फ्रान्सको सहज जित

फ्रान्सको सहज जित


युरोकपकाे तयारीमा रहेकाे फ्रान्सले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सानदार जित दर्ता गरेको छ ।

फ्रान्सले वेल्समाथि ३-० काे जित दर्ता गरेकाे हाे ।  फ्रान्सले ३५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अग्रता लियो ।

एन्टोइन ग्रिजमनको प्रहारलाई वेल्सका गोलरक्षक वार्डले बचाए पनि रिवाउन्डमा एमबाप्पेले गोल गर्न सफल भएका थिए । ४७औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । 

७९औं मिनेटमा बेन्जेमाले पेनाल्टी बक्समा उत्कृष्ट रुपमा छातीले नियन्त्रणमा लिदै दिएको पासलाई सब्सिच्युट डेम्वेलेले गोल गर्दै फ्रान्सको जित पक्का गरे ।  युरोकप ११ जुनदेखि ११ जुलाईसम्म युरोपका ११ शहरमा आयोजना हुदैछ ।

Logo