कतै छ त दोस्रो पृथ्वी अर्थात् मानव जीवन?, यस्तो छ वैज्ञानिक खोज

कतै छ त दोस्रो पृथ्वी अर्थात् मानव जीवन?, यस्तो छ वैज्ञानिक खोज


वैज्ञानिकहरुको निरन्तर खोज के पृथ्वी बाहिर जीवन छ भन्नेमा रहिआएको छ। तर, हालसम्म यसका बारेमा कुनै ठोस आधार वा सूचना प्राप्त भएको छैन । 

कुनै दिन ब्रम्हाण्डको कुनै कुनामा जीवन रहेको संकेत भेटियो र त्यसको धमिलो मात्र भए पनि तस्बिर लिन सकेको खण्डमा त्यो हालसम्मकै सबैभन्दा ठूलो खोज हुनेछ भने त्यसले मानवजातीको पूरै इतिहाससमेत बदल्नेछ। 

यस्ता ग्रह तथा उपग्रहको खोजी जारी छ जो पृथ्वी जस्तै छन् । तर, त्यहाँ अहिलेसम्मको खोजमा जीवनको कुनै संकेत भने प्राप्त भएको छैन। यदि त्यहाँ जीवनको संकेत भेटिएको छ भने यसलाई पृथ्वीको जुम्ल्याहा ग्रह वा पृथ्वी–२ नाम दिने वैज्ञानिकको सोच रहेको छ। 

तर, हालसम्म जीवन भएका यस्ता एक्सोप्लानेटको कुनै झलक भने प्राप्त भएको छैन। वैज्ञानिकहरु के कुरामा आशावादी छन् भने हाल जीवन नभएका भनिएका यस्ता मृत ग्रहहरुमा पनि भविष्यमा गएर जीवनको विकास हुनसक्छ। कराडौं वर्ष पहिले पृथ्वीलाई पनि जीवन नभएको मृत ग्रह नै मानिन्थ्यो। 

एक्सोप्लानेट भनेर त्यस्ता ग्रहलाई भनिन्छ जो पृथ्वीसँग मिल्दोजुल्दो हुन्छन्। अर्थात् जसले पृथ्वीले जस्तै तारालाई परिक्रमा गरिरहेको अनि पानी तथा बादल अनि वायुमण्डल रहेको साथै सौर्यमण्डलको हेबिटेबल स्थितिमा रहेको होस्। 

मेरिल्याण्डको ग्रिनबेल्टमा नासाको गोडार्ड स्पेश फ्लाइट सेन्टरका खगोलविद् गिआडा अर्नेका अनुसार जसलाई पृथ्वी जस्तो मानिएको छ ती वर्तमानमा पृथ्वीभन्दा एकदमै भिन्न समेत हुन सक्छन् । उनले भने, कतै जीवन त छ तर, त्यसलाई हामी जीवन नै नठान्न सक्छौं । यस्तोमा हामीले के जीवनको बारेमा पहिचान गर्न सक्छौं त जसलाई हामीले जीवन भनेर जानेका नै छैनौं। यस्तो परिस्थितिमा ठूलो प्रश्न खडा हुन्छ, के हामी ब्रम्हाण्डका एक्लो सृष्टी हौं त ? 

जब हामी पृथ्वी जस्तो कुनै ग्रहमा जीवन खोजिरहेका छौं भने हामीले ग्रहको विकासको चरणलाई मध्यनजर गर्नुपर्ने हुन्छ । कुनै एक चट्टानी ग्रहमा जीवन भर्खर विकसित गरेको पनि त हुनसक्छ । जसको वातावरण नौरंगी धुलोको चपेटामा परेको पनि हुनसक्छ। जस्तो कि पृथ्वीमा करोडौं वर्ष पहिले भएको थियो। 

पृथ्वी पनि त लाखौं लाख वर्षसम्म त बस्न लायक थिएन नि । यस्ता अनेकौं ग्रह छन् जसको वातावरण कि त एकदमै गर्मी कि एकदमै ठण्डी। पृथ्वी जस्तै यस्ता ग्रहमा पनि विस्तारै जीवनको प्रादूर्भाव पनि हुनसक्छ । तर, यसका लागि कति समय लाग्छ भन्ने कुरा भने अज्ञात छ। 

वैज्ञानिकहरु के कुरामा आशावादी छन् भने हाल जीवन नभएका भनिएका यस्ता मृत ग्रहहरुमा पनि भविष्यमा गएर जीवनको विकास हुनसक्छ। कराडौं वर्ष पहिले पृथ्वीलाई पनि जीवन नभएको मृत ग्रह नै मानिन्थ्यो। 

धेरै आशा गरिएको मंगल ग्रहका बारेमा कुनै समय यो एकदम तातो अनि रसिलो ग्रहका रुपमा पनि रहेको हुनुपर्छ । उक्त समयमा जीवन विकसित भएको पनि हुनुपर्छ । तर, हाल भने यो एकदमै सुक्खा, चिसो तथा मृत ग्रहको रुपमा रहेको छ । 

यसका अलावा बृहस्पति ग्रहको चन्द्रमा युरोपालाई सम्भावित जीवन हुनसक्ने उपग्रहको रुपमा मानिएको छ । जसको हिउँको सतह मुनि जीवन रहेको हुनसक्ने अनुमानसमेत गरिन्छ। 

त्यस्तै शनि ग्रहको चन्द्रमा एन्सेलेड्सलाई पनि यसै प्रकृतिको उपग्रह मानिन्छ । शनि ग्रहको अर्को चन्द्रमा टाइटनमा पनि जीवनको संकेतको सम्भावना देखिन्छ। किनकि त्यहाँ झरना तथा नदीहरु रहेका छन् । तर, यसमा पानी नभएर मिथेन तथा इथेनको मिश्रण पाइन्छ। 

वैज्ञानिकले हाम्रो आकाशगंगामा चार हजार यस्ता एक्सोप्लानेट रहेको पुष्टि गरेका छन् । यसमा अधिकांश ग्रह पृथ्वीको आकार समानका चट्टानी ग्रह मानिन्छ । आउने दिनमा यस्ता अन्य हजारौं ग्रहको खोजी हुने अनुमान गरिन्छ । तर, यी ग्रहमा गएर बस्नुको लाभ त्यसबेला रहन्छ जब यी पृथ्वीको गुणसँग मेल खाने खालका रहन्छन्। 

अर्थात् यी ग्रहको आकार पृथ्वी जत्रो अनि सूर्य जस्तो ताराको परिक्रमा गर्ने, हाम्रो दिन बराबरको दिन भएको जस्तो भएमा यस्ता ग्रहमा बसाइ सराइ सम्भव देखिन्छ। तर, हेर्दै जानुछ यस्तो ग्रह खोज्नमा वैज्ञानिकले कति समय लगाउनेछन्। 

Logo