यस्ता छन् संसारका १० उत्कृष्ट एयरपोर्ट (फोटोफिचर)

यस्ता छन् संसारका १० उत्कृष्ट एयरपोर्ट (फोटोफिचर)


स्काइट्रयाक्सले हरेक वर्ष संसारकै उत्कृष्ट एयरपोर्टहरूको सूची सार्वजनिक गर्छ। पछिल्लो एक दशकदेखि पहिलो स्थानमा रहँदै आएको सिंगापुरको चांगी एयरपोर्ट सन् २०२१ का लागि स्काइट्रयाक्सले तयार गरेको उत्कृष्ट एयरपोर्टको सूचीमा तेस्रो स्थानमा झरेको छ। यात्रुहरूमाथि सर्वेक्षण गरेर स्काइट्रयाक्सले यो सूची तयार गर्ने गर्छ। 

त्यसो भए सन् २०२१ का उत्कृष्ट एयरपोर्टको सूची कस्तो छ त? कस्ता छन् ती एयरपोर्ट? यात्रा र पर्यटनमा चासो हुनेका लागि यस्ता कौतुहल हुने गर्छन्। यस्ता छन् स्काइट्रयाक्सको उत्कृष्ट सूचीमा परेका एयरपोर्टः

१. हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट 

कतारको राजधानी दोहामा अवस्थित यो एयरपोर्ट संसारकै आकर्षक एवम् सम्पन्न एयरपोर्ट मानिन्छ। यो कतार एयरवेजको ‘हब एयरपोर्ट’ पनि हो। 

२. टोकियो हानेडा एयरपोर्ट 

जापानको राजधानी टोकियोमा अवस्थित हानेडा एयरपोर्ट संसारकै व्यस्त एयरपोर्टमध्ये पर्छ। टोकियो सहरको केन्द्रबाट ३० मिनेट दक्षिणतर्फ रहेको यो एयरपोर्टमा तीनवटा टर्मिनल रहेका छन्। 

३. सिंगापुर चांगी एयरपोर्ट

यात्रुहरूको सन्तुष्टिमा कुनै पनि सम्झौता नगर्ने सिंगापुर चांगी एयरपोर्ट ८ वर्षसम्म विश्वकै उत्कृष्ट एयरपोर्ट कहलिएकोमा हाल तेस्रो स्थानमा परेको छ। यो एयरपोर्ट दक्षिणपूर्वी एसियाकै सबैभन्दा व्यस्त एयरपोर्ट हो। 

४. इन्चन अन्तर्राष्ट्रिय एयरपोर्ट 

दक्षिण कोरियाको राजधानी सियलमा रहेको इन्चन अन्तर्राष्ट्रिय एयरपोर्ट पनि संसारकै व्यस्त एयरपोर्टमध्ये पर्छ।

५. टोकियो नारिता एयरपोर्ट 

उत्कृष्ट १० मा पर्न सफल अर्को जापानी एयरपोर्ट हो टोकियो नारिता एयरपोर्ट। जापानको ग्रेटर टोकियो एरियामा रहेको यो एयरपोर्ट जापान एयरवेज र अल निप्पन एयरवेजको हब एयरपोर्ट हो। 

६. म्युनिख एयरपोर्ट

यो एयरपोर्ट जर्मनीको दोस्रो व्यस्त एयरपोर्ट एवम् लुफ्थान्जा जर्मन एयरलाइन्सको ‘सेकेन्डरी हब’ हो। १५० भन्दा बढी स्टोर र खानपिउनका लागि ५० भन्दा बढी स्थानसहित यो एयरपोर्ट एक एयरपाेर्टभन्दा पनि ‘सिटी सेन्टर’ जस्तो छ। 

७. ज्युरिक एयरपोर्ट 

यो स्वीजरल्यान्डको सबैभन्दा व्यस्त एयरपोर्ट हो। केन्द्रिय ज्युरिकभन्दा १२ किलोमिटर टाढा रहेको यो एयरपोर्ट स्वीस इन्टरनेसनल एयरलाइन्सको हब एयरपोर्ट पनि हो। 

८. लण्डन हिथ्रो एयरपोर्ट 

ब्रिशि एयरवेज र भर्जिन एटलान्टिक एयरवेजको हब यो एयरपोर्ट संसारकै व्यस्त एयरपोर्टमध्ये एक हो। यस एयरपोर्टमा रहेका चार पेसेन्जर टर्मिनलमध्ये हाल दुई मात्रै सञ्चालनमा छन्।  

९. कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्ट 

उत्कृष्ट १० को सूचीमा पर्ने तेस्रो जापानी एयरपोर्ट हो कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्ट। चौबिसै घण्टा आन्तरिक र बाह्य उडान सञ्चालन हुने कान्साइ एयरपोर्ट अहिले जापानका लागि महत्वपूर्ण अन्तर्राष्ट्रिय हब भएको छ। 

१०. हङकङ अन्तर्राष्ट्रिय एयरपोर्ट 

हङकङ अन्तर्राष्ट्रिय एयरपोर्ट संसारकै ठूलो ‘पेसेन्जर’ एवम् ‘कार्गो’ एयरपोर्टमध्ये एक हो। यो एयरपोर्ट क्याथे प्यासिफिक एयरवेजको ‘हब’ पनि हो। 

(अनुवादः कुशल बस्नेत/ तस्विरहरूः विकिपिडिया)

Logo