कोरोनाबाट प्रदेश नं. २ मा मृतकको संख्या १०६

कोरोनाबाट प्रदेश नं. २ मा मृतकको संख्या १०६


जनकपुर ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या अब १०६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप पाँच जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङख्या १०६ पुगेको सामाजिक मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा सिरहाबाट ५६, धनुषाबाट ४२, महोत्तरीबाट ६, सर्लाहीबाट २० र पर्साबाट एक जना गरी १२५ नयाँ सङ्क्रमित थपिएका छन् । यससमेत प्रदेशमा सङ्क्रमितको सङ्ख्या ११ हजार २६१ पुगेको छ । तीमध्ये ९२ जना उपचार गराई आज निको भएर घर फर्केका छन् । यससमेत गरी अहिलेसम्म पाँच हजार ८३६ जना निको भएर घर फर्केका छन् ।

प्रदेश अन्तर्गतका १७४ क्वारेन्टिनमा आजसम्म ५४९ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७२६, आइसोलेसनमा ८५२ र होम आइसोलेशनमा चार हजार ४६७ जना बसेका छन् । केही दिनदेखि क्वारेन्टिन र आइसोलेशनमा बस्नेको सङ्ख्या क्रमिक रुपमा घट्दै गइरहेको तथा होम क्वारेन्टिन र होम आइसोलेशनमा बस्नेको सङ्ख्या वृद्धि भइरहेको छ ।

Logo