वैज्ञानिक भन्छन्-‘प्राणी लोप हुनुमा अक्सिजन घट्नु मात्र नभई बढ्नुको पनि भूमिका छ’

वैज्ञानिक भन्छन्-‘प्राणी लोप हुनुमा अक्सिजन घट्नु मात्र नभई बढ्नुको पनि भूमिका छ’


पृथ्वीमा अक्सिजनको मात्रा घट्नु र प्राणीहरू लोप हुनुबीच सम्बन्ध रहेको वैज्ञानिकहरूले बताउँदै आएका थिए। तर, नयाँ अध्ययनले भने अक्सिजनको मात्रा बढ्दा पनि प्राणी लोप भएको इतिहास रहेको पत्ता लगाएका छन्। 

‘नेचर जियोसाइन्स’ मा प्रकासित सन न्युबीको नेतृत्वमा भएको एक अध्ययनले आकस्मिकरूपमा अक्सिजनको मात्रा घट्नु एवम् बढ्नु दुवै प्रक्रिया र जनावरको लोप हुने प्रवृत्तिबीच सम्बन्ध रहेको निष्कर्ष निकालेको छ। जनावर लोप गराउने खालको अक्सिजन वृद्धि लाखौँ वर्षको अन्तरालमा भए पनि त्यो समयावधी भौगोलिक गणनामा ‘आकस्मिक’ नै भएको वैज्ञानिकहरू बताउँछन्। 

यस किसिमको आकस्मिक अक्सिजन वृद्धिको वास्तविक कारण यकिन नभए पनि लाखौँ वर्षसम्मको ज्वालामुखी विस्फोटनपछिको चिसिने समयमा समुद्रि अक्सिजनको मात्रामा आकस्मिक वृद्धि आई फेरि घटेको वैज्ञानिकहरूको ठम्याइ छ। 

अक्सिनको दीर्घकालीन घटाइभन्दा पनि आकस्मिक वृद्धि र कमीका कारण प्राणीहरू लोप भएको ती वैज्ञानिकहरूको बुझाइ रहेको छ। यसरी आकस्मिकरूपमा अक्सिन घट्दा र बढ्दा प्राणीहरूले त्यसै अनुसार आफूलाई अनुकूलन गर्न नसक्दा लोप भएको अध्ययनमा संलग्न वैज्ञानिक बताउँछन्। 

अमेरिकाको फ्लोरिडा स्टेट विश्वविद्यालय, वेस्टर्न क्यारोलाइना विश्वविद्यालय, र सिनसिनाटी विश्वविद्यालयका वैज्ञानिकहरू उक्त अध्ययनमा संलग्न थिए।

Logo