के कोरोना खोपले रगत जम्छ?, वैज्ञानिकहरूकाे अनुसन्धानले के भन्छ?

के कोरोना खोपले रगत जम्छ?, वैज्ञानिकहरूकाे अनुसन्धानले के भन्छ?


अक्सफोर्ड युनिभर्सिटी तथा फर्मा कम्पनि एस्ट्रोजेनिकाद्वारा तयार गरिएको खोपले रगत जम्ने कारण जर्मनीका वैज्ञानिकले पत्ता लगाएका छन्। वैज्ञानिकले पत्ता लगाएको यस कारणका बारेमा अक्सफोर्ड तथा एस्ट्रोजेनिकाका भ्याक्सिन वैज्ञानिकले जाँच सुरु गरेका छन्। 

फ्रयाँकफर्टको गोथे युनिभर्सिटीका प्रमुख वैज्ञानिक प्रोफेसर रोल्फ मार्सचालेकका अनुसार एडिनोभाइरस प्रविधिमा बनेको एस्ट्रोजेनिकाको खोप मानिसको सेल फ्ल्युडमा नगइ न्यूक्लियसमा गइरहेको छ। जसका कारण न्यूक्लियसमा भाइरसले आफ्नो लागि प्रोटिन बनाउन सुरु गरिरहेको छ। यो नै खोप लगाएपछि रगत जम्ने समस्याको प्रमुख कारण हो। 

कोशिकाभित्र एउटा यस्तो संरचना हुन्छ, जसमा उक्त कोशिकासँग सम्बन्धित सबै जेनेटिक सूचना एकत्रित हुन्छ। न्यूक्लियसभित्र पाइने डिएनए अनुसार नै उक्त कोशिकासँग सम्बन्धित अलग अलग प्रकारको प्रोटिनको निर्माण शरीरभित्र भइरहेको हुन्छ। हरेक कोशिकाको आफ्नै न्यूक्लियस हुन्छ। 

प्रोफेसर राल्फका अनुसार जुन कारणले रगत जम्ने गरेको छ त्यसमा आवश्यक परिवर्तन गरेर उक्त समस्यालाई रोक्न सकिन्छ। यसबाहेक कुन उमेर समूहका मानिसमा यो समस्या देखिएको छ, त्यसका बारेमा थप अध्ययनसमेत गर्न सकिनेछ। 

एडिनोभाइरसको जीवन चक्र नियाल्ने हो भने उसको जीवनको शुरुवात नै कोशिकालाई संक्रमित बनाएर हुने गरेको पाइन्छ। यसपछि एडिनोभाइरस न्यूक्लियसमा प्रवेश गरेर आफ्नो डिएनए न्यूक्लियसमा मिलाइदिन्छ। अनि मानव शरीरको कोशिकाको निर्माण प्रक्रियालाई उपयोग गर्न थाल्छ, जसका कारण समस्या उत्पन्न हुने गरेको छ। 

Logo