आयोजक मलेसियाबिरुद्ध नेपालको जित

आयोजक मलेसियाबिरुद्ध नेपालको जित


एसिया कप छनोट क्रिकेटमा दुई खेल हारेको नेपालले आयोजक मलेसियासंगको तेश्रो खेल भने जितेको छ । नेपालले मलेसियालाई १९ रनले जितेको हो ।

नेपालले १८९ रनको चुनौती दिएकोमा मलेसियाले ८ विकेट गुमाएर १६९ रन मात्रै बनाउन सक्यो। नेपालको जितका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए।  सोमपाल कामी र सन्दीप लामिछानेले दुईदुई विकेट लिए भने सागर पुन र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र मोहम्मद आरिफ शेखले अर्धशतकीय पारी खेलेका थिए । शेखले सर्वाधिक ६४ रन बनाएर अविजित रहँदा ऐरीले ५४ रन बनाए । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भए भने ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भए । अनिल कुमार शाह १६ रन, पारस खड्का १३ रन र सागर पुन बिना रन नै आउट भए । सोम्पाल कामि १ बलमै आउट भए । 

बर्षाले गर्दा खेल ३० ओभरमा छोट्याईएको थियो । अब नेपालले सिंगापुर र हंगकंगसंग खेल्ने छ ।

Logo