आठ वटा खुट्टा भएको अनौठो चरा !

आठ वटा खुट्टा भएको अनौठो चरा !


तपाईँले चारवटा खुट्टा भएको कुनै चरा देख्नुभएको छ ? पक्कै पनि छैन। झन आठवटा खुट्टा भएको चराको बारेमा सुन्दा त के होला !  अफ्रिकामा मात्र पाइने अफ्रिकन जकाना (African Jacana) नाम गरेको यो पक्षीको आठवटा खुट्टा हुन्छ । यसको खुट्टा लामो तथा पंजा धेरै ठूलो हुन्छ । हुन त यसको दुईवटा नै खुट्टा हुन्छ तर तस्वीरमा भने किन यति धेरै खुट्टा देखिन्छ, त्यो भने रोचक छ ।

अफ्रिकी जकानाको भालेले पोथीले पारेको अन्डा र अन्डाबाट चल्ला कोरल्ने काम गर्छ। चल्लालाई खान दिने, हुर्काउने,  तिनको सुरक्षा गर्ने काम पोथीले नगरेर यस प्रजातिमा भालेले गर्छ।  

जब चल्ला सानो हुन्छ तब जकानाले आफ्नो प्वाँखमा बेरेर पानीको सतहभन्दा केहीमाथि उठाउने गर्छ । ताकि चल्ला यसको प्वाँखमा लुक्न सकोस्। यो बेलामा यसका  खुट्टा बाहिर हुन्छन् र   त्यसबेला यस्तो लाग्छ कि जकानाको कयौं खुट्टा छन् ।

हुन त यसका प्रजाति कयौं देशमा पाइन्छ। तर, अफ्रिकी जकाना भने उप–सहारा वाला इलाकामा धेरै पाइन्छ। अफ्रीकामा यसलाई जाकानिडे (Jacanidae) भनिन्छ। यसको शरीरमा कयौं यस्ता विशेषताहरु हुन्छन् जसका कारण यसको पहिचान गर्न सकिन्छ।

अफ्रिकन जकानाको लम्बाई करिब ३० सेन्टीमिटर हुन्छ। यसको पोथी भालेको तुलनामा ठूलो हुन्छ । यसले किरा फट्याँग्रा खाने गर्छ। यो थोरै पानी भएको जलाशयमा बस्ने गर्छ तथा पानीमाथिका  ठूला ठूला  पातमा उत्रने गर्छ। अफ्रिकन जकानाको अण्डा कफी  रंगको हुन्छ। जसको माथि कालो धस्रा हुने गर्छ।

पोथीले पानीमा तैरिएको पातमा अन्डा पारेर जान्छ। त्यसपछि भालेको काम शुरु हुन्छ। यसले चल्लालाई ठूलो तथा शिकार गर्न लायक नहुने समयसम्म पालन पोषण तथा सुरक्षा गर्छ।

यसका पछाडि दुईवटा कारण रहेको वैज्ञानिक बताउँछन्। पहिलो त जुन स्थानमा यसले अन्डा पार्छ त्यहाँ खानेकुरा धेरै हुने गर्छ। पोथी अन्डा पारेपछि खाना खोज्न जान्छे। अर्को भनेको यी पक्षीका बीच कामको कुनै भिन्नता हुँदैन। भाले पोथी दुवै मिलेर  काम गर्ने गर्छन्। भालेले चल्ला हेरविचार गर्दा पोथी भने खाना खोज्न जान्छे।

पोथी जकाना अन्डा पारेपछि अन्य भालेसँग रमण गर्न  थाल्छे। उसको पहिलाको  भाले जकाना उसँग त्यसबेला सम्म मात्र जान पाउँछ  जबसम्म उसले अन्डाको ख्याल राख्छ। जब भालेले अण्डाको ख्याल गर्न बन्द गर्छ त्यसपछि भने पोथीले अर्कै भाले खोज्छे।

यसपछि नयाँ भालेले पुरानो भालेसँग संघर्ष गर्नुपर्छ। जसले जित्छ उसैलाई पोथीसँग  जाने तथा सम्पर्क गर्ने अनुमति प्राप्त हुन्छ ।

फेरि जब पोथीले अन्डा पार्छे भालेको काम पुनः सुरु हुन्छ। अर्थात् यस जकाना परिवारमा पोथी भालेको अधिकार बढी  हुन्छ।

खुट्टा त भाले जकानाको पनि दुईवटा मात्रै हुन्छन् तर अन्डा कोरल्ने क्रम तथा चल्ला हुर्काउने क्रममा यसको शरीरको आकृति यस्तो देखिन्छ  मानाैँ यसका आठवटा खुट्टा हुन्।

Logo