मानिससँग पनि हुन्छ सर्पकाे जस्तै विष !

मानिससँग पनि हुन्छ सर्पकाे जस्तै विष !


जापानका एक वैज्ञानिकले मानिसको शरीरमा पनि यस्तो एउटा टुलकिट हुन्छ जसको मद्दतले उसले सर्पले जस्तै विष निकाल्न सक्ने कुराको खुलासा गरेका छन्। उनले मानिसले मात्र नभएर अन्य कयाैं  स्तनधारी जीव (mammals )ले पनि विष निकाल्न सक्ने बताएका हुन् । स्तनधारीको शरीरमा आवश्यकता अनुसार यस्ताे शारीरिक भाग विकास हुने गर्छ।

वैज्ञानिकले कुनै समय संसारको सबैभन्दा विषालु सर्प  रैटल स्नेक (Rattle  snake) तथा सबैभन्दा विषालु स्तनधारी डकबिल  (Duckbill) अर्थात  प्लैटीपस (Platypus)सँग मानिसको नाम जोडिए त्यसलाई अचम्मका रुपमा नलिन पनि भनेका छन्। वैज्ञानिकका अनुसार मानिसमा हुने फ्लेक्सिबल जीनका कारण यो सम्भव भएको हो। यो जीनले सलाइवरी ग्ल्याण्ड्सलाई  (Salivary Glands) विषालु तथा विषरहित जीवका अनुसार विकसित गर्न मद्दत गर्छ।

जापानको ओकिनावा इन्स्टिट्युट अफ साइन्स एण्ड टेक्नोलोजी  (Okinawa Institute of Science and Technology)का अनुसन्धाता तथा यस शोधका सह लेखक अग्नीश बरुवाका अनुसार जनावरको दुनियाँमा यो जीनको प्रभावका कारण सयाैं पटक सलाइवरी ग्ल्याण्ड्स विकसित भएका छन् अथवा आवश्यकताका हिसाबले परिवर्तनसमेत भएका  छन्।

अग्नीशका अनुसार मानिसले पनि त्यस्तै किसिमले विष पैदा गर्न सक्छ यसका लागि जीनका कारण सलाइवरी ग्ल्याण्ड्स त्यसैगरी विकसित हुनु पर्ने हुन्छ । मुखबाट विष (Oral Venom) निकाल्नु जीवको साम्राज्यमा सामान्य मानिन्छ। यो भिन्न प्रकारको जीव जस्तै माकुरो, सर्प, आदिमा आवश्यक्ताका हिसाबले विकसित हुने गर्छ।

अग्नीश भन्छन, 'स्लो लोरिश प्राइमेट्स अर्थात बाँदरको श्रेणीको त्यस्तो एक मात्र जीव हो जसको मुखमा विषको ग्रन्थी हुने गर्छ । जीव वैज्ञानिकका अनुसार मुखमा विष हुनु (Oral Venom) सलाइवरी ग्ल्याण्ड्सको विकासको नतिजा हो। हाल वैज्ञानिकलाई यो जानकारी भइसकेको छ कि यसको पछाडि मोलिक्युलर मेकानिक्सले काम गरेको हुन्छ।'

अष्ट्रेलियाको क्विन्सल्याण्ड युनिभर्सिटीका बायोकेमिष्ट तथा विष विशेषज्ञ ब्रायन फ्राइ यो खुलासा एकदमै महत्वपूर्ण भएको बताउँछन् । उनका अनुसार यो एउटा ल्याण्डमार्क हो।

नेचुरल हिस्ट्री म्युजियमका विष शोधकर्ता रोनाल्ड जेनरका अनुसार विषमा रहेको विषाक्तता धेरै जीवमा उस्तै प्रकारको हुन्छ, जस्तै सेंटीपिडको विष सर्पको कयौं प्रजातिबाट  हुन्छ।

अग्नीश बरुवाका अनुसार विषाक्तता कसैको शरीरमा पनि विकसित हुन सक्छ । यो कयौं जटिल रासायनिक पदार्थको मिश्रण हो । यो अध्ययन गर्ने अर्का शोधकर्ता एलेक्जेण्डर मिखेयेवका अनुसार मानिस जस्तै कयौं जीवमा एक प्रकारको हाउसकिपिंग जीन हुने गर्छ जसले शरीरभित्र विषाक्त पदार्थ बनाउने गर्छ तर, यो विष भने होइन।

Logo