काे हुन् चन्द्रमामा एक एकड जमीन पाउने भाग्यमानी ?

काे हुन् चन्द्रमामा एक एकड जमीन पाउने भाग्यमानी ?


पृथ्वीमा नै जमीनको दाम बढेर किनि नसक्नु छ। त्यसमाथि चन्द्रमाको के होला, अहिले अनुमान मात्र गर्न सकिन्छ ! यस्तोमा कसैले चन्द्रमाको एक एकड जमीन उपहार प्राप्त गर्छ भने त्यसलाई भाग्यमानी नै भन्नुपर्छ।

हालै यो खबर एकदमै चर्चामा छ। बिहारको दरभंगा जिल्लाका इफ्तेखार रहमानीलाई एउटा अमेरिकन कम्पनीले चन्द्रमामा एक एकड जमीन उपहार दिने भएको छ। यो कुरा रहमानीले एउटा भिडियोमा भनेका छन्।

रहमानी एक सफ्टवेयर इन्जिनियर हुन्। उनको नोयडामा एआर स्टुडियो नामक सफ्टवेयर कम्पनी रहेको छ। उनी लूना सोसाइटी इन्टरनेशनल नामक अमेरिकन कम्पनीमा काम गर्ने गर्छन् जसले चन्द्रमामा जमीन खरिद बिक्रीको काम गर्ने गर्छ।

रहमानीले लूनर कम्पनीको सफ्टवेयर प्राविधिक क्षमतामा सुधारसमेत गरेका थिए। जसका कारण कम्पनीलाई धेरै नै फाइदा भएको थियो। यही कामका कारण खुसी भएर रहमानीलाई कम्पनीले चन्द्रमामा एक एकड जमीन उपहार दिएको हो।

उनी हाल नोयडामा छन्। तर, जब उनले यसको खुलासा भिडियोको माध्यमबाट गरे उनको गाउँमा खुसीयाली नै छायो । यो खबरबाट सम्पूर्ण गाउँ नै खुसी देखिन्थ्यो । उक्त अवसरमा गाउँलेले एक आपसमा मिठाई खुवाएर खुसी साटेका थिए। परिवारका सदस्यसमेत रहमानीको यो उपलब्धीमा गर्व महसुस गरिरहेका छन्।

Logo