के तपाईंलाई थाहा छ?, २७० वर्षपछि सूर्यले देखाउँदैछ आफ्नो प्रचण्ड रुप

के तपाईंलाई थाहा छ?, २७० वर्षपछि सूर्यले देखाउँदैछ आफ्नो प्रचण्ड रुप


अन्तरिक्ष विशेषज्ञले बितेका केही वर्षमा धेरै नै प्रगति गरेका छन्। ब्रह्माण्डको धेरै रहस्य जान्नमा मनुष्य सफल भएको छ । केही रहस्य सुल्झाउनमा मनुष्य लागि परिरहेको छ । तर, सौर्य मण्डलको महत्वपूर्ण सदस्य सूर्यका बारेमा भने धेरै जानकारी छैन। 

विशेषज्ञका अनुसार सात वर्ष शान्त रहेपछि सूर्यले अब आफ्नो प्रचण्ड रुप देखाउँदैछ । यानेकी अब प्रचण्ड गर्मी हुनसक्छ। सयौं वर्षपछि सूर्यले आफ्नो यस्तो रुप देखाउने अनुमान गरिएको हो। जुन पृथ्वी तथा यहाँका वासिन्दाका लागि भने पक्कै पनि राम्रो खबर होइन। 

सूर्यको चरण करिब एघार वर्षमा आउने जाने हुन्छ । यस चरणको सम्बन्ध सूर्यको आन्तरिक चुम्बकीय गतिविधिसँग हुने गर्छ । अक्सर गरेर यसले सनस्पट वा सोलार फ्लेयरबाट धोका खाने गर्छ । वैज्ञानिकहरु यस समय सूर्यको प्रचण्ड तापका बारेमा नियालिरहेका छन् । यदि यसो भएका खण्डमा यो पृथ्वीका लागि भने कष्टकर हुनेछ । 

वैज्ञानिकको अनुमान अनुसार सूर्यको ताप प्रचण्ड भएका खण्डमा हाम्रा पावर ग्रिड तथा संचार प्रणाली ध्वस्त हुन सक्छ । हालको आधुनिक सभ्यताका लागि आवश्यक सबै प्रविधिमाथि पनि ठूलो नोक्सानी हुन सक्नेछ । यहाँसम्म कि पृथ्वीमा रहेका मानिस तथा रोबोटिक मिशन पनि यसबाट प्रभावित हुनेछ । तर पनि हाम्रो सौर्य मण्डलको जटिलता बुझ्न भने त्यति सहज छैन। 

आगामी सौर्यचक्र यानेकी सोलार साइकल सन् २०२५ सम्म चरम हुने अनुमान विशेषज्ञको छ । यस दौरान नासाले लगातार पार्कर सोलार प्रोबको अध्ययनमा लागि परेको छ । युरोपीय स्पेस एजेन्सीको सोलार अर्बिटर पनि सूर्यको वरपर घुमिरहेको अनुमान गरिएको छ। जसबाट केही जानकारी हासिल हुने पनि आशा गरिएको छ। 

सन् २०२४ मा पर्न गएको खग्रास सूर्य ग्रहणले पनि ब्रह्माण्डको अद्भुत रहस्यको बारेमा रुचि राख्नेलाई यसले अझै रोमाञ्चित पनि बनाउनेछ। 

अघिल्लो सोलार साइकलका बारेमा सेप्टेम्बर २०२० मा भविष्यवाणी गरिएको थियो कि चक्र २५ को असर एकदमै नगण्य हुनेछ। तर, अन्य सौर्य चक्र विशेषज्ञ भने एक अलग्गै नाटकीय परिणामको बारेमा भनिरहेका थिए। उनीहरुका अनुसार सन् १७५५ पछि यो सबैभन्दा शक्तिशाली चक्र हुनेछ। युनिभर्सिटी अफ मेरिल्याण्ड तथा उनका खोजकर्ता साथी भने यो निष्कर्षमा पुगेका थिए। उनीहरुले यसलाई टर्मिनेटरको नाम दिएका छन् । 

यस सोलार साइकलले पृथ्वीमा धेरै नै नोक्सान पुर्याउने अनुमानसमेत गरिंदैछ । सनस्पटका कारण भयंकर विष्फोट हुन सक्नेछ । जसलाई सोलर फ्लेयर्स पनि भनिन्छ । यसले अन्तरिक्षमा विकिरण तथा चार्ज कण फैलन सक्नेछ, जसलाई कोरोनल मास इजेक्सन coronal mass injections (CMEs)  भनिन्छ । यदि धेरै मात्रामा कोरोनल मास इजेक्सन पृथ्वीसँग ठोकिन पुगेमा विनाशकारी जियोम्याग्नेटिक तुफान पनि आउन सक्नेछ। 

सन् १८५९ मा सोलार साइकल १० को दौरान यस्तै तुफान आएको थियो । क्यारिंगटन इफेक्ट नाम गरेको यस घटनाले त्यसबेला टेलिग्राफ सेवालाई नराम्रो असर पुर्याएको थियो।

Logo