मानिसले जसरी नै एकअर्कालाई अभिवादन गर्छन् चिम्पान्जी

मानिसले जसरी नै एकअर्कालाई अभिवादन गर्छन् चिम्पान्जी


अभिवादन सभ्यताका विभिन्न चरण पार गरेर आएका मानिसहरूको व्यवहारमा मात्रै रहँदै आएको मानिएको थियो। 

‘आइसाइन्स’ जर्नलमा प्रकासित एक अध्ययनका अनुसार यो व्यवहार चिम्पान्जी र ‘एप’ जातिका अन्य जनावरमा पनि हुने गर्छ।

अध्ययनकर्ताले १२ सय चिम्पान्जी र बोनोबो (एप जातिका बाँदरका दुई प्रजाति) माथि गरेको अध्ययनबाट एकअर्कासँगको अन्तर्क्रियाको क्रममा उनीहरूले मानिसहरूले झैँ इशारा र संकेतको प्रयोग गर्ने गरेको पत्ता लागेको हो। त्यस्ता इशारा र संकेतमा एक अर्कालाई छुनु, हात समात्नु र टाउको ठोकाउनु पर्ने सो अध्ययनले देखाएको छ। 

उक्त अध्ययनका अनुसार खेल्नुभन्दा अगाडि बोनोबोले ९० प्रतिशत मामलामा अभिवादन गर्ने गरेको र चिम्पान्जीले ६९ प्रतिशत मामलामा अभिवादन गर्ने गरेको पाइयो। उनीहरूले भेट सुरु हुँदा र अन्त्य हुँदा एकअर्कालाई अभिवादन गर्नु नम्रताभन्दा बढी नै भएको वैज्ञानिकहरूको ठम्याइ छ। 

चिम्पान्जीहरूबीच त्यस किसिमका एकीकृत प्रतिबद्धता बाध्यताभन्दा पनि सहमति र सहमति जनाएअनुसारको काम भएपछिको सौहार्दपूर्ण व्यवहारमा आधारित भएको देखाएकाले सो अध्ययन विगतका अध्ययनहरूभन्दा फरक छ। 

साथै शक्ति सन्तुलनले पनि कसले कसलाई कत्तिको अभिवादन गर्छ भन्ने अध्ययनकर्ताहरूको निष्कर्ष रहेको छ। 

(सिएनएनको सहयोगमा, फोटोः डिस्कभर म्यागजिन)

Logo