप्रपाभन्दा मेरो पक्षमा बढी जनलहर छ भन्ने दावी गरिरहेका छन् । के यो साँचो हो ? 

यो कुरामा उहाँ (पार्टी अध्यक्ष) लाई दया व्यक्त गर्नु बाहेक मसँग शब्द छैन । म उहाँको कुराको टिप्पणीसमेत गर्न चाहन्न । उहाँ पार्टी फुटाएर जानुभएको होइन, पार्टी छाडेर जानुभएको हो । उहाँले अकार्को पार्टीमा प्रवेश गरेर नेतृत्व गरिरहनु भएको छ, उहाँलाई मेरो शुभकामना छ । र म उहाँहरुसँग बोलीबचनको प्रतिश्पर्धामा उत्रन चाहन्न । सबै कुरा निकट भविष्यमा हुने निर्वाचन परिणामले देखाउने छ । मैले बोल्नै पर्दैन । 

तपाइँले प्रतिनिधि सभामा झापाबाट बाम गठबन्धनसँग मिलेर जित्नु भएको थियो । अहिले राप्रपा नेपाल एमालेसँग मिलेर एउटै चिन्हबाट निर्वाचनमा जाँदैछ, तपाइँ त ओलीको जिल्लावासी पनि हुनुहुन्छ, केमा कुरा मिलेन अहिले ? 

संसदीय निर्वाचनमा झापामा बाम गठबन्धनसँग मिलेर गएको हो । सो निर्वाचनमा मलाई मात्र बाम गठबन्धनले सघाएको होइन । यो विर्सनु हुँदैन की राष्ट्रिय प्रजातन्त्र पार्टीले वाम गठबन्धनका अन्य चारवटा प्रतिनिधि सभाका उम्मेद्वारलाई विजयी गराएको छ । १० वटा प्रदेशका उम्मेद्वारलाई विजयी गराएको छ । त्यो बेलाको गठबन्धनको निर्णयलाई इमान्दारीपूर्वक निर्वाह गर्यौं । त्यो गठबन्धन त्यहिसम्म थियो । अब भविष्यको कुरा भविष्यमै निर्धारण हुन्छ । 

अब एमालेसँग गठबन्धन नगर्ने हो ? 

अहिले तत्काल केही कुरा भएको छैन र सम्भव पनि छैन । निर्वाचनको दर्खास्त हाल्ने बेला भयो, अहिले कुनै सम्भावना छैन । र आधारभूतरुपमा एक्लै जाने कुरा भएको छ ।  गठबन्धनमा जाने कुनै सम्भावना छैन् । आन्तरिकरुपमा काहिँ साथीहरुले मिल्छु भन्ने कुरा गर्नु भयो, भने त्यो फुकुवा हुन्छ । परिणाम जस्तो आए नि हाम्रो पार्टी स्वीकार गर्न तयार छ । 

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजेन्द्र लिङदेनलाई म हराउँछु उहाँको ठाउँमा म उठ्छु भन्दै तपाईंप्रति कटाक्ष व्यक्त गरेका छन् खास के भएको हो ? 

उहाँले त्यहि क्षेत्रमा निर्वाचन लड्ने विचार गर्नु भएको छ । खुसी लाग्यो चाहना राख्नु उहाँको अधिकारको कुरा हो  । तर म दुर्गा प्रसाईं होइन, उनीभन्दा माथिका अरु कोही मान्छे आउँछन् भनेपनि त्यो सामना गर्ने तयार छु । निर्णय जनताले गर्ने हो । म व्यक्तिगतरुपमा कसैको टिकाटिप्पणी गर्न चाहान्छ । कुन व्यक्ति उठ्दा मलाई सजिलो हुन्छ, कुन उठ्दा अप्ठ्यारो हुन्छ भन्ने कुराको हिसाव राखेर म राजनीतिमा लागेको छैन । मेरा लागि जनता साक्षी छन् । जनताले राजेन्द्र लिङ्ग्देनमाथि अन्याय गर्दैनन् भन्ने लागेको छ । यदि कसैलाई त्यो भ्रम छ भन्ने लाग्छ भने त्यो त निर्वाचन परिणामले देखाउँछ । मेरो २० वर्षको त्यहाँका जनताको दुःख सुखको उठबसमा म के प्रष्ट छु भने त्यस क्षेत्रका जनतालाई जसरी बाहिरका मानिसहरुले खरिद बिक्री गर्छु भन्ने ठानेका छन्, त्यो क्षेत्रमा कमजोर खालका मतदाता छैनन् । लोकतन्त्रमा रहर गर्ने सबैलाई छुट छ। 

विभिन्न भाषणमा राप्रपामा युवा आकर्षण छ भन्नु भएको छ । यसको कारण के होला ? के भन्नु हुन्छ युवाले ? 

देशको राजनीतिबाट निरास भएका र खासगरी वर्तमान ठूला नेता र पार्टी हुँ भन्नेहरु ३२ वर्षदेखि नेपालको राजनीतिमा सैद्धान्तिक, व्यवहारिकरुपले नेतृत्व गरिरहेका छन् । उनीहरुबाट निरास भएका युवाशक्ति र आम जनसमुदायले नै राष्ट्रिय प्रजातन्त्र पार्टी र यसको नेतृत्वलाई एउटा आशाको नजरले हेरिरहनु भएको छ । उहाँहरु सबको म सँगको कुराकानीमा एउटै कुरा छ । ‘हामीले तपाईंलाई धेरै आशा गरेका छौं । अरु नेताले जस्तो धोका नदिनु है’ भन्नु हुन्छ । तपाईंसँग ठूलो अपेक्षा छ भन्नु हुन्छ । त्यो देख्दा मलाई खुसी लाग्छ। 

 

Skip This
Logo