पृथ्वी विनाशकारी इतिहासको नजिक !

पृथ्वी विनाशकारी इतिहासको नजिक !


आदिमानवको प्रजाति निअण्डरथल (Neanderthal) मानव पृथ्वीबाट कसरी विलिन भए भन्ने प्रश्नको करिब करिब जवाफ वैज्ञानिकलाई प्राप्त भएको छ।

अन्तर्राष्ट्रिय वैज्ञानिकको एउटा समूहले आफ्नो नयाँ अध्ययनमा पृथ्वीको चुम्बकीय क्षेत्र खतम हुनु तथा पृथ्वीका ध्रुव उलट पलट भएका कारण यसो भएको भन्ने निष्कर्ष निकालेको छ।

यो घटना करिब ४२ हजार वर्ष पहिले घटेको थियो । र, करिब एक हजार वर्ष परिस्थिति यस्तै नै रहिरह्यो । त्यस्तै वैज्ञानिकको के पनि अनुमान छ भने यस्ता घटना प्रत्येक २ देखि ३ लाख वर्षको अन्तरालमा  हुन्छन् ।

वैज्ञानिकको के अनुमान छ भने अहिले जसरी चुम्बकीय क्षेत्र कमजोर हुँदै गइरहेको छ यसले ध्रुवको उलट पलट हुने समय करिब नजिक आएको छ ।

पृथ्वीको चुम्बकीय क्षेत्रले मानव तथा प्रजातिको जीवन सम्भव बनाइरहेको हुन्छ। यसले सूर्यबाट आउने हानिकारक किरण जस्तै सोलर विंड, कस्मिक रेज तथा विकिरणबाट ओजोन तहलाई बचाउने काम गर्छ । साथै खतम हुनु भन्दा पहिले नै कमजोर हुँदै गएको चुम्बकीय क्षेत्रका कारण ठूलो नोक्सानसमेत हुने गर्छ ।

अध्ययनमा भनिएको छ, ध्रुवमा भएको परिवर्तनले अप्रत्यासित नतिजा देखिएको हुनुपर्छ। जसका कारण जलवायुको अवस्था पनि एकदमै भयावह भएको हुनुपर्छ । यसका कारण स्तनपायी जीव विलिन हुन पुगे ।

प्रोफेसर क्रिस टर्नीका अनुसार अहिले उत्तरी अमेरिकामा हिउँको मात्रामा अत्यधिक वृद्धि भएको छ भने पश्चिमी प्रशान्त क्षेत्रको ट्रपिकल रेन बेल्टमा अत्यधिक बदलाव देखिएको छ । साथै दक्षिणी महासागरमा हावाको बेल्ट तथा अष्ट्रेलियाको सुख्खापन पनि देखिन्छ।

वैज्ञानिकका अनुसार मौसममा आएको यो परिवर्तनबाट जोगिन निअण्डरथल मानव गुफामा लुकेर बस्न थाले। यसका कारण हाम्रा पूर्वजमा आपसी प्रतिद्वन्दिता बढ्यो र अन्त्यमा उनीहरु विलुप्त भए ।

आफ्नो अध्ययनका लागि शोधकर्ताले रेडियो कार्बन विश्लेषणको समेत मद्दत लिएका थिए। संसारभरबाट प्राप्त विभिन्न सामग्रीको अध्ययनपछि जब कार्बन १४ को मात्रा बढ्यो त्यसै समयमा पर्यावरणमा ठूलो परिवर्तन आएको हुनुपर्छ ।

वैज्ञानिकका अनुसार पृथ्वीको ध्रुव हरेक दुईदेखि तीन लाख वर्षमा बदलिने गर्छ । वैज्ञानिकको भनाइ के पनि छ भने पृथ्वीको चुम्बकीय क्षेत्र कमजोर हुँदै गइरहेको छ। यसका कारण ध्रुवको हेरफेर हुने समय पनि नजिकै आइरहेको हुनुपर्छ।

तर, कति वैज्ञानिक भने यसलाई स्वीकार गर्दैनन् । अष्ट्रेलियन म्युजियमका ऐलन कूपरका अनुसार ध्रुव हेरफेर हुन्छ भन्ने छैन तर यदि हेरफेर भएका खण्डमा भने त्यो पक्कै पनि विनाशकारी हुन्छ।

Logo