सर्पभन्दा विषालु बिरुवा, जसलाई छुने बित्तिकै छालामा फोका आउँछ

सर्पभन्दा विषालु बिरुवा, जसलाई छुने बित्तिकै छालामा फोका आउँछ


संसारमा कयौं प्रकारका वनस्पति, विरुवा पाइन्छन्। कतिपय विरुवा हामी घर वरपरसमेत लगाउँछौं । यो वातावरण विनाश हुनबाट जोगिने राम्रो उपाय समेत हो।

तर, यी मध्ये केही यस्ता वनस्पति छन् जो अत्यन्तै हानिकारक समेत छन् । ती मध्येको एक हो जाइन्ट होगविड (giant hogweed ) । जसलाई किलर ट्री को नामले समेत चिनिन्छ ।

होगविड न्युर्योक, पेन्सलभानिया, ओहायो, मेरिल्याण्ड, वाशिंगटन, मिचिगन तथा हेम्पशायरमा पाइन्छ । यसलाई छुने बित्तिकै छालामा फोका तथा घाउ हुन थाल्छ।

यसलाई छोएको ४८ घण्टामा यस्तो असर देखिन थाल्छ कि ठीक हुन वर्षौं लाग्न सक्छ। वैज्ञानिकका अनुसार यो विरुवा गोमन सर्प भन्दा पनि विषालु हुने गर्छ। यदि यसको विरुवा केही गरी छोइएको खण्डमा केही घण्टामा छाला पोल्न थाल्छ र घाउसमेत हुने गर्छ।

यो विरुवा यति विषालु हुनुको कारण भने यसमा हुने फोटोसेंसआइजिंग फुरानोकौमारिंस (photosensitizing furanocoumarins)नामक रसायन हो । तर, यति धेरै विषालु भएपनि यसले वातावरणमा भने अक्सिजन तथा कार्वनडाइक्साइड सन्तुलन गर्नमा अहम भूमिका खेलेको हुन्छ ।
वनस्पति जगतमा यसको वैज्ञानिक नाम Heracleum mantegazzianum हो।

Logo