रोचकः यौन सम्पर्कबिनै महिला गर्भवती, वैज्ञानिक पनि आश्चर्यचकित!

रोचकः यौन सम्पर्कबिनै महिला गर्भवती, वैज्ञानिक पनि आश्चर्यचकित!


के यो सम्भव छ,  यौन सम्पर्कबिनै कोही महिला गर्भवती हुन सक्छन्? जबकि ती महिलाले केवल मुखमैथुन मात्र गरेकी थिइन्। साथै उनको पेटमा छुरासमेत प्रहार गरिएको थियो। यस्ता कैयौं समाचार बाहिर आएका छन्, जसले चिकित्सा विज्ञान तथा डाक्टरलाई समेत आश्चर्यचकित बनाएको छ। 

यो घटना एक १५ वर्षीया महिलासँग सम्बन्धित छ, जो आफूलाई छुरा हानिएको भन्दै अस्पताल गएकी थिइन्। उनका अनुसार उनको पेटमा दुईजना केटाले छुरा प्रहार गरेका थिए। तर, उनलाई दुई केटामध्ये कसले छुरा हानेको भन्ने यकिन छैन। 

जसमध्ये एक उनको हालको प्रेमी र अर्का भने पूर्वप्रेमी रहेको महिलाले बताइन्। पहिले यी तीनजनाबीच सानोतिनो झगडासमेत भएको थियो। 

महिलाको बायाँ हातमा ठूलो घाउसमेत भएको थियो, जसका कारण उनको हात लत्रिएको थियो। अर्को घाउ भने उनको पेटमा भएको थियो। 

महिलालाई तत्काल सर्जरीका लागि अस्पताल लगियो। जाँच गर्दा पेटको घाउ निकै गहिरो थियो र, भित्र आमाशयसम्म पुगेको थियो। आमाशय सर्जरीको समयमा खाली थियो। त्यसभित्र न कुनै खानेकुरा थियो, न त कुनै ग्यास। महिला दश दिन अस्पताल बसेर ठिक भएपछि घर फर्किएकी हुन्। घटनाले नयाँ मोड त्यस बेला लियो, जब नौ महिनापछि महिला अस्पताल पुगिन्। त्यसबेला उनको पेट दुखिरहेको थियो। 

डाक्टरले जब उनको पुरानो रिपोर्ट हेरे, तब डाक्टर आश्चर्यमा परे। आश्चर्यमा पर्नुको कारण महिलाको शरीर शून्य योनी अर्थात ब्लाइन्ड भेजाइनासहितको थियो। यसको अर्थ महिलाको योनीको गहिराइ केवल सेन्टिमिटर मात्र थियो। जसको सिधा अर्थ उनी न  यौन सम्पर्क गर्न सक्थिन् न गर्भवती । 

डाक्टरले ती महिलाको अपरेसन गरेर एउटा बच्चा निकाले। त्यसपछि महिलालाई सोधियो–यो कसरी सम्भव भयो? यसको उत्तर महिलाले आफ्नो यौनांग नरहेको थाहा भएर नै आफूले मुख मैथुन गरेको बताइन्। साथै उक्त समयमा पूर्वप्रेमी आइपुगेको र त्यसै बेला छुरा प्रहार गरिएको बताइन्। 

महिलाका अनुसार उनको मासिक धर्म कहिल्यै भएको थिएन। त्यसकारण उनलाई आफू गर्भवती भएको कहिल्यै पनि विश्वास भएन। उनको पेट नौ महिनासम्म ठूलो हुँदै आयो । 

डाक्टरले ती महिला मुख मैथुनका कारण नै गर्भवती भएको बताए। जुन कुराले महिला आश्चर्यचकित थिइन् भने डाक्टरले यसको पछाडिको कारण यस्तो रहेको बताए। 

डाक्टरका अनुसार पेटमा भएको घाउका कारण शुक्रकिट गर्भाशयसम्म पुगेको हुनसक्छ। शुक्रकिट गर्भाशयसम्म पुग्नका लागि उच्च पिएचसहितको सलाइभाले मद्दत गरेको हुनुपर्छ।  छुरा प्रहारपछि महिलाको सर्जरी भएको थियो त्यसबखत पेट खाली थियो। अर्थात महिलाको शरीरमा एसिड निर्माण भएको थिएन। यदि एसिड निर्माण भएको भएको भए शुक्रकीट गर्भाशयसम्म पुग्ने थिएन। 

यो रिपोर्ट ब्रिटिस जर्नल अफ अब्सटेट्रिक्स एन्ड गाइनोकोलोजीमा ‘ओरल कन्सेप्सनः इम्प्रिग्नेसन भिया प्राक्सिमल गेस्ट्रोइन्टेस्टाइनल टेक्स्ट इन पेसेन्ट विथ एन एप्लास्टिक डिस्टल भेजाइना’ नामबाट प्रकाशित भएको थियो। यस रिपोर्टलाई चर्चित मेडिकल जर्नल द लेन्सेटले समेत प्रकाशित गरेको थियो। 

संसारमा यो मात्र अचम्मित पार्ने एउटा घटना होइन। यस्तै, एक महिलाको महिनावारी हुँदा आँखाबाट रगत निस्कने घटनासमेत प्रकाशमा आएको थियो। त्यस्तै एक जना पुरुषको दिशागर्ने समयमागोडामा कुनै किसिमको चेतना नहुने र प्यारालाइज्ड भएजस्तो हुने समस्या भएको अर्को एक रिपोर्ट बाहिर आएको थियो। 

Logo