प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु


काठमाडौं,

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंकलाई प्राप्ति पश्चातको एकीकृत कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ ।

प्राइम कमर्सियल बैंकका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर तथा दुवै वित्तीय संस्थाका सञ्चालकहरू र बैंकका कर्मचारीहरूको उपस्थिति थियो । बैंकले बिभिन्न वित्तीय संस्थाहरूलाई मर्जर प्राप्तिसमेत गरी आफ्नो पुँजी बढाउने योजना अन्तर्गत कन्काई विकास बैंकलाई प्राप्ति गरिएको पनि जनाएको छ ।

यी दुई बैंकहरूको प्राप्ति पश्चात बैंकको चुक्ता पुँजी ९.६८ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ८८.०३ अर्ब रुपैयाँ तथा कर्जा ८०.२८ अर्ब रुपैयाँ पुगेको छ । प्राप्ति पश्चातका प्राइम कमर्सियल बैंकको कुल शाखा संख्या पनि ९५ पुगेको बैंकले जनायो ।

Logo