इजिप्टमा ४५ सय वर्ष पुरानो राजवंशीय सूर्य मन्दिर भेटियो

इजिप्टमा ४५ सय वर्ष पुरानो राजवंशीय सूर्य मन्दिर भेटियो


पुरातत्वविद्हरूले इजिप्टमा एउटा पुरानो सूर्य मन्दिर फेला पारेका छन् । 

यो सूर्य मन्दिर करिब ४५ सय वर्ष पुरानो भएको उत्खननकर्ता बताउछन् । उत्खनन स्थलबाट माटोबाट बनाईएका इट्टाले बनेको मन्दिरको भग्नावशेष र भाँडाकुँडाका टुक्राहरू फेला परेको छ । उत्खननकर्ताहरुका अनुसार यो इजिप्टको पाँचौं राजवंशको हराएको सूर्य मन्दिरहरू मध्ये एक मानिएको छ । 

इजिप्टका पुरातत्वविद्हरूका अनुसार यो मन्दिर ४५०० वर्ष पुरानो हो । इजिप्टको पाँचौं राजवंश २४६५ देखि २३२३ ईसा पूर्व सम्म चलेको थियो ।

यो मन्दिर कायरो स्थित दक्षिण अबुसिरमा राजा नुसेरेको मन्दिर मुनि पाइएको थियो । इजिप्टको पुरातात्विक वस्तु तथा पर्यटन मन्त्रालयले शनिबार ट्वीटमा  खोजबारे घोषणा गरेका हुन । 

उत्खनन टोलीले जमिनमुनि माटोका भाँडाहरु पनि फेला पारेको छन । यी भेटिएका भाडाकुडाहरुको बारेमा थप अनुसन्धान हुन बाकी छ ।

सो उत्खननका क्रममा पाँचौं वंशका राजाहरूको नाम लेखिएको केही टिकटहरू पनि फेला परेका छन् । पहिलो सूर्य मन्दिर १९औं शताब्दीमा पत्ता लगाइएको थियो, त्यसपछिको यो खोजलाई महत्वपूर्ण मानिएको छ । 

इतिहासकारहरुका अनुसार इजिप्टमा ६ वा ७ वटा यस्ता मन्दिरहरु थिए । जसमध्ये हालसम्म २ वटा मात्र भेटिएका छन् ।

Skip This
Logo