जानी राखाैंः रावण विद्वान पनि थिए, तर उनका सबै योजनाहरू पूरा भएनन्

जानी राखाैंः रावण विद्वान पनि थिए, तर उनका सबै योजनाहरू पूरा भएनन्


लंकाधिपति रावण विद्वान् थिए। उनमा अपरिमित शक्ति र बुद्धि थियो। दशानन रावण ब्राह्मण कुलमा जन्मिएका रावण स्वयं ज्ञानी थिए। तर शक्तिको अहंकारका कारण उनले परस्त्रीहरणजस्तो गलत कार्य गरे र अन्ततः रामको हातबाट मारिए। असामयिक मृत्युवरण गर्नुपरे पनि उनको ख्याति त्यतिबेलासम्म निकै चुलिइसकेको थियो। उनले थुप्रै असाधारण काम गरिसकेका थिए। के के छन् त उनका काम ?

१. शिवताण्डव स्तोत्र रचना– शिव ताण्डव स्तोत्रका रचयिता रावण हुन्। उनले आफ्ना आराध्य देवाधिदेव महादेवको स्तुति गर्न यसको रचना गरेका हुन्।

२. रावण संहिता–यसमा ज्योतिषसम्बन्धी महत्वपूर्ण जानकारी छन् साथै यसले रावणको जीवनका सम्पूर्ण कुराहरूको जानकारी प्रदान गर्छ।

३. चिकित्सा एवं तन्त्र विषयक अद्भुत ग्रन्थ रचना–रावणले चिकित्सा तथा तन्त्रसम्बन्धी अद्भुत ग्रन्थहरू दश शतकात्मक अर्कप्रकाश, दश पटलात्मक उड्डीसतन्त्र, कुमारतन्त्र र नाडी परीक्षाको रचना गरेका छन्।

४.अन्य ग्रन्थ–रावणले अरुण संहिता, अंक प्रकाश, इन्द्रजाल, प्राकृत कामधेनु, प्राकृत लंकेश्वर, रावणीयम आदि पुस्तकहरूको रचना गरेका छन्।

५. रक्ष संस्कृति–भनाइ छ, रावणले सबैको रक्षा गर्नका लागि रक्ष संस्कृतिको स्थापना गरेका थिए। रावणले असंगठित राक्षस समाजलाई एकत्रित गरेर उनीहरूको कल्याणका लागि थुप्रै काम गरेका थिए।

६. रावणको वेधशाला–रावणको सेनामा शस्त्रास्त्रका ज्ञाता भार्गव शुक्रचार्य, शम्बूक, कुम्भकर्ण, वज्रज्वालाजस्ता थुप्रै वैज्ञानिक थिए। उनीहरूले दारू पञ्च अस्त्र, सूर्यहास, मकरमुख, आसि विषमुख, वाराहमुखजस्ता तत्कालीन समयका विध्वंशकारी अस्त्रहरू निर्माण गरेका थिए। रावण स्वयंले आफ्नो वेधशालामा दिव्य रथको निर्माण गरेका थिए।

७.रावणहस्त वीणा– यो एक वाद्य यन्त्र हो। यसलाई भायोलिनको पूर्वज मान्नेहरू पनि छन्। यसलाई पछि सारंगीका रूपमा विकसित गरिएको थियो।

८. विमानस्थल–रावणको वायुसेना पनि थियो। भनाइअनुसार पुष्पक विमान तथा अन्य विमान उडान अवतरणका लागि रावणको अधिकारमा उसानगोडा, गुरुलोपोथा, तोतूपोलाकन्दा र वारियापोला नामका विमानस्थल थिए।

९. जलपोत–रामायणका अनुसार रावणसँग वायुयानका साथै थुप्रै जलपोत पनि थिए। रामायणमा केवट प्रसंगबाट के थाहा हुन्छ भने सामान्य मानिससँग पनि डुंगा थियो, भनेपछि रावणजस्तो पराक्रमी महाराजासँग जलपोत हुनु स्वाभाविक हो।

१०.मधुमक्खी यन्त्र–लंकामा अहिले टेलिफोनजस्तो दूर नियन्त्रण यन्त्र थियो जसलाई मधुमक्खी यन्त्र भनिन्थ्यो। विभीषणले लंकाबाट निष्काशित गरिएपछि आफूसँग मधुमक्खी र दर्पण यन्त्रलाई पनि राम भएठाउँ लिइआएका थिए।

११. लिफ्ट–लंकामा यानन्त्रिक सेतु, यान्त्रिक ढोका र यस्ता चोतारा पनि थिए जो बटन थिचेपछि माथितल गर्थे । यी चौतारा सम्भवतः लिफ्ट थिए।

रावणका अधुरा योजनाहरू 

रावण सुनमा सुगन्ध ल्याउन र रक्सीबाट दुर्गन्थ हटाउन चाहन्थे। उनले स्वर्ग जाने सिँढी बनाउने, वृद्ध नमरी बालक नमर्ने व्यवस्था मिलाउने, समुद्रको पानी स्वादिलो बनाउने, हरेक मानिस गोरो हुने जस्ता योजना बनाएका थिए। असामयिक निधनका कारण उनका यी सपना समनामै सीमित रहे।

Logo