‘सबैको’ लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

‘सबैको’ लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


‘सबैको’ लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साउन १ गतेदेखि प्रतिकित्ता  १०० का दरले ५ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो ।  आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासन बाँडफाँड पश्चात कम्पनीको चुक्तापुँजी १६ करोड ५० लाख पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आईपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ४ ग्रेड’ प्रदान गरेको छ ।

२०७४ आषाढ ३० गतेबाट कारोवार थालेको यस लघुबित्तको केन्द्रीय कार्यालय तनहुँको बन्दीपुरमा रहेको छ ।

Logo