काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो संक्रमण, आज मात्र ५३ जना थपिए

काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो संक्रमण, आज मात्र ५३ जना थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज देखिएका संक्रमित मध्ये काठमाडौंमा ४८, ललितपुरमा ४ जना र भक्तपुरमा १ जना छन् ।

यो सँगै अब काठमाडौंमा कोरोना संक्रमितको संख्या ४७६ पुगेको छ । जसमा काठमाडौंमा ३३६ जना, ललितपुरमा ९० र भक्तपुरमा ५० जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।आज ३११ जना थपिएका छन् । सोमबार १३९ जना थपिएका थिए । आइतबार १३० जना थपिएका थिए । शनिबार १०९ जना थपिएका थिए । शुक्रबार १३३ जना थपिएका थिए ।

यस्तै निको हुनेको संख्या १३ हजार ८७५ जना पुगेको छ । आज १२१ जना निको भएका छन् । सोमबार ६२६ जना निको भएका थिए । आइतबार ७५ जना निको भएका थिए । शनिबार १०६ जना निको भएका थिए । शुक्रबार १०७ जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ४९ पुगेको छ । आज बझाङका एक ६५ वर्षिय पुरुषको मृत्यु भएको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् ।

Logo