चिनियाँ चन्द्रयानले अन्तरिक्षबाट पठायो पृथ्वी र चन्द्रमाको सुन्दर तस्बिर

चिनियाँ चन्द्रयानले अन्तरिक्षबाट पठायो पृथ्वी र चन्द्रमाको सुन्दर तस्बिर


चिनियाँ चन्द्रयान चाँग इ–५ ले गएको वर्ष चन्द्रमाबाट संकलन गरेको चट्टानको नमूना पृथ्वीमा पठाएको छ। तर, यान भने अहिले पनि डिप स्पेश काम गरिरहेको छ। 

डिसेम्बरमा चाँग इ–५ ले एउटा क्याप्सुल पृथ्वीमा पठायो र यान भने अन्तरिक्षमा पृथ्वीबाट १५ करोड किमी टाढा सूर्यतर्फ गयो । यान जुन स्थानमा पुगेको छ उक्त स्थान गुरुत्वाकर्षणको हिसाबले सन्तुलित मानिन्छ। यहाँबाट यानले चन्द्रमा तथा पृथ्वीको एउटा सुन्दर तस्बिरसमेत पठाएको छ । 

चाँग इ–५ यान हाल कक्षमा रहेर पृथ्वी तथा सूर्यसँग सम्बन्धित प्रयोग गरिरहेको छ । जुन भविष्यमा हुने अभियानका लागि प्रयोग गरिने अनुमान गरिनेछ । 

यानले पठाएको तस्बिरमा पृथ्वी तथा चन्द्रमा एकसाथ देखिएको छ । पृथ्वी हल्का निलो रंगको बल जस्तो देखिएको छ भने चन्द्रमा भने एउटा कालो धब्बा जस्तो देखिएको छ । पछाडि भने अन्तरिक्ष कालो देखिएको छ । 

चाँग इ–५ भन्दा पहिले रुसको लुना २४ यान सन् १९७६ को २२ अगष्टमा चन्द्रमाको सतहमा अवतरण गरेको थियो । उक्त समयमा लुनाले चन्द्रमाको माटो लिएर फर्केको थियो। चीनको दुई वटा यान पहिलेदेखि नै चन्द्रमाको सतहमा रहिरहेका छन्। जसमा चाँग इ–३ नामक स्पेशक्राफ्ट सन् २०१३ मा चन्द्रमाको सतहमा पुगेको थियो । जबकि सन् २०१९ मा चाँग इ–४ यान चन्द्रमाको सतहमा ल्याण्डर तथा युटु–२ रोभरको साथ अवतरण गरेको थियो। 

चीनको अन्तरिक्ष यानलाई चन्द्रमामा पुर्याउनका लागि लंग मार्च–५ रकेटको प्रयोग गरिएको थियो। उक्त रकेट तरल मट्टितेल तथा तरल अक्सिजनका माध्यमबाट चल्ने गथ्र्यो । चीनको उक्त रकेट १८७ फिट लामो तथा ८७० टन तौल भएको थियो।

Logo