प्रदेश  १ मा ३६४ सङ्क्रमित थप

प्रदेश  १ मा ३६४ सङ्क्रमित थप


प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा ३६४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा एक हजार ७०५ जनाको पिसिआर परीक्षण गरिएकामा १४२ महिला र २२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ  ।

सङ्क्रमित हुनेमा मोरङमा १४२ मध्ये विराटनगरमा ८१,  सुनसरीमा १०५, झापामा ६६, उदयपुरमा आठ, तेह्रथुममा पाँच, इलाममा चार, पाँचथर र सोलुखुम्वुमा तीन÷तीन, सङ्खुवासभा र धनकुटामा दुई÷दुई, ओखलढुङ्गा र भोजपुरमा एक/एक र प्रदेश बाहिरका २२ जना रहेका छन् । प्रदेशमा  सङ्क्रमितको सङ्ख्या २३ हजार ४३४ पुगेको छ ।

प्रदेशमा आज ७३६ सङ्क्रमित निको भई घर फर्केका छन् भने उनीहरूको सङ्ख्या हालसम्म १७ हजार १५४  पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म एक लाख ७७ हजार ३५४ जनाको पिसिआर परीक्षण  गरिएको छ ।

Logo