ग्रेभिटानको खोजले आइन्सटाइनको सापेक्षतावादलाई चुनौती !

ग्रेभिटानको खोजले आइन्सटाइनको सापेक्षतावादलाई चुनौती !


वैज्ञानिक आइन्स्टाइनको नाम  र उनले गरेका काम विज्ञानका विद्यार्थीमाझ मात्र होइन, सामान्यजनको मनमस्तिष्कमै सुपरिचित बनेर बसेका छन्।

रामले भन्छ–‘मेरो छोरा पढाइमा राम्रो छ।’

श्यामले सोध्छ–‘कसको तुलना अनि कसको सापेक्षतामा?’

‘कक्षामा रहेका अन्य सबै विधार्थीभन्दा ऊ सबैभन्दा बढी अंक ल्याएर पास हुन्छ।’
तुलना, सापेक्ष, ‘रिलेटिभ’, सबैभन्दा बढी आदि शब्दको सम्बन्ध आइन्स्टाइनको ‘सापेक्षवाद  सिद्धान्त’ ( जनरल रिलेटीभिटी थ्योरी ) सँग रहेको हुन्छ।

तपाईंहरुलाई थाहा नै छ–दुई वस्तु, दुई परिस्थिति र दुई व्यक्ति हुनसाथ तुलना हुनु स्वाभाविक नै हो, अर्थात् सापेक्षतावाद लागू हुन्छ। विगत पचास वर्षभन्दा बढी समयदेखि आइन्स्टाइन बुद्धिमत्ताका सर्वश्रेष्ठ ‘आइकन’ हुन् भन्नेमा प्रायः सबैको सहमति नै रहेको पाइन्छ।

विज्ञान नपढेका  दम्पतीले पनि आफ्ना  छोराछोरी आइन्स्टाइनजस्तो बुद्धिमान हुन् भन्ने चाहना राख्छन्।

आइन्स्टाइनले सबैभन्दा पहिले सन १९०५ ताका सापेक्षवादको सिद्धान्त प्रस्तुत गरेका थिए। सन् १९२० सम्म आउँदा उनको ‘थ्योरी’ले विज्ञानलाई नै दुई भागमा विभाजित गरिदियो– ‘क्लासिकल फिजिक्स’ र ‘मोडर्न फिजिक्स’। उनको यस ‘थ्योरी’का साथै अन्य ‘थ्योरी’ले पहिलेका वैज्ञानिक र तिनका विभिन्न मान्यताका साथै  विज्ञानका अनेकौं सिद्धान्त र मान्यतालाई खण्डित गरिदिए। आइन्स्टाइन आधुनिक विज्ञानका पिताझैं सम्मानित हुनुभयो– ‘द फादर अफ मोडर्न साइन्स।’  

अहिले आएर यिनै आइन्स्टाइनको एउटा सिद्धान्तलाई चुनौती आइलागेको छ। ‘लेजर इन्टरफेरोमीटर ग्रेभिटेसनल वेभ  अब्जर्वेटरी’ (लिगाे) ले हालै एउटा ठूलो उपलब्धि हासिल गरेको छ। ‘लिगो’ले पहिलो पटक गुरुत्वाकर्षण तरंगलाई ‘अब्जर्व’ गर्ने सफलता पाएको छ। अहिलेसम्म विज्ञानले यस्तो सफलता पाएको थिएन। गुरुत्वाकर्षण तरंगलाई अहिलेसम्म ‘बाइनरी स्टार सिस्टम’मा रहेको पल्सरको समयानुसार मात्रै ‘अब्जर्भ’  गर्न सकिएको थियो।

अमेरिकाका  थियोरिटिकल फिजिसिस्ट डा. जेम्स गेट्सले सुप्रसिद्ध एस्ट्रोफिजिसिस्ट नील डिग्रेस टाइसनसँगको कुराकानीमा भने–गुरुत्वाकर्षणलाई कणका भाँती अवलोकन गर्नु विज्ञानका लागि छलांग लगाएजस्तै साबित हुन्छ। यसले विज्ञानका धेरै सिद्धान्त स्वतः ‘आउटडेटेड’ हुन पुग्छन्।

जेम्सका अनुसार अहिले गुरुत्वाकर्षणको तरंग हेर्ने सफलता पाइएको छ। यसबाट निष्कासित हुने ऊर्जाको क्वान्टाइजेसन हुन अझै बाँकी नै रहेको छ। यो हुनसाथ विज्ञानलाई एउटा नयाँ कणको प्राप्ति हुन्छ, जसलाई अहिलेसम्म कल्पनामा ग्रेभिटान  भन्दै आइएको छ।

विज्ञानलाई अहिलेसम्म ब्रह्माण्डमा ग्रेभिटान भए–नभएकाबारे केही थाहा छैन।  थ्योरिटिकल फिजिक्समा ग्रेभिटानलाई गुरुत्वाकर्षणको कण (पार्टिकल ) मानिन्छ। तर, अहिलेसम्म यसको पुष्टि हुन सकेको छैन। 

अहिलेसम्म ‘हाइपोथेटिकल’ मान्यता मात्रै हो। गुरुत्वाकर्षण कण अथवा गुरुत्वाकर्षणका ‘इलिमेन्ट्री पार्टिकल’ अर्थात् ग्रेभिटान । ‘हाइपोथेटिकली’ नै विश्वास गरिन्छ यिनको अस्तित्वमा।  यिनै ग्रेभिटान अथवा गुरुत्वाकर्षणका ‘इलिमेन्ट्री पार्टिकल’ले गर्दा ग्रेभिटीलाई ‘फोर्स’ प्राप्त हुन्छ। वैज्ञानिकहरुको मान्यता छ–अहिलेसम्म हामी  गुरुत्वाकर्षणको ‘वेभ’ गुणलाई मात्रै बुझ्नसक्ने भएका छौं। आउँदो सय वर्षभित्र हामी गुरुत्वाकर्षणलाई कणजस्तै  अर्थात् ग्रेभिटानलाई पनि बुझ्ने/विश्लेषण गर्न समर्थ हुनेछौं।

डा. नील टाइसनले प्रश्न उठाएका छन्–ग्रेभिटानको खोजले कतै आइन्स्टाइनको  ‘जनरल रिलेटीभिटी थ्योरी’ लाई नै खतरा त  हुने होइन ? आइन्स्टाइनले न्युटनीय युगको मान्यतालाई ध्वस्त गर्दै ‘स्पेस टाइम’को ‘कर्भेचर’का कारण गुरुत्वाकर्षण उत्पत्ति हुने धारणा अघि सारेका थिए। ग्रेभिटान पाइएको खण्डमा आइन्स्टाइनको थ्योरी गलत साबित हुनेछ।

विज्ञानले गत वर्ष ब्ल्याक होलका फोटो जारी गरेको थियो।  ‘ब्ल्याक होल’ नामले नै विदित छ, यसलाई हेर्न सकिँदैन। ‘ब्ल्याक होल’ हुने कुराको दाबी आइन्स्टाइनकै सिद्धान्तले गरेको थियो।

गुरुत्वाकर्षण,‘स्पेस टाइम’, ‘कर्भेचर’, ’ग्रेभिटेसनल  इफेक्ट’ सम्बन्धी सबै धारणा गलत भएपछि ब्ल्याक होलकै अस्तित्वमा पुनः प्रश्न उठ्न आउँछ। लहरो तान्दा पहरो जान्छ भनेझैं यसको असर बिग बैंग सिद्धान्तमाथि पनि पर्न जान्छ।

Logo