काभ्रेमा आज १४ संक्रमित थपिए, ३८ जना निको भए

काभ्रेमा आज १४ संक्रमित थपिए, ३८ जना निको भए


काभ्रे।

काभ्रे जिल्लामा आज १४ जना संक्रमित थपिएका छन् । आज ३८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ८७६ जना संक्रमित छन् ।

नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका १, बनेपाका ५, पाँचखालबाट २, पनौतीबाट १, नमोबुद्धबाट २, बेथानचोकबाट १, मण्डनदेउपुरबाट १ र भुम्लुबाट १ जना रहेका छन् ।

यससँगै काभ्रेमा संक्रमित संख्या २८ सय ७६ पुगेको छ । निको हुनेको संख्या २५ सय ७५ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ६५ जना रहेको छ ।

जिल्लामा कोरोना संक्रमणबाट ३७ पुरुष र १३ महिला गरी ५० जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।


काठमाडौं उपत्यकामा आज ५४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ४२२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८७ हजार २७८ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ८९० जना कोरोना संक्रमित छन् । ललितपुरमा १३ हजार १४९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख ८ हजार ३१७ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ जना पुगेको छ । आज १ हजार २५५ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको छ । आज मात्र २५ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १२ हजार ५९० पुगेको छ । आज निको हुनेको संख्या १ हजार ४०४ रहेको छ ।

आजको पिसिआर परीक्षण ८ हजार ८ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख २७ हजार ८३६ रहेको छ । आज १७ हजार ९०९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo