५० करोड वर्ष पुरानो जीवको दिमाग फेला

५० करोड वर्ष पुरानो जीवको दिमाग फेला


वैज्ञानिकहरूले आजभन्दा करिब ५० करोड वर्षअघि समुन्द्रमा बसेर शिकार गर्ने तीनवटा आँखा भएको जीवको दिमाग फेला पारेका छन् ।

अध्ययनकर्ताहरुले सो जिवाश्म बर्गेस शेल भनिने ठाउँमा भेट्टाएका हुन ।  
टोरन्टोको रोयल ओन्टारियो म्युजियमका अध्ययनकर्ताहरुले पृथ्वीको इतिहास जान्नका लागि अनुसन्धान गरिरहेका बेला यस्तो खोज आउनु आफैमा आश्चर्यको विषय मानेका छन् ।   

अध्ययनकर्ताहरुले यो जीव क्याम्ब्रियन कालको भएको बताएका छन् । ५० करोड वर्ष पुरानो जीवको मस्तिष्क प्राप्त गर्नु आफैमा एउटा ठूलो उपलब्धि मानेका छन् । यस अनुसन्धान पछि प्राचीन जनावरहरूको बारेमा अझै धेरै कुराहरु जान्न मद्दत पुग्ने अध्ययनकर्ताहरु बताउँछन् । यो अध्ययनले जीवहरूको विकास कसरी भयो भनेर बुझ्न मद्दत गर्ने कुरा बताइएको छ ।

यस जीवको शरीरमा काँडाका पंजाहरू थिए र अध्ययनकर्ताहरुले यो जीवको नाम स्ट्यानलिकेरिस हिर्पेक्स’ राखेका छन ।
जीवको जिवाश्म फेला पर्दा जीवाश्महरू पूर्ण रुपमा पाइएको थियो । जीवको मस्तिष्क, स्नायु प्रणाली र तेस्रो आँखा अझैसम्म संरक्षित थिए । पाईएको सो जीवका दुई आँखा सामान्य छन् भने तेस्रो आँखा दुई आखाँबीचको माथि रहेको छ । 
 

Logo