वर्ल्डलिंकद्वारा मानवसेवा आश्रममा आश्रित ११ सय जनालाई न्यायो कपडा वितरण

वर्ल्डलिंकद्वारा मानवसेवा आश्रममा आश्रित ११ सय जनालाई न्यायो कपडा वितरण


काठमाडौं ।

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले मानवसेवा आश्रममा आश्रित ११ सय लक्ष्मीनारायणहरुलाई न्यायो कपडा उपलब्ध गराएको छ । विहिबार वर्ल्डलिंक कम्युनिकेशन्सका निर्देशक द्वय मनोज अग्रवाल र विजय जलानले मानवसेवा आश्रम भक्तपुर शाखामा पुगेर आश्रममा आश्रित लक्ष्मीनारायणहरुका लागि ११ लाख मूल्य बराबरको न्यानो कपडा वितरण गरेका हुन् ।

कपडा बुटवलस्थित गार्मेन्ट फ्याक्ट्रीमा तयार गरिएको हो । हाल मानवसेवा आश्रमको २० सेवा केन्द्रहरुमा वर्ल्डलिंकले हाईस्पिड ईन्टरनेट निःशुल्क उपलब्ध गराउँदै आइरहेको छ भने मानवसेवा आश्रम भक्तपुर शाखाको समुद्घाटनको समयमा सुरुवातमा लाग्ने सम्पूर्ण खर्च (दश लाख) समेत उपलब्ध गराएको थियो ।

मानवसेवा आश्रमले ०७८ सालभित्र बाध्यात्मकरुपमा खुला आकाशमुनी कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी मानवहरुमुक्त राष्ट्र नेपाल निर्माण गर्ने लक्ष्य राखि सहयोगापेक्षी सडक मानवहरुको मानवोचित व्यवस्थापनका लागि देशव्यापीरुपमा सेवा सञ्चालन गर्दै आइरहेको छ ।नेपाल सरकार र मानवताप्रेमी मनहरुको साथ, सहयोग र अभिभावकत्वमा मानवसेवा आश्रम सञ्चालित रहेको छ ।

वर्ल्डलिंक विगत २५ वर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको नेपालको सबैभन्दा ठूलो इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी हो । वर्ल्डलिंक इसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी हो, जसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन् ।

वर्ल्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता कम्पनी हो । वर्ल्डलिंकको नेपालका ७३ जिल्लामा नेटवर्क कभरेज छ । कम्पनीका ४ लाख ७ हजारभन्दा बढी ग्राहक छन् । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक र तेस्रो ठूलो दूरसञ्चार कम्पनी वर्ल्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ ।

Logo