संन्यासकाे घोषणा गरे फेडेररले

संन्यासकाे घोषणा गरे फेडेररले


चर्चित टेनिस खेलाडी रोजर फेडेररले संन्यासको घोषणा गरेका छन् ।

फेडेररले बिहीबार लन्डनमा अर्को हप्तादेखि सुरु हुने लभेर कप आफ्नो अन्तिम एटिपी प्रतियोगिता हुने घोषणा गरेका हुन् । विश्व टेनिसमा आफ्नो छुट्टै पहिचान बनाएका फेडेररले २० पटक ग्रान्डस्लामको उपाधि जितेको छन् । ४१ वर्षीय फेडेरर तेस्रो सर्वाधिक ग्रान्डस्लाम जित्ने खेलाडी हुन् । उनले पछिल्लो पटक सन् २०१८ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए ।

पछिल्लो समय इन्जुरीका कारण कोर्टबाहिर रहँदै आएका फेडेररले सन् २०११ पछिको ११ ग्रान्डस्लाममध्ये तीनमा मात्र प्रतिस्पर्धा गरेका थिए । उनले लगातार तेस्रो पटक घुडाको सर्जरी गर्नु परेसंगै कोर्टबाट बिदा लिने निर्णय गरेको थिए  ।

Logo