१० असोज २०७८ आइतबार

0 Shares

‘फेसन’ को इतिहास र विज्ञानः जब पुरुषहरूले ‘हाइ हिल’ लगाउँथे

सुन्दा अचम्म लाग्न सक्छ, तर ‘हाइ हिल’ को आविष्कार पुरुषहरूका लागि एकदमै व्यवहारिक प्रयोजनका लागि भएको थियो। घोडामा सवार पर्सियाका सेनाहरूले ‘हाइ हिल’ लगाउने गर्थे। 

घोडामा सवार मानिसले खुट्टा राख्नका लागि प्रयोग हुने ‘स्टिरअप’ मा स्थिर भएर उभिनका लागि ‘हाइ हिल’ सहयोगी हुने गथ्र्यो। यस किसिमको स्थिरताले युद्धको समयमा दुश्मनमाथि भाला र तीर प्रहार गर्न सजिलो हुने गथ्र्यो। ‘हिल’ को यस किसिमको प्रयोग ‘काउबोय बुट’ मा अहिले पनि पाइन्छ। 

समय बित्दै जाँदा युरोपका कुलिनहरूको जुत्तामा ‘हाइ हिल’ को प्रयोग हुन थाल्यो। सत्रौँ शताब्दीमा आएर मात्रै ‘हिल’ लाई महिलाहरूसँग जोडेर हेर्न थालियो र ‘हिल’ महिलाहरूको पहिरन बन्न पुग्यो।

२०औँ शताब्दीसम्म ‘हिल’हरू भद्दा हुने गर्थे। दोस्रो विश्वयुद्धपछि ‘हिल’ को उत्पादनमा विमान निर्माणको प्रविधी र सामग्रीको प्रयोग हुन थाल्यो, जसले अग्लो र पातलो ‘स्टिलेटो हिल’ जन्मायो। अग्लो र पातलो हिलका लागि पातलो धातुको टुक्रा आवश्यक हुन्छ, जुन मानिसको तौल थाम्नेगपरि बलियो तर हिँड्न सहज हुने गरी लचक होस्। 

जुत्ता उत्पादक र प्रयोगकर्ता दुवै अग्लो तर सहज ‘हिल’ को खोजी गर्छन्। ‘हाइ हिल’ ले जमिनसँग बनाउने कोण घटाउने प्रयासमा उत्पादकहरू लागिपरेका हुन्छन्, जसले शरीरको अधिकतम तौल शरीरको अघिल्लो भागमा केन्द्रित गर्छ। जुत्ता डिजाइन गर्ने हिल लगाउँदा हुने दुखाइलाई कम गर्न केही निर्माताले ‘फोम’ को प्रयोग गर्छन्। फोमको प्रयोगबाट पैतालाले आड पाउँछ र केन्द्रित हुन पुगेको तौल समानरूपमा फैलिन पाउँछ। 

अन्य केही ‘हिल’ निर्माता हिलको मध्य भागलाई गहिरो बनाउँछन्, जसलाई ‘हिल कप’ भनिन्छ। यस्तो कपले खुट्टालाई जुत्ताको भित्तामा च्यापिएर फोका उठ्नबाट जोगाउँछ। सबैको खुट्टा एकनास नहुने भएकाले उत्पादित ‘साइज’सँग मेल नखाने पनि हुन सक्छ। यस समस्यालाई ‘हिल’ को ढल्केको कोणले त्यसको ‘साइज’मा परिवर्तन ल्याई झन जटिल बनाइदिन्छ। हिलबाट हुने समस्यालाई न्यूनिकरण गर्न अन्य विभिन्न उपायहरूको प्रयोग हुँदै आएको छ। 

(‘द इकोनमिस्ट’ को ‘१८४३ म्यागजिन’ बाट अनुवादित)

प्रकाशित: १७ साउन २०७८ १३:३४ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी