प्राकृतिक स्विमिङ पुल, जहाँ नुहाउँदा धेरै रोग निको हुन्छन्

प्राकृतिक स्विमिङ पुल, जहाँ नुहाउँदा धेरै रोग निको हुन्छन्


संसारमा आजसम्म पनि केही यस्ता रहस्य रही रहेका छन्, जुन आम मानिसका लागि जिज्ञासाको विषय बन्ने गरेको छ । यसमध्ये केही रहस्य त वैज्ञानिकका लागि पनि खोज र हैरान बनाउने खाले रहेका छन् । यस्तै रहस्यमय एउटा कुराको बारेमा यहाँ जानकारी दिन लागिएको हो।

कुरा टर्कीको पमुक्कले स्थित पहाडी झरनाको हो। जुन सुन्दर हुनुको साथै प्राकृतिकरुपमै यहाँको पानी तातो हुन्छ। यो विषय आम मानिस तथा वैज्ञानिकका लागि पनि रहस्य नै बनेको छ।

यहाँको यो तातोपानीको झरना हजारौं वर्ष पूरानो मानिन्छ। यहाँको पानी ३७ डिग्रीदेखि १ सय डिग्रीको तापक्रमका बीच रहन्छ। र, यो झरनामा नुहाउँदा खासगरी छाला सम्बन्धी धेरै प्रकारका रोग ठीक हुने गरेका छन्।

यसकारण संसारभरबाट यो तातोपानीको झर्ना हेर्न यहाँ पर्यटक ओइरिने गर्छन । झरनाको तातोपानीको सरोवर अर्थात् ताल आफैं बन्यो वा बनाइएको हो भन्ने बारेमा आजसम्म पनि कसैलाई अत्तोपत्तो छैन। वैज्ञानिकले यस बारेमा कयौं शोध गरिसकेका छन्। 

वैज्ञानिकका अनुसार पानीमा रहेका खनिज बाहिरी सम्पर्कमा  आएका कारण क्याल्सियम कार्बोनेट बन्न जान्छ। जो आज पनि झरनाको किनारमा पाइन्छ। यसै कारण झरनाले सरोवरको रुप लिएको मानिन्छ।

Logo