वैज्ञानिकहरु भन्छन्, ‘मान्छेको अधिकतम आयु १५० वर्ष’

वैज्ञानिकहरु भन्छन्, ‘मान्छेको अधिकतम आयु १५० वर्ष’


मान्छेको औसत आयु देश अनुसार फरक फरक छ। यसमा विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाहरुले आफ्नै प्रकारले निर्धारण गर्ने गरेको पाइन्छ। 

तर, मान्छेको अधिकतम आयु कति हो, यसबारेमा सबैलाई जिज्ञासा हुन सक्छ। वैज्ञानिकले यसको उत्तर खोजेका छन्। उनीहरुका अनुसार मान्छेको अधिकतम आयु १५० वर्ष हो। वैज्ञानिकले मान्छेको अधिकतम आयुको बारेमा जानकारी दिने एउटा एप नै विकसित गरेका छन्। 

यस अध्ययनमा अमेरिका तथा बेलायतका हजारौं स्वयंसेवकले भाग लिएका छन्। बायोलोजी तथा फिजिक्सका विशेषज्ञले यसका लागि आर्टिफिसियल इन्टिलिजेन्स अर्थात एआइमा अत्यधिक मात्रामा डिएनए तथा चिकित्सा डाटा एकत्रित गरेका छन्। यसबाट उनीहरुले एआइ ड्राइभन आइफोन एप बनाएका छन्। 

जसको नाम The Maximum Potential Human Lifespan Is Currently About  (द म्याक्सिमम पोटेन्सियल ह्युमन लाइफस्पान इज करेन्ट्ली अबाउट) रहेको छ। यसका प्रयोगकर्ताले सामान्य जानकारी मात्र दिएपछि एपले बायोलजिकल उमेर तथा अधिकतम आयुको बारेमा सटिक अनुमान लगाउने गरेको पाइएको छ। 

अध्ययनका अनुसार मानिसको आयु निर्धारण गर्ने दुई महत्वपूर्ण कारण छन्। पहिलो उसको जीवनशैली तथा अर्को भनेको उसको शरीरले जनाउने प्रतिक्रिया अर्थात् शरीरले कुनै कुरालाई कसरी रेस्पोन्ड गर्छ भन्ने नै मुख्य हो। 

यसो हेर्दा मानिसको उमेर कति हो भन्ने कुरा मानिसले लिने तनाव, जीवनशैली तथा उसलाई लाग्ने बिमारीले निर्धारण गर्छ । अर्को महत्वपूर्ण कुरा भनेको पहिलेको कारणबाट सामान्य स्थितिमा फर्कनका लागि शरीरले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने पनि मूख्य हो। 

मानिसका बारे यी सबै कुराको अध्ययनपछि वैज्ञानिकहरु के निष्कर्षमा पुगेका छन् भने मानिसको अधिकतम आयु भनेको १५० वर्ष मात्र हो। 

वैज्ञानिकको टिमले यस खोज ब्लड स्याम्पलको माध्यमबाट गरेका हुन्। सिंगापुरस्थित बायोटेक कम्पनी तथा न्युयोर्कको रोजवेल पार्क कम्प्रिहेन्सिभ क्यान्सर सेन्टरको टिमले यसको विश्लेषण गरेको हो। 

शोधकर्ताले डाइनामिक अर्गानिज्म स्टेट इन्डिकेटर अर्थात्  DOSI नामक उपकरणको प्रयोगद्वारा मान्छेको अधिकतम आयुको अध्ययन गरेका हुन्। जसमा उमेर, बिमारी, जीवनशैली जस्ता कुरामा ध्यान दिइएको थियो । यसबाट उसको शरीर कति लचकदार तथा कुनै चोट वा बिमारीबाट कति छिटो निको हुन्छ भन्नेसमेत पत्ता लाग्छ।

Skip This
Logo