पृथ्वी नजिक आउँदै क्षुद्रग्रह, वैज्ञानिक अलर्ट!

पृथ्वी नजिक आउँदै क्षुद्रग्रह, वैज्ञानिक अलर्ट!


पृथ्वीको नजिक एउटा सम्भावित  खतरा आउन गइरहेको छ। झन्डै एक हजार ७ सय मिटर व्यास भएको एउटा क्षुद्रग्रह (एस्टेरायड) आफ्नो यात्रा–पथमा पृथ्वीको नजिक आउन लागेको हो। आकारमा यो पिण्ड झन्डै क्यालिफोर्नियाको प्रसिद्ध ‘गोल्डेन ब्रिज’ जत्रो छ।

हाम्रो सौर्यमण्डलमा यस्ता लाखौं लाख क्षुद्रग्रह छन्।  यी सबै खगोलीय पिण्ड पनि अन्य ग्रहका भाँती सूर्यको परिक्रमा गर्छन्।  सूर्यको परिक्रमा गर्ने क्रममा  यी पिण्ड पृथ्वीको नजिकबाट गुज्रिदै  आफ्नो यात्रापथमा अघि बढ्छन्। तर, कहिलेकाही पृथ्वीको गुरुत्वाकर्षण अथवा आफ्नो गतिले गर्दा यी पृथ्वीमा खस्न पनि सक्छन्। करोडौं वर्ष पहिले यस्तै एउटा क्षुद्र ग्रह पृथ्वीसँग ठोक्किएर डाइनोसर नामक विशाल जीवको अन्त्य भएको थियो।  यसैकारणले गर्दा कुनै पनि क्षुद्रग्रह पृथ्वी नजिकबाट गुज्रिदा वैज्ञानिकहरू सतर्क हुने गर्छन्।

१ करोड ९५ लाख किमि टाढाबाट भर्खरै खिचिएको क्षुद्रग्रहको तस्बिर 
 

२१ मार्चको बिहान यस्तै एउटा क्षुद्रग्रह प्रथ्वीको नजिक आउन  गइरहेको छ। यसलाई लिएर संसारभरिका ‘स्पेस एजेन्सी’ सजग भएका छन्। यस क्षुद्रग्रहको पहिचान  २३१९३७ (2001FO32) का रूपमा गरिएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यो क्षुद्रग्रह १०२४ मीटर  चौड़ा रहेको छ। र, यो खगोलीय पिण्ड  ३४ दशमलब ४ किमि प्रतिघण्टाको गतिले अघि बढिरहेको छ।  यो क्षुद्रग्रह जति–जति पृथ्वीको नजिक आउँछ, यसको गतिमा तीव्रता हुँदै जान्छ।

पृथ्वीबाट १ करोड ९५ लाख किमि टाढा रहेका बेला यो क्षुद्रग्रहको तस्बिर खिचिएको छ

यो खगोलीय पिण्ड पृथ्वीबाट १ करोड ९५ लाख  किमी टाढा हुँदा वैज्ञानिकले यसको तस्बिर  खिचेका छन्। इटालीस्थित भर्चुअल टेलिस्कोप प्रोजेक्टले यो तस्वीर लिने सफलता पाएको हो। १४ मार्चको राति पृथ्वीबाट १ करोड ९५ लाख किमि टाढा यस क्षुद्रग्रहको तस्बिर लिइएको हो। तस्बिर लिँदा  यो १ लाख २४ हजार किमी प्रतिघण्टा गतिले घुमिरहेको थियो।

नासाका अनुसार यो क्षुद्रग्रहले प्रत्येक ८ सय १० दिनमा सूर्यको परिक्रमा पूरा गर्छ। नासाले दिएको जानकारी अनुसार २१ मार्चका दिन यो क्षुद्रग्रह 2001FO32 पृथ्वी र चन्द्रमाको दूरीको झन्डै पाँच गुना बढी अर्थात् झन्डै २० लाख किमि परसम्म आएर अगाडि बढ्नेछ। नासाका अनुसार यो पृथ्वीमा खस्ने सम्भावना छैन तर यो निश्चय पनि खतरनाक श्रेणीको क्षुद्रग्रहमा पर्छ। यस क्षुद्रग्रहको खोज सन् २००१,  २३ मार्चका दिन भएको थियो। नासाले यसलाई अपोलो श्रेणीको क्षुद्रग्रहका रूपमा राखेको छ।

Logo