केन्द्रविन्दु सम्बाददाता
काठमाडौँ, २१ असोज । एक सांगीतिक कार्यक्रमका लागि दक्षिण कोरिया पुगेका गायिका ज्योति मगर र चन्दा दाहालले चर्तिकला देखाएका छन् । गायीकाद्वयले ‘ड्रिंक हंटिंग’ भन्दै सडकमै बिभिन्न चर्तिकला देखाएका हुन् ।
आफुहरु सुकुम्बासी भएको भन्दै मध्यरातमा सडकमै मस्ती गरेका हुन् । छोटो पहिरनमा देखिएका उनीहरुले बिभिन्न अस्वाभाविक प्रस्तुतीहरु दिएको भिडियोमा देखिएका छन् ।
उनीहरु कोरियाको महान पर्व छुसकको अबसरमा किरात याक्थुङ् चुम्लुङ्द्वर आयोजित कार्यक्रममा प्रस्तुती दिन त्यहाँ पुगेका थिए ।
प्रकाशित: २१ आश्विन २०७४ १२:५७ शनिबार