गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेन : ओली

गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या मानेन : ओली


नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाएका छन् ।

बुधवार पार्टी प्रवेश कायक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुग्नुभएका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेख, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्शासमेत सार्वजनिक गरेको बताउँदै वर्तमान गठबन्धन सरकारले चुच्चे नक्शालाई समस्या नै नमानेको बताएका हुन् ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्शाको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्शालाई समस्या नै नमानेको आरोप लगाए ।

अध्यक्ष ओलीले गठबन्धन सकरारले आफ्नो जमिन फिर्ता लिन्छौ भन्न नसक्नु लाजमर्दाे भएको समेत बताए । 

Logo